जीवछ उदासी नेपाल पत्रकार महासंघको चुनाव सकियो । २७ औ महाधिवेशनले जिल्ला शाखा प्रदेश र केन्द्रको चुनाव सकेर पत्रकारिता क्षेत्रले गति लिइने विश्वास लिएको छ । पटक पटक स्थगित भएको महासंघको चुनाव मंसिर २६ गते सम्पन्न गराउने केन्द्रिय महासंघलाई धन्यवाद भन्नैपर्छ । सिरहा शाखाको साँख कसरी बढाउने विषय सबै पत्रकारको जहनमा छ । पत्रकार भनेको प बाट समाजको पहरेदारी,त्र भनेको त्रसित हुनु हुँदैन,का बाट काममा विश्वास गर्नुपर्छ र र बाट रहस्य पता लगाउनुपर्छ भने अर्थमा बुझ्नु न्याय संगत हुनेछ । केन्द्र प्रदेशको पत्रकारिताको प्रभाव जिल्ला शाखामा पर्नु स्वभाविकै मानिन्छ । यदपि सिरहाको पत्रकारिताले कहि
सम्पादकीय फिरोज सिद्दिकी आफ्नो जिम्मेवारी र पदलाई जनसेवा र नगरको प्रगतिको निम्ति उपयोग गर्ने मेयरजस्तो पदमा रहँदा, व्यक्तित्वको हठ, जिद्दीपन र अहंकारजस्ता प्रवृत्तिहरूले केवल समस्याको जटिलता मात्र बढाउँछ। नेतृत्वमा बसेका व्यक्तिले जब व्यक्तिगत भावना, स्वार्थ र अहंकार भन्दा माथि उठेर, सबैको रायलाई आत्मसात गर्दै जनतालाई प्राथमिकता दिन्छन्, तबमात्र सही नेतृत्वको सार्थकता प्रमाणित हुन्छ। तर यथार्थमा कतिपय स्थानीय नेतृत्वले नागरिकका समस्या र सुझावप्रति संवेदनशीलताको अभाव देखाइरहेका छन्। हामीले यस्ता धेरै उदाहरण देखेका छौँ, जहाँ जनप्रतिनिधिहरू आफ्ना हठ र जिद्दीका कारण समस्याको समाधान
सम्पादकीय जीवछ उदासी पत्रकारिता समाजको आवाज हो । पत्रकारितालाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ । समाजको हरेक गतिविधि र सुचना सम्प्रेषण गर्ने पत्रकारको भूमिका बोल्ने शैली लेख्ने तरिका र हाउभाउ सबै सन्तुलित हुनुपर्छ। अहिलेको जमाना आएको छ । डिजिटलको जमानामा छिटो सुचना पाउने व्यग्र चाहना हुनुपनि स्वभाविकै हो । पत्रकारलाई मैले यसरी अर्थयाउने गरिरहेको छु । प: पहरेदार समाजको,त्र' त्रसित हुनु हुँदैन,का: काममा विश्वास गर्नु,र: रहस्य पता लगाउनु हो । पत्रकारिता जगतमा भएको विकाससँगै यसमा विकृति पनि भित्रिएकै हो । यसबारे पत्रकारिताको संरक्षण र विकास गर्ने संघ संस्थाहरुमा पनि यो विषय उ
सम्पादकीय जीवछ उदासी यस वर्ष घटस्थापना भएपछि बजार अनुगमन लहानमा भइरहेको छ । वर्षमा दसैको मुखमा हुने अनुगमनको सकारात्मक र नकारात्मक पक्षबारे सामाजिक सञ्जालमा निकै टिका टिप्पणी भएको छ । वर्षभरी सुतेर बस्ने चाडपर्वको मुखमा मात्रै अनुगमन हुनुले संशय उत्पन्न भएको छ । अनुगम हुनुहुँदैन यो पनि ठीक तर्क होइन । अनुगमन त निरन्तर भइरहनुपर्छ । अनुगमनको आफ्नै नियम र संहिता छ । अनुगमन हुनुभन्दा पूर्व बजारमा अनुगमन गरिने क्षेत्रलाई कैयन पटक सचेत पनि गराउन जरुरी हुन्छ । चेतना र सचेतनाको नाममा कुनै प्रयास नगर्ने एकासी अनुगमन गरियो भने व्यापारमा हुने भय त्रास र निरासाको सम्बोधन कसरी गर्ने ? यसकोणबा
सम्पादकीय जीवछ उदासी यदि झिझिया सहि हो भने लहानको भाइरल बाबा पनि सहि हो । एउटा विकृति र अर्को संस्कृति । अन्धविश्वास र विकृतिलाई बढावा दलित विपन्न समुदायले चेतनाको आभावमा दिइरहेको छ भने केहि समुदाय विकृतिलाई संस्कृति हो भनेर भ्रमको खेति गरेर दुनो सोझ्याउदैछ । समाजको प्रगति ज्ञान विज्ञानबिना संभव छैन् । समाजमा धर्म र जातिको जहर घोल्नेहरु विकृतिलाई मलजल गरेर गरीव विपन्नलाई सधै गरीव र विपन्न बन्न भाग्यले नै हो भने बुझाउन खोजिरहेको छ जब कि यो सत्य होइन् । देशमा गणतन्त्र र संघीयता किन ल्यायौ यहि विकृतिको सहारामा शासन गर्नेहरुको मनोवल बढाउनलाई । एकपटक गम्भीर भएर सोचौ । शिक्षा स्वास्थ्य
