राष्ट्रिय

    Showing २२१-२३० of १,०९६ items.
  • राजावादीको आन्दोलनमा झडप, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार

    काठमाडौँ, शुक्रबार । व्यवस्थाको विरोध गर्दै राजावादीहरूद्वारा आयोजित प्रदर्शनमा झडप भएको छ। तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा समेत प्रहार गरेको छ। प्रदर्शनकारीहरूले ब्यारिकेड तोड्दै बानेश्वर प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार झडपमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। झडपका कारण तीनकुनेमा जारी कार्यक्रम प्रभावित भएको छ। रा

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ४१५ पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकारिताले बेथिति उजागर गर्नुपर्छ, व्यवस्थालाई बलियो बनाउन जरुरी : गृह मन्त्री लेखी

    फिरोज सिद्दिकी लहान, सिरहा । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मुलुकमा देखिएका गडबडी र बेथितिहरू सुधार्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। बिहीबार लहानमा आयोजित ‘पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी’मा बोल्दै मन्त्री लेखीले प्रेस स्वतन्त्रताको रक्षा गर्दै बेथितिहरूको पर्दाफास गर्न पत्रकारहरूले निर्धक्क भएर कलम चलाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। ‘पत्रकारिता समाजको ऐना हो। मुलुकमा गडबडी छन्, बेथिति छन्। यी सुधार्नका लागि राजनीतिक दलहरू सच्चिनुपर्छ। पत्रकारहरूले पनि निर्भीक भएर सत्य उजागर गर्नुपर्छ,’ उनले भने। उनले दे

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ५२१ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा उपमेयरमाथि कार्यकक्षमै हातपात, मेयरको निर्देशनमा घटना भएको आरोप

    फिरोज सिद्दिकी  लहान, सिरहा । लहान नगरपालिकामा उपमेयर रामचरित्र महतोमाथि कार्यकक्षमै हातपात भएको छ। उपमेयर महतोले बिहीबार लहान-२२ का वडाध्यक्ष श्याम अधिकारीसहित आएका एक समूहले आक्रमण गरेको आरोप लगाएको हो। नगरपालिकाका योजनाहरूको अनुगमन तथा उपभोक्ता समितिका विषयमा विवाद भइरहेका बेला घटनाको सुरुवात भएको हो। उपमेयर महतोका अनुसार नगरपालिकामा गुणस्तरहीन कामको कागजातमा हस्ताक्षर गराउन जबरजस्ती गरिएको छ। जब उनले अनुगमन बिना हस्ताक्षर गर्न अस्वीकार गरे, त्यही विषयलाई लिएर उनीमाथि हातपात भएको हो।   महतोले नगर प्रहरीलाई बोलाउँदा समेत सहयोग नपाएको बताएका छन्। 'हातपात भइरहँदा नगर प्रहरीला

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ८१७ पटक पढिएको
    • समृद्धिपथ
  • विपन्न परिवारलाई युथ मुस्लिम वेलफेयर सोसाईटीद्वारा खाद्यान्न सामग्री वितरण

    फिरोज सिद्दिकी लहान, सिरहा । मुस्लिम समुदायको पवित्र पर्व रमजानको अवसरमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपाल, लहान, सिरहाले ८० जना विपन्न हिन्दु-मुस्लिम परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ। रमजान पर्वमा दिनभरि रोजा बस्ने मुस्लिम धर्मावलम्बीहरूले साँझ धार्मिक विधिअनुसार इफतार गर्छन्। तर, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई रमजान मनाउन कठिनाइ हुने भएकाले सोसाइटीले सहयोग गरेको हो। ‘ईद सामग्री वितरण’ कार्यक्रम अन्तर्गत गरीब, विधवा, अनाथ तथा असहाय पीडित परिवारलाई प्राथमिकता दिँदै प्रति परिवार २५ केजी चामल, १ केजी सबई, १ केजी प्याज, आधा केजी चिनी, आधा लिटर तेल र ५ सय नगद सहितको

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ८३२ पटक पढिएको
    • समृद्धिपथ
  • महायज्ञको नाममा भएको ज्यादती प्रकरणमा सिरहाका प्रहरी प्रमुख पण्डित हेडक्वाटर तानिए

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दीपक मल्लिकको घर भत्काइएको घटनामा प्रहरी प्रशासनको कमीकमजोरी देखिएको भन्दै सिरहाका प्रहरी प्रमुख रमेश पण्डितलाई हेडक्वाटर तानिएको छ। प्रहरी प्रधान कार्यालयले पण्डितलाई काठमाडौंस्थित हेडक्वाटरमा तान्दै, उनको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अनन्तराज शर्मालाई सिरहाको नयाँ प्रहरी प्रमुखका रूपमा पठाएको गृह मन्त्रालय स्रोतले जनाएको छ। उक्त घटनाका कारण स्थानीय प्रशासनको भूमिकाप्रति व्यापक आलोचना भएपछि यसअघि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो। औरही गाउँपालिकामा महायज्ञको

