फिरोज सिद्दिकी, लहान । तराई मधेशका जिल्लाहरुसंगै सिरहामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु गरिएको छ । ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिक बनौ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको आयोजनामा आज सोमवारदेखि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु गरिएको हो । प्रमुख अतिथिका रुपमा लहान नगरपाकिलाका नगरप्रमुख महेश प्रसाद चौधरी र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्दै दुर्घट्ना न्युनीकरणका लागि सवैले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख चौधरीले ट्राफिक नियम प्रति सवै
फिरोज सिद्दिकी, लहान । निर्वाचनको झल्को दिनेगरी समता स्कूल लहानले शुक्रबार स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउस क्याप्टेन छनोटका लागि मतदान कार्य सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियावाट नै स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउ क्याप्टेन चयन गर्न लागिएको समता स्कूलका प्रधानाध्यापक कमल सिंगतानले बताउनु भयो । कक्षा १ देखि ९ सम्मका २ सय ५० जना विद्यार्थीहरुले क्याप्टेन छनोटका लागि भएको निर्वाचनमा भाग लिएका थिए । क्याप्टेन छनोटका लागि भएको निर्वाचनबाट स्क
सिरहा जिल्लामा अहिले शैक्षिक माफियाहरूको हर्कत बाहिर आउन थालेको छ । शिक्षाको नाममा आम नागरिक ठगिने क्रम अझै रोकिएको छैन । लहान स्थित रहेको एक पुस्तक पसलले ३२ भन्दा बढी विद्यालयहरूको पुस्तक बेच्ने ठेक्का लिएका छन् । संस्थागत विद्यालय (वोर्डिङ्ग स्कूल) कमिसनको खेलमा वर्षे पिच्छे किताब परिवर्तन गरेर विद्यार्थी तथा अभिभावकलाई दुख दिने गरेका छन् । निजी विद्यालयमा हुने गरेको कमिसनको खेललाई अभिभावकहरू उजागर गरेको छ। निजी विद्यालयमा अनावश्यक पुस्तक, विद्यार्थीले बोक्नै नसकी भारी र अभिभावकले नसकने महँगी यो त वर्षौँको नियति भएको छ अनि विद्यालयले नै तोकेको ठाउमा किताब, कापी, ड्रेस, टाइवेल्ट किन्नु पर्ने
फिरोज सिद्दिकी सिरहा । तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्नुपर्ने ठेकेदारी प्रथाका कारण सिरहाका अभिभावक मारमा परेका छन् । केही संस्थागत विद्यालयले कमिसनको लोभमा अभिभावकलाई तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्न बाध्य पारिएपछि सिरहामा यस्तो स्थिति आएको हो । यहाँका नाम चलेका केही विद्यालयले अभिभावकलाई जबर्जस्ती पुस्तकको सूची दिएर अभिभावकलाई तोकेकै पसलबाट पुस्तक किन्न बाध्य पारिरहेकाछन् । यहाँ सञ्चालनमा रहेका अधिकांश विद्यालयमा ठेकेदारी प्रथामार्फत पुस्तक पसलबाट २० देखि ३० प्रतिशतसम्म कमिसन खाने गरेको तथ्य खुलाशा भएको छ । ‘अभिभावकको ढाड सेक्ने गरी यहाँका निजी विद्यालयले महँगो शुल्क असुलेर पनि
फिरोज सिद्दिकी, लहान । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ सिरहाको लहान ९ मा रहेको श्री माध्यमिक विद्यालय लहान गोठले विद्यार्थी भर्ना कार्यक्रम अन्तरगत र्याली सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८० का लागि श्री माध्यमिक विद्यालय लहान गोठका विद्यार्थी र शिक्षकहरुको सहभागीतामा र्याली सम्पन्न गरेको हो । उक्त र्याली बासाजोडी, शोभापुरको सिमाना हुँदै लवका टोल, पुरानो टोल, रामजानकी टोल, पछवारी टोल लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो । निमित्त प्रधानाध्यापक जितेन्द्र महतोले यस माध्यमिक विद्यालय लहान गोठले प्रत्येक वर्षको शैक्षिक प्
