जिवछ उदासी प्रदेश २ का सरकारले चलाएको बेटी पढाउ,बेटी बचाउ मुख्यमन्त्री साइकल वितरण कार्यक्रममा व्यापक भ्रष्टाचार भएको सभा सदस्य लगनलाल चौधरीले बताउनु भएको छ । सगरमाथा मावि ढोडना-१५ मा साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अतसाइकल वितरण कार्यक्रम पवित्र र बेटीलाई प्रोत्साहन गर्ने कार्यक्रम राम्रो हो ।तर यसमा भ्रष्टाचार हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बजारमा पाइने ६ हजारको साइकलको बिल ८ हजार बनाएर प्रति साइकलमा २ हजार भ्रष्टाचार भएको छ । बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत थालेको वीमा कार्यक्रम प्रदेश सरकारले रोक्न नहु
जिवछ उदासी लहान, मंसिर ८ गते । लहान-७ मुख्य बजार स्थित राम मन्दिर निर्माण कार्य सुरु भएको छ । लहान नगरप्रमुख मुनि साहले बुधबार धार्मिक बिधि अनुसार शिलान्यास गर्नु भयो । लहानको पुरानो इतिहास हेर्दा लहान राममन्दिरले लहानको धार्मिक आस्था र विकासमा महत्वपुर्ण भूमिका खेलेको प्रमुख साहले बताउनुभयो । पुरानो भत्काएर नयाँ मन्दिर निर्माणको लागि नगरपालिकाले लिएको लक्ष्य अनुसार काम अघि बढाउन निर्माण कार्य सुरु भैसकेकोले निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्न ठेकेदारसँग आग्रह गर्नुभयो । लहान-७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले राम मन्दिरको निर्माण कार्यको सुरु भएपछि यस वडाको विकास मात
चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर चितवन जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले विशेष सुरक्षा व्यवस्था मिलाएर सुरक्षाको काम भइरहेको जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठकले बसेर महाधिवेशनलाई ध्यानमा राख्दै आवश्यक प्रबन्ध मिलाइएको हो। एसपी अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली संयुक्त रुपमा खटिएका बताए। एमालेको महाधिवेशनलाई मात्रै केन्द्रीत गरेर एकहजार २७० जना सुरक्षाकर्मीहरु खटिने भएका छन्। झण्डै पाँचलाखको जनसहभागीता गराउने एमालेले तयारी गरेपछि त्यसै अन
जिवछ उदासी, लहान, सिरहा । नेकपा एमालेको १० औ महाधिवेशन नजिकिँदै गएपछि नीति र नेतृत्वको वहस चलिरहेको छ । विधान महाधिवेशन सम्पन्न भैसकेको छ । नेतृत्व चयन गर्नको लागि मंसिर (१०-१२) सम्म चितवनमा महाधिवेशन हुँदैछ । यो एकताको महाधिवेशन नाम पनि दिएको छ । एकताको महाधिवेशनको लागि नेतृत्वमा केपी ओलीको विकल्प खोज्नु हुँदैन। केपी ओलीको नेतृत्वमा गठित सरकाले राष्ट्रियता र समृद्धिको पक्षमा काम सुरु गरेको थियो । नेकपा माओवादी र एमाले र मिलेर बनेको नेकपालाई मजबूत बनाउनु आवश्यक थियो । तर प्रचण्ड र माधव नेपालको गुटवादी र विभाजनकारी नीतिको कारण नेकपा पार्टी विभाजन हुनु र नेकपा फुट्नुले बामपन्थीहरुको नेतृ
जिवछ उदासी लहान,मंसिर ५ गते । नेपाल रेडक्रसका सिरहा शाखाका नवनियुक्त सभापति डा नविन यादबले विपतिको घडिमा मानव सेवामा समर्पित रहने बताउनु भएको छ ।आज आइतबार शपथ ग्रहणपछि कार्यभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो । विपतिकोबेला मानव सेवामा जुट्न कुनै कन्जुस्याइँ र पुर्वाग्रह नगरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति यादवले भन्नुभयो,'मानवसेवाकै लागि राजनीतिमा लागेको छु । रेडक्रस जस्तो संस्थाको सभापति भएर मानव सेवा गर्न अवसर मिलेको छ । यस अवसरलाई सदुपयोग गर्छु ।' डा यादव नेकपा एमालेको जिल्ला सचिव हुनहुन्छ । गएको स्थानीय निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा झिनो मतले पराजित भएपनि जनस
