अपराध

    Showing ११-२० of ५९ items.
  • लागुऔषधसहित दुई जना पक्राउ, ब्राउन सुगर, लाखौं नगद र सुन जफत

    लहान, असर २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ११ पडरिया टोलमा लागुऔषध ब्राउन सुगरको कारोवार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट संयुक्त रुपमा खटिएको विशेष टोलीले बिहीबार साँझ ४:१५ बजेतिर मिथलेश कुमार चौधरीको घरमा छापा मारेर लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–११ बस्ने २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन्। मिथलेशको साथबाट प्लास्टिकसहित खैरो हेरोइन (ब्राउन सुगर) ११३.९१ ग्राम (प्लास्टिक बाहेक १०९ ग्राम

    • प्रकाशित मितिः असार २०, २०८२
    • ७५२ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको अर्नमा–१ मा युवकको हत्या, घर अगाडि शव फेला

    १४ असार, सिराहा । सिरहाको अर्नमा गाउँपालिका–१ मा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय रामसेवक महराका ३० वर्षीय छोरा अजय महरा शनिबार बिहान आफ्नै घर अगाडि मृत भेटिएको हो। प्राथमिक अनुसन्धान अनुसार अजयलाई कुटपिट गरी घिसारिएको र त्यसपछि घाँटीमा लुगा बेरिएको अवस्थामा मृत फेला परेका स्थानीयले बताएका छन्। शवको अवस्था हेर्दा उनको हत्या योजनाबद्ध रुपमा गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलमा स्थानीयको ठूलो भिड लागेको छ भने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरीको टोली पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डि

    • प्रकाशित मितिः असार १४, २०८२
    • ७७८ पटक पढिएको
    • समृद्धिपथ
  • सीमावर्ती क्षेत्रमा पुनः सक्रिय हुँदै लागुऔषध कारोबारी, २४ घण्टामा स्रोत नखुलेको ७१ लाखसहित पाँच पक्राउ

    सिरहा, जेठ ४ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा पुनः लागुऔषध कारोबार र स्रोत नखुलेको नगद ओसारपसारमा संलग्न गिरोह सक्रिय भएको देखिएको छ। पछिल्ला २४ घण्टामा प्रहरीले तीन फरक घटनाबाट स्रोत नखुलेको ७१ लाखभन्दा बढी नगद र खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। सबै घटना सीमावर्ती क्षेत्र वरपर र भित्री सडकमार्गमा भएका हुन्, जसले नेपाल-भारत खुला सीमाको दुरुपयोग गरी आपराधिक गतिविधि मौलाउँदै गएको संकेत गर्छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्रकुमार पाशवानका अनुसार पक्राउ परेकामध्ये एकजनाले यसअघि पनि लागुऔषध कारोबारकै अभियोगमा जेल सजाय भोगिसकेका थिए। शनिबार सा

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ६५४ पटक पढिएको
    • समृद्धिपथ
  • तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईसहित थप दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेका दुर्गा प्रसाद प्रसाई र दिपक खड्का पक्राउ परेका छन्।  झापा जिल्लाको भद्रपुरबाट पक्राउ गरिएका यी दुई व्यक्तिमाथि काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ। २०७८ सालको चैत १५ गते 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महा अभियान नेपाल'ले दुर्गा प्रसाद प्रसाईको नेतृत्वमा आयोजना गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो। प्रहरीले जनाए अनुसार, सो प्रदर्शनमा सहभागी समर्थकहरुलाई उत्तेजित पार्दै निष

    • प्रकाशित मितिः चैत २९, २०८१
    • ७६७ पटक पढिएको
    • समृद्धिपथ
  • बिद्युतीय धरापमा परि बालिकाको मृत्यु, शव प्लास्टिकको बोरामा फेला, एक जना पक्राउ

    फिरोज सिद्दिकी  सिरहा, चैत २५ गते । सिरहाको गोलबजार–९, गोबिन्दपुरमा बिद्युतीय धरापमा परेर १३ वर्षीया गुलसना खातुनको मृत्यु भएको र शवलाई प्लास्टिकको बोरामा राखी खोलानजिक गाडिएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, गुलसना खातुन गत फागुन २९ गते बिहान ९ बजे “घाँस काट्न जान्छु” भनी घरबाट निस्केकी थिइन्। तर घर नफर्किएपछि उनकी आमाले खोजतलासका लागि चैत १ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएकी थिइन्। चैत १२ गते दिउँसो घुर्मी खोलाको किनारमा प्लास्टिकको बोरा

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ८६७ पटक पढिएको
    • समृद्धिपथ
  • 'कान विभागमा उत्पन्न समस्या चाँडै समाधान हुनेछ '

      जीवछ उदासी  लहान,चैत १२ गते ।  सगरमाथा चौधरी आँखा अस्पतालले कान विभागमा देखिएको समस्या समाधान चाँडै गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशाकीय प्रमुख अभिषेक रोशनले यस्तो बताउनु भएको छ ।  कान विभागका मेसु विजय चौधरीले त्यहि विभागमा कार्यरत अडियोमेट्रि सहायक सिमा महतोलाई मानसिक तनाव दिइएको घट्ना केहि दिन पहिले सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट बाहिरिएपछि अस्पताल प्रशासनले ‌ मङ्गलबार पत्रकार सम्मेलन गरेर आफ्नो अधिकारिक धारणा सार्वजानिक गरेको छ ।  पत्रकार सम्मेलनमा प्रशासन प्रमुख रोशनले भन्नुभयो,'

    • प्रकाशित मितिः चैत १२, २०८१
    • १,४२० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा बोराभित्र शव फेला, हराएकी बालिकाको हुन सक्ने आशंका

    सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र एक शव फेला परेको छ। शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुगेको छ। प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन। तर सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी थिइन्, जसका कारण स्थानीयहरूले शव उनकै हुन सक्ने आशंका गरेका छन्। बालिका खातुन गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनी फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केकी थिइन् तर फर्केर नआएपछि उनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालयमा छोरी हराएको जानकारी गराउँदै नि

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५८१ पटक पढिएको
    • समृद्धिपथ
  • संगठित अपराधमा संलग्न फरार भारतीय नागरिक पक्राउ

    फिरोज सिद्दिकी  सिरहा । नेपालका विभिन्न जिल्लामा डाका र संगठित अपराधमा संलग्न भनी फरार घोषित भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेनलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत सीमा क्षेत्र (दसगजा) नजिक घाइते अवस्थामा रहेका आरिफलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, आरिफको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला परेपछि उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको थियो। उपचारपश्चात उनलाई जिल्ला प्

    • प्रकाशित मितिः पुस १, २०८१
    • ६७५ पटक पढिएको
    • समृद्धिपथ
  • सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमा भ्रामक र आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ निकोशेराबाट दुर्गा प्रसाद प्रसाईलाई पक्राउ गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ गरि दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको हो। मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जारी

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • ६३४ पटक पढिएको
    • समृद्धिपथ
  • कर्जन्हाका पूर्वमेयर गंगा पासवानसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

    सिराहा । सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहरसहित अदालतले यो निर्णय सुनाएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, दोषी ठहर हुनेमा पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादव छन्। विशेष अदालतका सदस्य खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार र बुधबार स

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ६८४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A