फिरोज सिद्दिकी, लहान । विद्यालय र मदरसाका सबै शैक्षिक सुविधाका साथै सुविधा सम्पन्न आवाशिय व्यवस्था सहित लहन ५ मा अल-अमिन नेशनल एकेडमी संचालनमा आएको छ । आजको द्रुत रूपमा परिवर्तन भइरहेको संसारमा, हाम्रा बच्चाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी मध्येको एक अत्यन्त महत्वपूणर् जिम्मेवारी हो । विशेष गरी शिक्षाको बढ्दो आवश्यकता संग, लहानमा अल-अमिन नेशनल एकेडेमीको स्थापना सही दिशामा एक राम्रो आवश्यक कदम हो । एकेडेमी विशेष गरी मुस्लिम बालबालिकालाई ध्यानमा राखेर संचालन गरिएको हो र यसले यी बालबालिकाहरूलाई उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्नेछन् जुन उनीहरूको सां
काठमाडौं । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिल
जीवछ उदासी नेपाल शिक्षक समिति सिरहाले होली मिलन र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ । लहान स्थित पशुपति आदर्श माविको दक्षिणपटिको सभा हलमा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव शिवशङ्कर कामतीले ६० वर्षसम्म राहत शिक्षकलाई काम गर्न दिनुपर्ने र जागीरबाट अवकास भएपछि योगदानमा आधारित पेनसनको व्यवस्थाको लागि राहत शिक्षकको संघर्ष जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,' राहत शिक्षकको योगदानलाई राज्यले वेवास्ता गरे कडा र निर्णायक आन्दोलन हुनेछ । राहत शिक्षकले सामुदायिक विद्यालयको सुधारको लागि प्रतिवद्ध हुनुपर्छ ।' केन्द्र
जीवछ उदासी लहान फागुन ७ गते । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज अजय शङ्कर नायकले परिवर्तित अवस्थामा शिक्षा क्षेत्रमा देखिएको तमाम समस्याहरु समाधानको लागि शिक्षा संघीय ऐन आउन आवश्यक रहेको बताउनु भएको छ । 'सम्पूर्ण मुक्तिकामी शिक्षक /कर्मचारीहरु एक होऔ' मूल नाराको साथ सुरु भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन सिरहाको पाँचौ सिरहा जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अहिलेसम्म शिक्षा ऐन बन नसक्नु दुर्भाग्य भएको उहाँले भन्दै लोकतान्त्रिक गणतन्त्र र संघीयताको संस्थागत गर्न र परिवर्तनको अनुभूति गराउन एकिकृत अ
जीवछ यादव लहान,माघ २९ गते । नेपाल राहत शिक्षक समिति सिरहाको तेस्रो जिल्ला अधिवेशनबाट ३५ सदस्यीय जिल्ला समिति चयन गरी सम्पन्न भएको छ । किसुन देव यादवको अध्यक्षपदमा चयन हुनु भएको हो । समितिको अन्य पदाधिकारीहरुमा क्रमश: सह अध्यक्षमा मनोज कुमार मण्डल,वरिष्ट उपाध्यक्ष प्रदिप महतो,महिला उपाध्यक्ष रन्जु परियार,पुरुष उपाध्यक्षहरुमा महेश्वर यादव,सञ्जीव कुमार सिंह,सचिवमा महेन्द्र मुखिया,सह सचिवमा ममता महतो, कोषाध्यक्षमा कौशल्या चौधरी र सह कोषाध्यक्षमा अर्चना यादव चयन हुनु भएका छन् । यससैगरी सदस्यहरुमा क्रमश: देवी कुमारी यादव,राम भजन महतो,बिनोद राउत,प्रमोद कुमार
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A