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ५४८ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजारमा किशोरीहरूका लागि तीन दिने यौन तथा प्रजनन स्वास्थ्य तालिम सम्पन्न

    संजुकुमारी दास गोलबजार, सिरहा । गोलबजार नगरपालिकाको वडा नं. १३ का ३० जना किशोरीहरूको सहभागितामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। मुक्ति नेपाल, गोलबजारद्वारा आयोजित उक्त तालिममा किशोरीहरूलाई आफ्नै शरीरका भित्री तथा बाहिरी प्रजनन अंगहरूबारे गहिरो ज्ञान दिलाउँदै, तिनलाई स्वस्थ राख्ने उपायहरू सिकाउने उद्देश्य सहित तालिम सम्पन्न भएको हो। तालिममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले लिंग र लैंगिकता, लैंगिक हिंसा, समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यासहरू र तिनले किशोरी तथा महिलाको स्वास्थ्यमा पार्ने असरबारे विस्तृत छलफल गरिन्। साथै, किशोरावस्था, प्रजनन स

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ५३६ पटक पढिएको
    • समृद्धिपथ
  • सामूहिक बलात्कार प्रकरणमा पञ्चायती गर्ने वडा सदस्य नथुनी साह कारागार चलान

    सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाय सामूहिक बलात्कार र शंकास्पद मृत्युको घटनामा पञ्चायती गर्ने एक जना कारागार चलान भएका छन्। सिरहा जिल्ला अदालतले मंगलबार वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई कारागार पठाउने आदेश दिएका छन्। अदालतका श्रेस्तेदार निरज पोखरेलका अनुसार, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ। स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ४८३ पटक पढिएको
    • समृद्धिपथ
  • 'कान विभागमा उत्पन्न समस्या चाँडै समाधान हुनेछ '

      जीवछ उदासी  लहान,चैत १२ गते ।  सगरमाथा चौधरी आँखा अस्पतालले कान विभागमा देखिएको समस्या समाधान चाँडै गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशाकीय प्रमुख अभिषेक रोशनले यस्तो बताउनु भएको छ ।  कान विभागका मेसु विजय चौधरीले त्यहि विभागमा कार्यरत अडियोमेट्रि सहायक सिमा महतोलाई मानसिक तनाव दिइएको घट्ना केहि दिन पहिले सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट बाहिरिएपछि अस्पताल प्रशासनले ‌ मङ्गलबार पत्रकार सम्मेलन गरेर आफ्नो अधिकारिक धारणा सार्वजानिक गरेको छ ।  पत्रकार सम्मेलनमा प्रशासन प्रमुख रोशनले भन्नुभयो,'

    • प्रकाशित मितिः चैत १२, २०८१
    • १,४२१ पटक पढिएको
    • समृद्धिपथ
  • हुलाक कार्यालयको नियुक्ति प्रक्रियाविरुद्ध एमालेको विरोध

    फिरोज सिद्दिकी  सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सिरहाले जिल्ला हुलाक कार्यालयको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको छ। एमाले नगर कमिटी सिरहाका अध्यक्ष दिपक यादवको नेतृत्वमा एक टोलीले जिल्ला हुलाक कार्यालय सिराहालाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब नियुक्ति प्रक्रिया बदर गर्न माग गरेको हो।   ज्ञापन पत्रमा भनिएको छ कि हुलाक कार्यालयले हालै पदपूर्तिका लागि गरेको नियुक्ति प्रक्रियामा अनियमितता भएको छ। पार्टीका अनुसार योग्य र हकदार उम्मेदवारलाई बेवास्ता गर्दै पहुँच र प्रभावका आधारमा नियुक्ति गरिएको छ।   एमाले जिल्ला कमिटीले २४ घण्टाभि

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ६०७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा बोराभित्र शव फेला, हराएकी बालिकाको हुन सक्ने आशंका

    सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र एक शव फेला परेको छ। शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुगेको छ। प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन। तर सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी थिइन्, जसका कारण स्थानीयहरूले शव उनकै हुन सक्ने आशंका गरेका छन्। बालिका खातुन गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनी फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केकी थिइन् तर फर्केर नआएपछि उनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालयमा छोरी हराएको जानकारी गराउँदै नि

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५८२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A