राष्ट्रिय

    Showing १४१-१५० of १,०९६ items.
  • कारागारभित्रको तनाव : सिराहा जेलमा सर्च अपरेसनपछि कैदीबन्दीबीच झडप, १३ घाइते

    समृद्धिपथ दैनिक सिराहा, असार ४ गते । सिराहा जिल्लाको सदरमुकामस्थित कारागारमा आइतबार अपराह्न ३:३० बजेतिर एक अप्रत्याशित घटना घट्यो, कैदीबन्दीहरू आपसमा दोहोरो झडपमा उत्रिए, जसमा १३ जना घाइते भए। यो सामान्य झडप मात्र थिएन, यो घटनाले कारागारभित्रको लुकेको संरचना, असन्तुष्टि र प्रशासनिक कमजोरीलाई उजागर गरिदिएको छ। घटनापछि जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय भए। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घाइतेलाई तुरुन्तै प्रादेशिक अस्पताल सिराहा पुर्‍याइएको छ र अवस्था सामान्य रहेको जनाइएको छ। तर यो झडपको जरा कहाँ गाडिएको थियो? शनिबार बिहान जिल्ला प्रशासनको नेतृत्व

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ८६४ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ

    काठमाडौं, साउन ४ गते । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार अदालतले झालाई पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। चार महिनाअघि एक किशोरीले झामाथि यौन शोषणको उजुरी दर्ता गरेकी थिइन्। उजुरीमा झाले विभिन्न प्रलोभन र आश्वासन देखाउँदै आफूलाई यौन शोषण गरेको पीडितको दाबी छ। उजुरी परेपछि झा फरार रहेका थिए। प्रहरीका अनुसार उनीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ र अनुस

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ८३९ पटक पढिएको
    • समृद्धिपथ
  • मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा, संघीय सरकारसँग विशेष राहत प्याकेजको माग

    समृद्धिपथ दैनिक सिरहा, असार २८ । मधेस प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकबाट सम्पूर्ण मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। मनसुन सुरु भइसके पनि वर्षा नहुँदा समयमै रोपाइँ गर्न नसकिएको र रोपिएको धानसमेत सुक्न थालेपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो। सामान्यतः असार महिनामा खेतबारी हरियालीले ढाकिएको देखिनुपर्ने बेला खेतहरू चिरा परेको, बिउ उम्रन नसकेको, रोपाइँ रोकिएको तथा सिँचाइको सुविधा नभएका ठाउँहरूमा किसानहरू गम्भीर समस्यामा परेका छन्। प्रदेशको आठवटै जिल्लामा यस्तै अवस्था देखिएपछि सरकारले स्थिति गम्भीर भएको ठहर गर्दै औपचारिक रूपमा मधेसलाई सुख्खाग्रस्त घोषणा गरेको हो। मन्त्रीपरिषद् ब

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ६८१ पटक पढिएको
    • समृद्धिपथ
  • आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीमा खुला कविता प्रतियोगिता सम्पन्न

    — समृद्धिपथ दैनिक, लहान लहान, असार ३० । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा प्रगतिशील लेखक संघ, सिरहा शाखाले लहानमा आयोजना गरेको खुला कविता प्रतियोगिता भव्य र भावनात्मक रूपमा सम्पन्न भएको छ। लहान नगरपालिका सभाहलमा आयोजित सो कार्यक्रम तीन घण्टासम्म कविता उत्सवमा परिणत भएको थियो। कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक संघ, सिरहा शाखाका अध्यक्ष भैरव गेलालले गरेका थिए भने उद्घाटन नन्दलाल आचार्यले प्रमुख अतिथिका रूपमा गरे। उद्घाटन गर्दै आचार्यले भानुभक्तलाई "भाषिक आदिवासी" को संज्ञा दिंदै वर्तमान भाषिक संघर्षमा उहाँका विचारहरू प्रेरणाको स्रोत हुन सक्ने बताए। कार्यक्रमको संचाल

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ६२४ पटक पढिएको
    • समृद्धिपथ
  • मानव अधिकार एलायन्स नेपालको रक्तदान कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी  लहान, असार ३० गते। राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्यायमञ्च (मानव अधिकार एलायन्स नेपाल) को २६ औँ स्थापना दिवसको अवसरमा एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सिराहा जिल्लाको धनगढीस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको कार्यालयमा आइतबार सम्पन्न गरिएको हो। मानव अधिकार एलायन्स नेपाल जिल्ला कार्यसमिति सिराहाको आयोजनामा सम्पन्न कार्यक्रममा ८ जना सामाजिक कार्यकर्ताहरूले स्वेच्छिक रक्तदान गरेका छन्। कार्यक्रमको अध्यक्षता मानव अधिकार एलायन्स सिराहाकी अध्यक्ष पार्वती पाण्डेले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा संस्थाका केन्द्रीय सदस्य गङ्गाराम यादव सहभागी भएका थि

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ६४६ पटक पढिएको
    • समृद्धिपथ
  • लागुऔषधसहित दुई जना पक्राउ, ब्राउन सुगर, लाखौं नगद र सुन जफत

