राष्ट्रिय

    Showing ९१-१०० of १,०१७ items.
  • विद्यालय सम्बन्धी विवादमा समाचार प्रकाशनप्रति नेपाल थारु संघ सिरहाको प्रेस विज्ञप्ति

    लहान । नेपाल थारु संघ, जिल्ला कार्य समिति सिरहाले लहान–१ मा रहेको पशुपति आदर्श मावि सम्बन्धी समाचारप्रति गम्भीर आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ। संघका अध्यक्ष अजय कुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास, महोत्तरीको पत्र अनुसार विद्यालयमा नौ वर्षअघि पसल भाडा संकलनमा भ्रष्टाचार भएको उजुरीबारे अनुसन्धान गर्न लहान नगरपालिकालाई जानकारी दिइएको थियो। सो अनुरूप नगरपालिकाले विद्यालयसँग राय माग्दा विद्यालयले आवश्यक कागजातसहित जवाफ दिएको र सो प्रकरणमा सिरहा जिल्ला अदालतबाट वादीका अभिलेख प्रमाण नपुगेको भनी मि

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३८९ पटक पढिएको
    • समृद्धिपथ
  • ३१ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

    सिरहा, २०८२ जेठ ६ गते । सिराहा प्रहरीले एक पशुपालन तथा कृषि फार्मबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले शंकास्पद गतिविधिको सूचनाका आधारमा नरहा गाउँपालिका–१ स्थित फार्ममा छापा मार्दा सो फार्मबाट ३१ किलो ८२० ग्राम गाँजा बरामद भएको हो। प्रहरीका अनुसार, गत आईतबार राति साढे ११ बजे शिद्धीक्षा पशुपालन तथा कृषी फर्ममा गाँजा बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा टोली खटिएको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा फार्ममा खानतलासी गर्दा दुई वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा फे

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ४५५ पटक पढिएको
    • समृद्धिपथ
  • तालाबन्दीले ठप्प मिथिला नगरपालिका: जनसेवा बन्द, आन्तरिक कलहले उग्र रूप लिँदै

    धनुषा, जेठ ५ गते । । मिथिला नगरपालिकामा पाँच दिनदेखि जारी तालाबन्दीले स्थानीय जनजीवन प्रभावित बनेको छ। नगरपालिकाको कार्यालयमा दैनिक सेवा लिन आउने नागरिकहरू रित्तै फर्कन बाध्य छन्, कारण हो स्थानीय सरकारको आन्तरिक विवाद। मेयर महेन्द्र महतो र उप–मेयर सुनिता सिंह बुढाथोकीबीचको लामो समयदेखिको तनाव अन्ततः कार्यालय बन्द गर्ने स्थिति सम्म पुगेको छ। योजनामा सहभागिताका विषयमा उत्पन्न विवादले प्रशासनिक कार्य पूर्णरूपमा ठप्प बनाएको छ। तालाबन्दीका कारण नगरपालिकाबाट दिइने सामान्य सेवा जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता प्रक्रिया, विकास आयोजनाका अनुगमन र कार्यान्वयन सबै स्थगित छन

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ४६५ पटक पढिएको
    • समृद्धिपथ
  • सीमावर्ती क्षेत्रमा पुनः सक्रिय हुँदै लागुऔषध कारोबारी, २४ घण्टामा स्रोत नखुलेको ७१ लाखसहित पाँच पक्राउ

    सिरहा, जेठ ४ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा पुनः लागुऔषध कारोबार र स्रोत नखुलेको नगद ओसारपसारमा संलग्न गिरोह सक्रिय भएको देखिएको छ। पछिल्ला २४ घण्टामा प्रहरीले तीन फरक घटनाबाट स्रोत नखुलेको ७१ लाखभन्दा बढी नगद र खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। सबै घटना सीमावर्ती क्षेत्र वरपर र भित्री सडकमार्गमा भएका हुन्, जसले नेपाल-भारत खुला सीमाको दुरुपयोग गरी आपराधिक गतिविधि मौलाउँदै गएको संकेत गर्छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्रकुमार पाशवानका अनुसार पक्राउ परेकामध्ये एकजनाले यसअघि पनि लागुऔषध कारोबारकै अभियोगमा जेल सजाय भोगिसकेका थिए। शनिबार सा

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ५०२ पटक पढिएको
    • समृद्धिपथ
  • पशुपति आदर्श मावि लहानको करोडौं भ्रष्ट्राचार प्रकरणमा अख्तियारको छानबिन, पूर्वमन्त्री पद्म नारायण चौधरी तानिए

    काठमाडौं । सिरहाको लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयले ८९ जना व्यापारीहरूसँग ९ वर्षअघि पसल सञ्चालनको नाममा उठाएको करोडौं रकममा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छानबिन प्रक्रिया थालेको छ। आयोगले २०८१ साल चैत २५ गते लहान नगरपालिकालाई पत्र पठाउँदै संलग्न विवरण, प्रमाण र राय प्रतिकृया १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो। पत्रमा विद्यालयले कुन प्रयोजनका लागि रकम संकलन गर्‍यो, संकलित रकमको मात्रा कति हो, र सो रकम केमा खर्च भयो भन्नेबारे स्पष्ट विवरण दिन भनिएको छ। आयोगले उक्त रकम संकलन सरकारी वा सामुदायिक विद्यालयलाई

