फिरोज सिद्दिकी, लहान । सिरहाको लहान ९ मा महिलाहरुका लागि उद्यमशीलता तालिम सुरु भएको छ । ‘आर्थिक सृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार’ भन्ने नाराका साथ मंगलबारदेखि तालिम सुरु भएको हो । गरिबी निवारणका लागि संचालित लघु उद्यम विकास अन्तर्ग व्यवसाय सचेतना तथा व्यवसाय शुरु एवं लैगिंकता तथा सामाजिक समावेशीकरण तालिमको लहान नगर प्रमुख मुनि साहले उद्घाटन् गर्नुभयो । उहाँले महिलाहरु उद्यमी भएर अघि बढ्न आग्रह गर्दै उद्यमशीलताको लागि नगरपालिकाले सधैं साथ सहयोग गरिरहने वताउनु भयो । लहान नगरपालिका समृद्ध लहानको परिकल्पनाका साथ अघि बढिरहेको बेला उद्यमशीलता विकासका लागि आफुहरु लागि रहेको वताउद
जिवछ उदासी लहान, लहान भेट्रान कप फुटवल प्रतियोगिता २०७७ प्रतियोगिताको तेस्रो दिन लहान हिम कस्तुरी युवा क्लवका खेलाडीहरुले एकका विरुद्ध तीन गोलले उदयपुर त्रियुगाालाई हराँउदै जीत हासिल गरेको् छ मध्यान्तरभन्दा अगाडि लहानका भेट्रान टीमका हेमन्त कुमार चौधरीले २ गोल र साज कुमार आलले १ गोल गरी अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि सुरु भएको खेलमा उदयपुर त्रियुगा भेट्रान टीमका १० नम्बरका खेलाडीले एक गोल गर्न भ्याएको थियो । सोमबारको खेलमा म्यान अफ द म्याच हिम कस्तुरी युवा क्लवका खेलाडी युगल किशोरलाई उपाधी प्रदान गरिएको थियो । हेमन्त चौधरीलाई लहान –८ का वडाध्यक्ष विजय कुमार महतोले नगद पन्ध्र
रामभरोसी महतो, लहान । घरेलु हिंसाका घटनालाई प्रभावकारी सम्बोधनका लागि सिरहा र सप्तरीमा न्यायिक समिति, प्रहरी र स्थानीय समाजिक अभियन्ताहरुले संयुक्त कार्ययोजना निर्माण गरेका छन् । युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्रले प्रदेश २ मा सञ्चालन गरिरहेको सहज परियोजनाको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको जिल्ला स्तरीय सामुदायिक अंकपत्र कार्यक्रममा सहभागी न्यायिक समिति, स्थानीय प्रहरी र सामाजिक अभियन्ताहरुले घरेलु हिंसाको घटनालाई सम्बोधन गर्ने सवालमा सहकार्य र समन्वय कमजोर रहेको ठहर गर्दै प्रभावकारी तरिकाले प्रभावितलाई छिटो र छरितो तर
विजय साह, लहान । सिरहा प्रहरीले लहानका स्कुल तथा कलेजहरुमा लागु औषध तथा दुव्र्यसनी सम्वन्धी जनचेतना मुलक कार्यक्रम सुरु गरेका छन् । सशस्त्र प्रहरी वल सिरहाले लागु औषध दूव्र्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम अन्तर्गत शुक्रबार एलएमसी कलेज लहान गरेको हो । लागु औषध दुव्र्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरीक्षक बिनोद थापाले जानकारी दिनुभयो । स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्र्य
जिवछ उदासी लहान,चैत ६ गते । लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले विद्यालयका बालबालिकाहरुको आँखा सुरक्षाको लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘रीच’ कार्यक्रम अन्तर्गत साम्दायिक विद्यालयका ३० जना शिक्षकहरुलाई सचेतना गराएको हो । (६–८) वर्ष उमेर समूहका बालबालिकाहरुको आँखाको सुरक्षाको लागि शिक्षक शिक्षिकाहरुको भूमिका महत्पूर्ण रहेकोले विद्यालय स्तरीय कार्यक्रम संचालन भइरहेको कार्यक्रम संचालक चिकित्सक विवश राणा र तीर्थ कुमार सिंहले जानकारी दिनुभयो । उहाँहरुको अनुसार टेढो आँखा ,दृष्टिदोष, मोतिविन्दु र जलबिन्दु लगायतका आँखाका