    लहान, असर २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ११ पडरिया टोलमा लागुऔषध ब्राउन सुगरको कारोवार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट संयुक्त रुपमा खटिएको विशेष टोलीले बिहीबार साँझ ४:१५ बजेतिर मिथलेश कुमार चौधरीको घरमा छापा मारेर लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–११ बस्ने २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन्। मिथलेशको साथबाट प्लास्टिकसहित खैरो हेरोइन (ब्राउन सुगर) ११३.९१ ग्राम (प्लास्टिक बाहेक १०९ ग्राम

    • प्रकाशित मितिः असार २०, २०८२
    • ७५३ पटक पढिएको
    • समृद्धिपथ
  • लागु औषध दुव्र्यसनविरुद्ध सचेतना, तीनदिने तालिम सम्पन्न

    फिरोज सिद्दिकी  लहान, असर १९ गते । युवामाझ बढ्दो लागू औषध दुव्र्यसनविरुद्ध चेतना फैलाउने उद्देश्यले मानिक दह सलहेस सामुदायिक विकास केन्द्र, लहान–२४, सिरहाको आयोजनामा तीनदिने सचेतनामूलक तालिम सम्पन्न भएको छ। सखुवानन्करकट्टी गाउँपालिकाको सहयोगमा श्री मावि महादेवा पोर्ताहा, सखुवानन्करकट्टी–३ मा उक्त तालिम सम्पन्न भएको हो।  तालिममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी भएका थिए। मंगलबारदेखि विहिबारसम्म सञ्चालन भएको तालिममा प्रशिक्षकका रूपमा साजिदा सिद्दिकी, गंजेश्वर यादव र रवीन्द्र सिंहले सहभागीहरूलाई लागू औषधको असर, रोकथामका उपाय, कानुनी पक्ष र सामाजिक दायित्वका विषयमा प

    • प्रकाशित मितिः असार १९, २०८२
    • ८१७ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा राज्यकाे सेवा-सुविधा परित्याग, सक्रिय राजनीतिमा फर्किने तयारी

    काठमाडौं, असार १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैदेखि आफूले पाउँदै आएको राज्यको तर्फबाटको सेवा-सुविधा परित्याग गरेकी छिन्। नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने घोषणा गरेलगत्तै भण्डारीले यो कदम चालेकी हुन्। भण्डारीको सचिवालयबाट गृहमन्त्रालयमा पठाइएको सेवा परित्यागसम्बन्धी पत्र बुधबार दर्ता भएको छ। मन्त्रालयका अनुसार उक्त पत्र सम्बन्धित शाखामा पठाइसकिएको छ। पूर्वराष्ट्रपतिका रूपमा सरकारले उपलब्ध गराउँदै आएको सेवा-सुविधा त्याग्ने भण्डारी सम्भवतः पहिलो नेतृ हुन्। यसअघि प्रधानमन्त्री वा सभामुख बनेका नेताहरू पार्टी राजनीतिमा फर्किँदा पनि राज्य सुविधामा यथावत् बसेका उदाहरण छन्।

    • प्रकाशित मितिः असार १८, २०८२
    • ७७८ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको अर्नमा–१ मा युवकको हत्या, घर अगाडि शव फेला

    १४ असार, सिराहा । सिरहाको अर्नमा गाउँपालिका–१ मा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय रामसेवक महराका ३० वर्षीय छोरा अजय महरा शनिबार बिहान आफ्नै घर अगाडि मृत भेटिएको हो। प्राथमिक अनुसन्धान अनुसार अजयलाई कुटपिट गरी घिसारिएको र त्यसपछि घाँटीमा लुगा बेरिएको अवस्थामा मृत फेला परेका स्थानीयले बताएका छन्। शवको अवस्था हेर्दा उनको हत्या योजनाबद्ध रुपमा गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलमा स्थानीयको ठूलो भिड लागेको छ भने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरीको टोली पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डि

    • प्रकाशित मितिः असार १४, २०८२
    • ७७९ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरपालिकाले ८१ करोड ८९ लाखको बजेट सार्वजनिक, कृषि, शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता

    फिरोज सिद्दिकी १० असार, गोलबजार । गोलबजार नगरपालिकाको १३औं नगर अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख श्याम कुमार श्रेष्ठले बजेटले उत्पादनमुखी कृषि प्रणाली, सर्वसुलभ सेवा र समावेशी पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्। नगरप्रमुख श्रेष्ठले भने, "यस वर्षको बजेट वातावरणमैत्री विकास, प्रविधिमैत्री योजनाहरू, लघु तथा घरेलु उद्योगको प्रवर्द्धन र स्थानीय सीपमा आधारित रोजगारी सिर्जनातर्फ लक्षित छ। हामी कृषि, शिक्षा र स्वास्थ्यलाई समृद्धिको मूल आधारका रूपमा अघि बढाउँदैछौं।" उनले सामाजिक न्याय,

    • प्रकाशित मितिः असार ११, २०८२
    • ९५७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A