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • १,९१५ पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरी निरीक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, प्रेस चौतारीको विरोध

    सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा पत्रकार सुरेश रायमाथि गरिएको अमर्यादित, अपमानजनक र धम्कीपूर्ण व्यवहारप्रति प्रेस चौतारी नेपाल, सिराहा शाखाले गम्भीर आपत्ति जनाउँदै विरोध जनाएको छ। हिमालय टेलिभिजन र रातोमसि डटकमका सिराहा संवाददाता राय आइतबार गोलबजार–४ स्थित वर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्युसम्बन्धी घटनाको रिपोर्टिङ गर्न जाँदै गर्दा इलाका प्रहरी कार्यालय गोलबजार अगाडि प्रहरी निरीक्षक यादवले मोटरसाइकल रोकी हेल्मेट नलगाएको भन्दै पत्रकारलाई दुर्व्यवहार गरेको हो। प्रत्यक्षदर्शीका अनुसार, निरीक्षक यादवले रायलाई "हेल्मेट लगाउन आउँदैन? सिकाउनुपर्छ? सिकाइदिउँ?" भनेर

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ५३३ पटक पढिएको
    • समृद्धिपथ
  • श्रद्धालु भक्तजनलाई नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा निःशुल्क चिसो पानी वितरण

    फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका–१५ स्थित ढोढनामा रहेको ऐतिहासिक राजदेवी पञ्चावती मन्दिर परिसरमा सोमबार लागेको मेलामा श्रद्धालु भक्तजनका लागि नेपाल मुस्लिम इत्तेहाद संगठन, लहान नगर कमिटीले निःशुल्क चिसो पानी वितरण गरेको छ। मेलामा दर्शन तथा भाकल चढाउन आएका भक्तजनलाई लक्षित गरी संगठनले चिसो पानी वितरणको कार्यक्रम आयोजना गरेको हो। संगठनका अनुसार, नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकता सुदृढ गर्न यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुनेछन्। नेपाल मुस्लिम इत्तेहाद संगठनका नव निर्वाचित केन्द्रीय अध्यक्ष हारुण हल्वाईद्वारा घोषित “हाम्रो संगठनले मुस्ल

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ५७० पटक पढिएको
    • समृद्धिपथ
  • बजार अनुगमनका क्रममा दर्ता नभएका र बिलबिजक नराख्ने पसलहरूलाई जरिवाना

    लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा बिहीवार बजार अनुगमन गरिएका छन्। संयुक्त बजार अनुगमनका क्रममा लहान क्षेत्रमा सञ्चालित अधिकांश पसलहरू व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेको, दर्ता भएका व्यवसायको नविकरण नगरेको, खरिदबिक्रीको बिलबिजक नराखेको तथा मूल्यसूची नराखेको अवस्थामा भेटिएका हुन्। अनुगमनका क्रममा अनियमितता भेटिएका पसलहरूमाथि जरिवाना तोकिएको छ। अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोलाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ४४२ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी पूरा

    फिरोज सिद्दिकी  नेपालगन्ज, वैशाख १९ गते । नेपाल मुस्लिम इत्तीहद संगठनले आफ्नो सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ। महाधिवेशन यही बैशाख २१ गते (शनिबार) बाँके जिल्लाको नेपालगञ्जस्थित 'मेरो प्लानेट' पार्टी प्यालेसमा आयोजना हुनलागेको आयोजकले जनाएको हो। कार्यक्रमका संयोजक तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सेराज अहमद फारुकीले महाधिवेशनले संगठनको आगामी कार्यदिशा, मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र राज्यका संरचनामा सहभागिता सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए। महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आति

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ८२५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा वडा नं. ६ मा निजी शिक्षकमार्फत पठनपाठन सुचारु गर्ने तयारी

    फिरोज सिद्दिकी  सिरहा, वैशाख १५ गते । सरकारी विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण उत्पन्न शैक्षिक संकट समाधान गर्न सिरहा नगरपालिका वडा नं. ६ ले महत्वपूर्ण कदम चालेको छ। वडाध्यक्ष इन्द्रजित कुमार गोठियाको नेतृत्वमा वडाले भोलि मिति वैशाख १६ गतेदेखि निजी शिक्षक नियुक्त गरी विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।  वडाबाट जारी सूचनामा उल्लेख गरिएअनुसार करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनले गरिब, निमुखा र दलित समुदायका बालबालिकाहरू शिक्षाबाट वञ्चित भइरहेका छन्। सूचनामा भनिएको छ, 'हामी शिक्षक आन्दोलनसँग ऐक्यबद्धता जनाउँछौं, तर आन्दोलनका कारण सर्वसाधारणका छोराछोरी शिक्षा पाउनब

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ९१० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A