लहान । लहानका प्रतिष्ठित व्यापारी निरज गुप्ताले लहान नगरपालिकाका मेयरको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मेयर महेश प्रसाद चौधरीले लहानका आम नागरिकका वास्तविक समस्या बुझ्न नसकेको आरोप लगाएका हुन्। गुप्ताले आफ्नो फेसबुक स्टाटसमा लेख्दै मेयरले गरिरहेका गतिविधि जनहितभन्दा पनि आफ्नो भविष्यको भोटर बैंक लक्षित देखिएको टिप्पणी गरेका छन्। उनले लहान नगरपालिकामा दीर्घकालीन विकाससँग जोडिएका महत्वपूर्ण विषयहरू बेवास्ता गरिएको उल्लेख गरेका छन्। विशेषगरी टाउन प्लानिङ, गाउँ ब्लक तथा बाल बिटोरी जस्ता आवश्यक कामहरूमा नगर प्रमुखको ध्यान नपुगेको उनको आरोप छ। 'टाउन
लहान । सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालबाट बेपत्ता भएपछि स्थानीय आक्रोशित बनेका छन्। शव हराएको विरोधमा पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा आफन्त र स्थानीयले सडक जाम गरेका हुन्। शुक्रबार आफ्नै घरमा पासो लागेको अवस्थामा भेटिएकी निशालाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक मृत्यु मुचुल्कासहित पोष्टमार्टमका लागि लहान अस्पताल पठाएको थियो। बुबा आमा उपचारका लागि भारतमा रहेकाले आज मात्र आफन्त अस्पताल पुगेका थिए, तर शव फेला परेन। किशोरी मृत्यु हुनुअघि उनी लहानका एक युवकको घरमा बसेको र उ
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन झापा क्षेत्र नम्बर ५ पुगेका छन्। उनका अनुसार मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता हुने कार्यक्रम तय गरिएको हो। सोही क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन्। सचिवालयको जानकारी अनुसार ओलीले मंगलबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेका छन्। ओली सोमबार नै झापा पुगेका थिए भने बालेनले जनकपुरमा रहेका कार्यक्रममा सहभागी भइ सकेर मंगलबार मात्र झापा पुगेका हुन्। बालेनले सामाजिक सञ्जालमार्फत पनि आफू झापा–५ पुगेको जानकारी
लहान । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित सोमबार बिहान सिराहाको लहान आएका छन्। उनीहरूले लहान १ तरकारी बजारस्थित मधेश आन्दोलनका सहिद स्मारकमा मधेश आन्दोलनका सहिदहरूको सालिकमा माल्यार्पण गरेका हुन्। उपस्थित शुभचिन्तक र समर्थकले साहको स्वागत गर्दै ‘बालेन’ नारा लगाएका थिए। २०६३ साल माघ ५ गते लहानबाट सुरु भएको मधेश आन्दोलनमा विद्यार्थी रमेशकुमार महतो, बेचन यादव, विजय सहनी, प्रमोद सदाय र मोहम्मद अनिस अन्सारीले ज्यान उत्सर्ग गरेका थिए। सहादतको १९ वर्षपछि पनि सहिद परिवारप्रति स्थानीय सरकारको पर्याप्त चासो नदेखिएको सहिद
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्। केन्द्रीय सदस्य महेन्द्र लावतीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा समर्थकसहित भेला भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरेका छन्। मन्त्री पदबाट राजीनामा दिएका घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया भाँडिएपछि आफ्नै दलमार्फत आगामी निर्वाचनमा भाग लिन लागेका हुन्। उज्यालो नेपाल पार्टीले काठमाडौं–३ सहित देशभर उम्मेदवार उठाउने तयारी अघि बढाएको जानकारी पनि पार्टीले दिएको छ। घिसिङको उम्