वीरेन्द्र कर्णवीरगञ्ज । जगरनाथपुर गाउँपालिका–३ बिजवनियाँका किसान अभय यादवले यस वर्ष १९ बिघा जग्गामा मेशिनले गहुँँ रोप्नुभएको छ । जिरोटिलेज मेशिनले खेतमा गहुँ बीउ छर्दा उहाँका छिमेकी किसानले पत्याएका थिएनन् तर यादवको खेतमा रहेको गहुँको बाला र अन्य किसानको गहुँबाला हेर्दा फरक देखिन्छ । किसान यादवले २०५४ सालदेखि परम्परागत गहुँ खेती विधिलाई त्यागेर खेत नजोतिकनै जिरोटिल मेशिनबाट खेती गर्दै आएकोमा यस वर्ष उहाँको खेतमा गहुँको बाला लहलहाउँदो देखिएको छ । धान खेतीबाट राम्रो उत्पादन लिएपछि उहाँले गहुँ खेतीमा पनि यो प्रविधि प्रयोग गर्नुभएको हो । किसान यादवको देखासिकी गर्दै अन्य किसानले पनि मेशिनको
काठमाडौं । भालि शुक्रबारदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ भर्न पाइने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भोलि अर्थात् चैत ६ गतेबाट आईपीओ बिक्री गदैछ । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेक
धनुषा । सिरहाको लहान नगरपालिका–१ मालपोत कार्यालयमा गत आइतवार बम विस्फोटको घटनाप्रति इन्सेकलगायत मानवअधिकारवादी संघसंस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बम विस्फोट घटनामा परि १ जना कर्मचारी र ७ जना सेवाग्राहीसहित ८ जना घाइते भई उपचाररत्त रहेकाले सो घटनाप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेका हुन् । इन्सेक प्रदेश २ प्रमुख राजु पासवान, एड्भोकेसी फोरम नेपालका प्रदेश २ संयोजक राजकुमार महासेठ, ओरेक धनुषाका जिल्ला परियोजना संयोजक रोजलिन सिंह बछार, सेफ नेपालका टिम लिडर विनोद महरा, महिला मानव अधिकार रक्षक संंजालका सदस्य जमुना भुजेल, युथ एडभोकेस
जिवछ उदासी लहान । लहान स्थित यातायात व्यवस्था कार्यालय लहानमा अनुगमन गर्न पुगेका अनुगमन टोलीलाई देखेर सयौको संख्यामा विचौलियाहरु भागाभाग भएका थिए । आइतबार मालपोत कार्यालय लहानलाई सुचारु गर्न अनुगमन गर्न पुगेका टोली लहान स्थित नापी शाखा र डिभिजन वन कार्यालय लहानको समेत अनुगमन गरेको थियो । यातायात कार्यालयमा पुग्दा लाइसेन्स अनुमति पत्रको लागि फर्म भर्दा मूल्य सूची नभएको कमजोरी गरेका दुई जनालाई सोधपुछको लागि नियणत्रणमा समेत लिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार जनगुनासो बढिरहेको कार्यालयहरुको नियमित अनुगमन गर्नेछ । गएको आइतबार लहान स्थित
जिवछ यादव लाहान । कञ्चनपुर–कमला राष्ट्रिय राजमार्गको चार लेन निर्माण कार्य लहान नगरपालिका क्षेत्रमा तीव्र गतिमा अगाडि बढिररहेको छ । कुल ८७ किलोमिटर मध्ये लाहान क्षेत्रमा पर्ने पाँच किलोमिटर सडकको निर्माण वर्षा लाग्नुभन्दा अगावै सक्ने गरी काम अगाडि बढाइएको छ । सडक निर्माण कार्य अघि वढेपछि स्थानीय खुसी छन् । कञ्चनपुर–कमला परियो्जना अन्तगर्त दुई प्याकेजमा काम सञ्चालन गरिएको परियोजनाका सुपरीक्षक अनिल ढुङगानाले जानकारी दिँदै कुनै बाधा अडचन नभए र यही गतिमा काम अगाडि बढिरहे निर्धारित तीन वर्षभित्रमा सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म करिब ८७ किलोमिटर निर्माणकार्य सम्पन्न हुने बताउनु
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A