सम्पादकिय फिरोज सिद्दिकी हालै लहान बजारमा बजार अनुगमनले गति लिएको देखिएको छ। यसले उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न वस्तुहरू—खाना, मिठाई, तरकारी, पेय पदार्थ आदिको गुणस्तर जाँच गर्न महत्त्वपूणर् भूमिका खेल्दछ। बजार अनुगमन गर्नु भनेको केवल कानुनी बाध्यता मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षा गर्ने एउटा नैतिक जिम्मेवारी पनि हो। विशेषगरी खानेकुराको गुणस्तर र सुरक्षासँग सम्बन्धित प्रश्नहरूमा, यो अझै सान्दर्भिक र जरुरी बन्न जान्छ। तर प्रश्न उठेको छ, बजार अनुगमन केवल दसैंको समयमा मात्र किन हुन्छ? यो कार्य केवल चाडपर्वको बेला सीमित हुनु उपभोक्ताको लागि पर्याप्त सुरक्षा प
सम्पादकीयः फिरोज सिद्दिकी लहानमा विकासका नाममा भइरहेका अनियमितता र अन्याय दिन प्रतिदिन गहिरिँदै गएका छन्। यसै सन्दर्भमा, खुट्टि खोला र सर्रे खोला जस्ता जनताको आधारभूत स्रोतहरूमाथि भएको अतिक्रमण स्थानीय स्तरमा भ्रष्टाचारको प्रतिविम्ब हो। स्थानीय मजदुर, जो आफ्नो जीविका खोला आश्रित श्रमबाट चलाउँदै आएका छन्, तर लहान नगरपालिकाले खोलामा काम गर्ने मजदुरहरुलाई रोक लगाएको छ । गरिब निर्माण मजदुरहरु खोलामै काम गरेर जिविकोपार्जन गर्दै आएका छन् । चाडपर्व नजिकिदै गएको छ । उनीहरूको चाडपर्वको खुसी समेत खोसिने अवस्थामा पुर्याउनु जनताको अधिकारमाथि भएको गम्भीर उल्लंघन हो। लहान नगरपालिकाका मेयर महेश चौधरील
सम्पादकिय फिरोज सिद्दिकी लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्ने अपील गर्नु भएको छ। उहाँले स्रोतसाधनको सीमाभित्र रहँदै सामूहिक स्वार्थ पूरा गर्न तयार रहेको बताउनु भएको छ। यद्यपि, जनगुनासोले स्पष्ट संकेत गर्छ कि नगरप्रमुखको व्यवहार र नेतृत्वमा ठूला खोटहरू छन्। निर्वाचनका क्रममा नगरवासीलाई दिएका ठूला आश्वासन र भाषणहरू अहिले कार्यान्वयनको पर्खाइमा छन्। "म जितेपछि यो गर्छु, त्यो गर्छु" भन्ने वाचा नगरप्रमुखको लागि मात्र चुनावी रणनीति भएको देखिन्छ, जबकि जितेपछि तिनलाई व्यवहारमा उतार्न असफल भइरहेका छन्। यसले गर्द
सम्पादकीय * फिरोज सिद्दिकी लहानका जनप्रतिनिधिले हालै आफ्नो थाइल्याण्ड, सिङ्गापुर र मलेसिया भ्रमणका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्तामा गहिरो असन्तुष्टि देखिएको छ । यस असन्तुष्टिको मुख्य कारण जनप्रतिनिधिले आफ्नो व्यक्तिगत मोजमस्ती र यात्रामा नागरिकले तिरेको करको दुरुपयोग नै हो । सामाजिक सञ्जालमा प्रश्न उठाउने नागरिकलाई जनप्रतिनिधिले जवाफ दिनुको सट्टा आ-आफ्नो फेसबुक पेजमार्फत आफूले रमाइलो गरेको जानकारी दिदै आएका छन् । यस्तो प्रवृत्तिले जनताको भावनाको अपमान मात्र गर्दैन, जनप्रतिनिधिलाई जनताका समस्या र प्रश्नको वास्ता नगरेको पनि देखाउँछ । अर्कोतर
सम्पादकीय * फिरोज सिद्दिकी सिरहाको लहान नगरपालिकाका जनप्रतिनिधिहरुको एक समूह नै विदेश भ्रमणमा जानु गम्भीर विषय हो । एकातिर नगरपालिकाको विकास कार्य ठप्प छ भने अर्कोतर्फ जनप्रतिनिधिको विदेश भ्रमणको खर्च र त्यसको स्रोत पनि शंकाको घेरामा परेको छ । जनताको पैसाले निर्वाचित जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पन्छाएर विदेश जान लाग्नु अत्यन्तै निन्दनीय छ । यस कार्यले नगरपालिकाको कामकारबाहीमा असर पर्ने जनतामा आक्रोश हुनु स्वाभाविक पनि हो । विदेश भ्रमणको खर्च कहाँबाट आयो भन्ने प्रश्नको जवाफ जनताले पाउनुपर्छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप र गैरसरकारी संस्था वाटर एडबाट आर्थिक सहयोगको दाबी भईरहेको
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A