पर्सा । वीरगन्जमा जारी कर्फ्यू आदेशको अवधि आइतवार राति १२ बजेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलता र सर्वपक्षीय निर्णयका आधारमा कर्फ्यू समयावधि थपिएको जनाएको हो। प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार, आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वर्तमान परिस्थितिको मूल्यांकन गर्दै राति १२ बजेसम्म कर्फ्यू जारी राख्ने निर्णय गरेको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्ष
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेका दुर्गा प्रसाद प्रसाई र दिपक खड्का पक्राउ परेका छन्। झापा जिल्लाको भद्रपुरबाट पक्राउ गरिएका यी दुई व्यक्तिमाथि काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ। २०७८ सालको चैत १५ गते 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महा अभियान नेपाल'ले दुर्गा प्रसाद प्रसाईको नेतृत्वमा आयोजना गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो। प्रहरीले जनाए अनुसार, सो प्रदर्शनमा सहभागी समर्थकहरुलाई उत्तेजित पार्दै निष
जीवछ उदासी नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको बन्द सत्र सिरहा सदरमुकाम सिरहामा चलि रहेको छ । सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डल लागि परेको छ । अध्यक्ष मण्डलको संयोजक एमाले सिरहा इन्चार्ज केन्द्रिय सदस्य सर्बसम्मत नेतृत्व चयनको लागि सारा तागत झोक्नु भएको छ । उद्घाटन सत्रमा पार्टीमा गुट उपगुटको जन्म हुन नदिन सर्वसम्मत नेतृत्व चयनको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनु भएको थियो । अध्यक्ष ओलीको निर्देशनलाई आधार बनाएर नै मधेश प्रदेशको इन्चार्ज समेत रहनु भएको लिलानाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनको लागि पार्टीको पुरानो पुस्ताबाट नेतृत्व छान जोड घटाउ
फिरोज सिद्दिकी सिरहा, चैत २६ गते । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुको हिंसात्मक गतिविधिप्रति जनतामा गहिरो घृणा उत्पन्न भएको बताएका छन्। गत चैत १५ गते काठमाडौंमा भएको तोडफोड, आगजनी, औषधि कारखानामा आगो लगाउने र पत्रकारको हत्या गर्ने घटनालाई उद्धृत गर्दै उनले यस्तो घृणित कार्यले राजावादीको वास्तविक रूप जनसमक्ष उजागर भएको बताएका हुन्। मंगलबार सिराहाको सदरमुकाममा रहेको सत्यनारायण सूर्यनारायण मोरबैता क्याम्पसको प्रांगणमा आयोजित नेकपा एमाले सिराहाको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सरकार विकास, समृद्धि र स्थायित्वको एजेन्डामा अघि बढिरहेको
फिरोज सिद्दिकी सिरहा, चैत २५ गते । सिरहाको गोलबजार–९, गोबिन्दपुरमा बिद्युतीय धरापमा परेर १३ वर्षीया गुलसना खातुनको मृत्यु भएको र शवलाई प्लास्टिकको बोरामा राखी खोलानजिक गाडिएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, गुलसना खातुन गत फागुन २९ गते बिहान ९ बजे “घाँस काट्न जान्छु” भनी घरबाट निस्केकी थिइन्। तर घर नफर्किएपछि उनकी आमाले खोजतलासका लागि चैत १ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएकी थिइन्। चैत १२ गते दिउँसो घुर्मी खोलाको किनारमा प्लास्टिकको बोरा
जीवछ उदासी लहान,चैत २५ गते नेपाल राष्ट्रिय शिक्षक संगठन लहानको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा बद्री नारायण चौधरी सर्वसम्मत रुपमा चयन हुनु भएको छ । यससैगरी महिला उपाध्यक्षमा कुसुम साहसचिवमा श्रीदेव यादव, कोषाध्यक्षमा जीवछ महतो सह कोषाध्यक्षमा संसा कुमारी चौधरी सदस्यहरुमा हरिनाथ यादव,राजेश कुमार चौधरी,पुनम कुमारी यादव,ललिता चौधरी कौशल किशोर मिश्र र प्रमोद कुमार यादव चयन भएको निर्वाचन मण्डलको अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्ष राम सेवक यादवले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगर कमिटिमा पुर्व अध्यक्ष जीवछ यादवको समूहल
सिरहा । गर्मी याममा खरबुजा बजारमा देखा पर्ने एक प्रमुख फल बनेको छ। बालकदेखि वृद्धसम्मलाई मन पर्ने यो स्वादिष्ट र ताजगी दिने फल अहिले प्रत्येक फलफूल पसलमा बिक्री भइरहेकाले खरबुजाका ग्राहकहरूको संख्या बढेको छ। खरबुजा प्रचुर मात्रामा पानी भएको फल हो जसमा ९० प्रतिशत पानीको मात्रा पाइन्छ, जसले शरीरलाई हाइड्रेट राख्नमा मद्दत पुर्याउँछ। यसका अतिरिक्त खरबुजामा प्रोटिन, फाइबर र भिटामिनहरूको मात्रा पनि धेरै पाइन्छ, जसले शरीरको लागि लाभदायी काम गर्दछ। तर, अहिले बजारमा औषधि मिसाएर खरबुजा बिक्री गर्ने हल्ला पनि फैलिरहेको छ। त्यसैले खरबुजा किन्दा केही विशेष कुरा ध्यानमा राख्नुपर्ने हुन्छ। विशेषज्ञहरूको अ
फिरोज सिद्दिकी सिरहा, चैत २२ गते । सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोक नजिकै बिहीबार साँझ पत्रकार मुकेश यादवमाथि अज्ञात समूहद्वारा भएको सांघातिक आक्रमणप्रति देशभरका पत्रकार संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी नेपाल लगायतका पत्रकार संगठनहरूले एकपछि अर्को प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका हुन्। सिमापोस्ट अनलाइनका सम्पादक तथा राससका संवाददाता समेत रहेका यादवमाथि बिहीबार साँझ करिब ७:४५ बजे दुई वटा मोटरसाइकलमा आएका ४–५ जना नक
फिरोज सिद्दिकी सिरहा । नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज एवं पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले सिरहा जिल्ला अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन जनवर्गीय संगठनहरुलाई निर्देशन दिनु भएको छ। बिहीबार धनगढीमाई स्थित प्राकृति अस्पतालको सभा हलमा आयोजित नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरूको बैठकमा निर्देशन दिनु भएको हो। उहाँका अनुसार करिब ५० हजारदेखि ६० हजारसम्म नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। श्रेष्ठले हालै सम्पन्न बैठकमा पार्टी संगठन सुदृढीकरण, अधिवेशनको सफल सञ्चालन तथा सहभागीहरूको व्यवस्थापन लगायतका विषयमा गहन छलफल भ
फिरोज सिद्दिकी सिरहा, चैत्र २० गते । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, तामासुइयामा एक दिने निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। खाद्य तथा कृषि संगठन नेपाल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा तथा राष्ट्रिय पशु प्रजनन कार्यालय लहानको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा स्थानीय किसानहरूले पशु स्वास्थ्य उपचारका विभिन्न सेवा निःशुल्क प्राप्त गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना कलस्टर इकाई सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा पशुहरूको गोबर जाँच, खोप, बाँझोपन परीक्ष
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A