जिवछ उदासी लहान, मंसिर ५ गते । नेकपा एमालेको केन्द्रिीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले चुनावमा परमादेशले बनाइ दिएको जनविरोधी गठबन्धनलाई जनताले परास्त गर्ने बताउनु भएको छ । लहान–१४ मा काँग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै यस्तो बताउनु भएको हो । नेकपा एमालेमा देशैभरी प्रवेशको लहर रहेको नेता यादवले भन्दै सिरहा जिल्ला फेरि एमालेको लालकिल्ला हुनेमा कुनै शङका नरहेको ठोकुवा गर्नुभयो ।नेकपा एमाले राष्ट्रियता र जनजीविकाको सवालमा ऐतिहासिक काम गरेको नेपाली जनताले बुझेर अन्य पार्टी छाडेर एमाले रोज्न थालेको छ, उहाँले बताउनुभयो ।उहाँले थप्नुभयो,‘अदाल
जिवछ उदासी लहान, मंसिर २ गते । लहान नगरपालिका प्रमुख मुनि साहले सामुदायिक विद्यालयहरुको स्तारोन्नति प्राथमिकतामा रहेको बताउनु भएको छ । लहान –९ गोठमा रहेको श्री जनता आधारभूत विद्यालय लहान–९ गोठ को दुई कोठे भवनलाई शिलान्यास गर्नुहुँदै यस्तो बताउनु भएको हो । हाम्रो लहान, समृद्ध लहानको नारा सफल बनाउन र विकासको मेरुदण्डको रुपमा रहेको शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो । लहान–९ मा रहेको यस विद्यालयको स्तरोन्नति गर्दै कक्षा ५ बाट कक्षा ८ मा स्तरवृद्धि गरेको नगरप्रमुखले भन्दै यसविद्यालयलाई माविसम्म बनाउने लक्ष्य रहेको उहाँले विश्वास दिलाउनुभयो । ६० वटासामुदा
जीबाछ उदासी लहान, कार्तिक ३० गते । नेपाली काँग्रेस लहान नगरपालिका सभापतिको लागि फुलेश्वर महतो र रासलाल रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । चुनावको लागि निर्वाचन अधिकृत अन्य वडाको निर्वाचनमा व्यस्त भएकोले आज हुने भनिएको निर्वाचन बुधबार सारिएको प्रेस युनियन सिरहाका सचिव पत्रकार शम्भु यादवले बताउनु भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायत विभिन्न सामाजिक संघंस्थासँग आवद्ध रहँदै नेपाली कांग्रेसका पुरानो नेताको रूपमा महतो चिनिनुहुन्छ । राय निर्माण व्यवसायीसंघका अध्यक्ष हुनुहुन्छ । लहान नगरपालिकामा आठसय भन्दा मतदाता प्रतिनिधि रहेको लहान नगरपालिकामा महतोलाई
जिवछ उदासी, लहान । लहान नगरपालिका वडा नम्बर २४ को कार्यालयमा लगाइएको ताला तोडेर भएपनि जनताको दैनिकी काम र विकास निर्माणको काम अघि बढाउने वडाध्यक्ष कमल देव याादवले बताउनु भएको छ । कातिक १० गतेदेखि विपक्षी दलहरुले कार्यालयमा तालाबन्दी गरेर जनताको दैनिकी काममा अप्ठयारो सृजना गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष यादवले भन्नुभयो,´तालाबन्दी समस्याको समाधान होइन, आएर छलफल गरौ भन्दा नमान्ने वडाकार्यालयलाई बन्दी बनाउन मिल्दैन । म पनि जनतनबाट निर्वाचित भएर जनताकै काम गर्न ओहोरात्र लागेको छु । विकासको लाागि समस्याको निकासको लागि छलफल गर्न तयार छौ ।' २० दिनसम्म हेरयौ अब प्रतिक्षाको घडी
जिवछ उदासी लहान, कातिक २९ गते । आसन्न नेकपा एमालेको १०औ महाधिवेशनको लागि सिरहाको क्षेत्र नम्वर २ मा सर्वसम्मत रुपमा आइतबार प्रतिनिधि चयन भएको छ भने बाँकी रहेको तीन क्षेत्रमा आज सोमबार सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिने नेकपा एमाले सिरहाले जनाएको छ । आइतबार क्षेत्र नम्बर २ सुखीपुरमा सम्पन्न भेलाबाट नरेन्द्रराज पोखरेल,रामऔतार यादव, रामेश्वर साह र निर्मला बास्तोला सर्वसम्मत रुपमा प्रतिनिधिको रुपमा चयन भएको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो ।पोखरेल सिरहा २ बाट निर्वाचित हुनु भएको पूर्व सांसाद र हाल प्रदेश कमिटि सदस्य , यादव सुखीपुर नगरपालिका प्रमुख र प्रदेश कमिटि सदस्य
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A