जनकपुरधाम । स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाली कम्युनिस्ट पार्टी छाडेका नेता रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। जनकपुरधाममा आयोजित परिवर्तन उद्घोष सभामा उनीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको हो। जनकपुरधामस्थित तिरहुतियागाछीमा जारी ठूलो जनसभामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)लगायतका शीर्ष नेताहरूको उपस्थितिमा सिंह र अन्सारीले पार्टी प्रवेश गरेका हुन्। अन्सारी माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनले गत पुस २४ गते माओवादी केन्द्रका संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहा
काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रने भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बनेका हुन्। गुरुङ भोलि मंगलबार बिहान गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको जनाएको छ। बिहान ९ बजे गोरखकाली मन्दिरमा विशेष पूजा–अर्चना गर्ने र त्यसपछि ११ बजे मनोनयन दर्ता गर्ने तयारी गरिएको छ। विगतदेखि सामाजिक सेवामा सक्रिय गुरुङलाई स्थानीयस्तरमा युवामैत्री नेतृत्वका रूपमा हेरिएको छ। उम्मेदवारी घोषणा संगै गोरखा–१ को चुनावी माहोल थप चहलपहल भएको छ।
फिरोज सिद्दिकी लहान, माघ ४ गते । जिल्लामा समाचार संकलनमा खटिएका पत्रकारहरूको कार्यमा हस्तक्षेप बढ्दै गएको भन्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाले कडा आपत्ति जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले पछिल्लो समय पीडक पक्षको प्रभावमा परेका कथित मिडियाकर्मीहरूले तथ्य आधारित रिपोर्टिङलाई कमजोर पार्ने प्रयास गरेको र पत्रकारिताको मर्यादामाथि आघात पुर्याउने गतिविधि बढिरहेको उल्लेख गरेको हो। महासंघका अनुसार हालै ‘सुकुम्वासी ठगी’ प्रकरणमा पीडित भुट्टा यादवले पैसा लेनदेनसम्बन्धी मुद्दामा सिराहाका एक नेताको नाम कान्तिपुर टेलिभिजन तथा पत्रिकामार्फत सार्वजनिक गरेपछि, केही व्यक्
फिरोज सिद्दिकी लहान । लहानमा माघे संक्रान्तिको अवसर यस वर्ष पनि उत्साह, उमंग र सांस्कृतिक रौनकसँगै मनाइएका छन्। थारु समुदायको प्रमुख पर्व मानिने माघे संक्रान्तिलाई लक्षित गर्दै लहान नगरपालिकाका विभिन्न वडाहरूमा माघी महोत्सव तथा परम्परागत मेलाहरूको आयोजना गरिएको हो। चुरे क्षेत्रदेखि तराईका बस्तीहरू झकिझकाउ सजिए, परम्परागत भेषभूषामा सजिएका थारु महिलाजत्तिहरूको र्याली र सांस्कृतिक झाँकीले लहान बजार आज एकापट्टि सांस्कृतिक गलैँचा बनेर फैलिएको अनुभूति गरायो। लहान नगरपालिका–९ खुट्टीपारीस्थित लहानगोठ माघी मेला महोत्सवको औपचारिक उद्घाटन नगरप्रमुख महेशप्रसाद चौधरीले गरे। प्रमुख आतिथ्य
जीवछ उदासी लहान,पुस १४ गते लहान नगरपालिका वडानम्बर ६ मा रहेको लिटिल स्टार माध्यमिक विद्यालयबाट कक्षा १२ उतीर्ण गरेका तीन जना विधार्थीलाई विद्यालयले एक औपचारिक कार्यक्रमबीच सम्मान गरिएको छ । एमबिबिएसमा नाम निकाल्न सफल भएको ओम प्रकाश दास र विएससि नर्सिङगमा नाम निकाल्न सफल सरस्वती साह र मनिषा कुमारी दासलाई विद्यालयका प्रिन्सिपल जय प्रकाश साह र पमि साहले सम्मान गर्नु भएको छ । लहानबाट गुणस्तरीय शिक्षाको लागि पलायन भइरहेको विधार्थी रोक्न लहानका माध्यमिक विद्यालयहरु सक्षम भइसकेको प्रिन्सिपल साहले विश्वास व्यक्त गर्नुभयो ।''२७ वर्षमा यस विद्यालयले उत्पादन भएका विधार्थीहरु
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A