८ असार, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार, अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू — फोर्दो, नतांज र इस्फहान — मा हवाई हमला गरेको पुष्टि गरेपछि सम्पूर्ण मध्यपूर्व क्षेत्रमा तनाव चुलिएको छ। अमेरिका–ईरान–इजरायलबीचको यस टकरावले अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा सन्तुलनमा गम्भीर असर पार्न सक्ने चिन्ता विश्वभर छाइरहेको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् भनेका छन्, "फोर्दो केन्द्रमाथि बमको एक भारी खेप खसालिएको छ र सबै अमेरिकी लडाकु विमानहरू सुरक्षितरूपमा फर्किएका छन्।" यो अमेरिकी हमलापछि इरानले तीव्र प्रतिक्रिया दिँदै यसलाई "संयु
फिरोज सिद्दिकी ७ असार, लहान । जनता समाजवादी पार्टी (जसपा) नेपाल लहान नगर समितिले लहान नगरपालिकाको १६ औं नगरसभा बिना आवश्यक कानुनी प्रक्रिया सम्पन्न गरेको भन्दै कडा विरोध जनाएको छ। शनिबार जारी एक प्रेस विज्ञप्तिमा जसपा नेपालले नगरसभाको तयारीमा आवश्यक प्रक्रिया नअपनाइएको, उप-प्रमुखलाई अधिकारबाट वञ्चित गरिएको र पार्टीभित्रैका केही नेताले गलत प्रवृत्ति अपनाएको भन्दै गम्भीर आपत्ति जनाएको हो। नगर उप-प्रमुख राम चलितर महतो जसपा नेपालबाट निर्वाचित प्रतिनिधि हुन्। पार्टीका अनुसार, संविधान र स्थानीय ऐनले उप-प्रमुखलाई दिएको अधिकारको सम्मान नगरी नगरसभा आयोजना गर्नु गैरकानुनी कार्य हो। विज
फिरोज सिद्दिकी ७ असार, लहान । लहान नगरपालिकाको १६औं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई प्रमुख विपक्षी दल नेकपा (एमाले) र सत्तारूढ गठबन्धनकै घटक नेकपा (माओवादी केन्द्र) ले कडा आलोचना गरेका छन्। उनीहरूले प्रस्तुत नीति तथा कार्यक्रमलाई 'कुशासनको निरन्तरता बोकेको कर्मकाण्डी दस्तावेज' को संज्ञा दिँदै त्यसको घोर विरोध गरेका हुन्। नेकपा (एमाले) लहान नगर कमिटीका अध्यक्षद्वारा सार्वजनिक गरिएको वक्तव्यमा भनिएको छ, '१६औं नगरसभा २०८१ सम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र सेवा प्रवाह क्षेत्रमा देखिएका जनअविश्वास र नीतिगत समस्या तथा चुनौतीहरू समाधान गर्ने दिशामा कु
६ असार, सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१८ स्थित हुलाकी सडक खण्डमा शुक्रबार बेलुका मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश २–०१–००३ प. ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकल ठोक्किँदा मोटरसाइकल चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मृत्यु हुनेमा कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र सिरहा नगरपालिका–२ का २५ वर्षीय कुसे राय रहेका छन्। तीनै जनाको शव पोष्टमार्टमका लागि प्र
एजेन्सी ५ असर । ईरान र इजरायलबीच जारी युद्धले विश्वव्यापी तनाव बढाइरहेका बेला उत्तर कोरियाले इजरायललाई कडा शब्दमा आलोचना गरेको छ। उत्तर कोरियाले इजरायललाई 'मध्यपूर्वको शान्तिका लागि क्यान्सर' भन्दै उसको आक्रामक कार्यशैलीले विश्व शान्ति र सुरक्षामा खतरा उत्पन्न गराएको आरोप लगाएको हो। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका प्रवक्ताले इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणहरूलाई मानवताविरुद्धको अपराध भन्दै कडा निन्दा गरेका छन्। कोरियाली सरकारी समाचार एजेन्सी KCNA का अनुसार बिहीबार उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै इजरायली सैन्य आक्रमणबाट इरानी नागरिक, ऊर्जा र
३ असार, लहान । सिरहा प्रहरीले काठसहितका दुई वटा मिनि टिफर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाले सोमबार राति करिब १० बजे मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७, फुलबरियाबाट ती गाडीहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा कटारीतर्फबाट मिर्चैयातर्फ काठ ल्याइँदै गरेको थाहा पाएपछि सवारी जाँचका क्रममा म.प्र.०३–००१ च.७१४४ र अर्को एउटा मिनि टिफर गाडी नियन्त्रणमा लिइएको हो। गाडीका चालकहरूलाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर सन्तोष कुमार बुढाथोकीले जानकारी दिनुभयो। प्रहरीले काठ वन कार्यालयलाई बुझाउन
२ असार, लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहान, सिरहा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाऔं महाअभियानले साना उद्यमी, श्रमजीवी, किसान र विपन्न वर्गको हितका लागि ९ बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। लहानमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक तथा सरकारको मौजुदा आर्थिक नीतिलाई जनविरोधी र पूँजीपति–मुखी भन्दै कडा आलोचना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “मुलुकको आर्थिक विकासले गति लिन नसक्नुमा वित्तीय माफियाको चलखेल, बैंक तथा वित्तीय संस्थाको मनोमानी ब्याजदर, अराजक ऋण नीतिहरू जिम्मेवार छन्।”
१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार मधेश प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्। बजेटमध्ये १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ चालू खर्चतर्फ र ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। यो वर्षको बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको देखिन्छ। स्रोत व्यवस्थापन यथापि चुनौतीपूर्ण बजेटका लागि ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ आन्तरिक राजस्वबाट उठाउने लक्ष्य राखिएको छ। संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदानमार्फत
फिरोज सिद्दिकी १ असार, लहान । लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतोले नगरपालिकामा भइरहेको अनियमितता, गैरजिम्मेवार गतिविधि र आफूलाई गरिएको गलत व्यवहारको विषयमा प्रमुख प्रशासकीय अधिकृत जयकान्त झासँग लिखित जवाफ माग गरेका छन्। उप-प्रमुख महतोले पालिकाभित्र योजना छनोटदेखि बजेट विनियोजन, कार्यान्वयन प्रक्रियामा पारदर्शिता नहुनु, उप–प्रमुखको भूमिकालाई योजनाबद्ध रूपमा पन्छाउने प्रयास तथा पालिकाको आधिकारिक बैठक र निर्णयहरूमा समेत उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। उनले भने- संघीय लोकतान्त्रिक संरचनाअनुसार उप–प्रमुखको भूमिकालाई कानुनी रूपमा सुनिश्चित गरिएको भए पनि कार
जनकपुरधाम, जेठ ३० । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमितिको तेस्रो बैठक शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ। करिब पाँच घण्टा लामो छलफलपछि सम्पन्न भएको बैठकमा उपाध्यक्ष अम्बिका दाहालसहित कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। बैठकले पत्रकारिता क्षेत्रको समग्र हितका लागि १३ महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। बैठकले महासंघको प्रदेश कार्यालय भवन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै सञ्चार क्षेत्रको विकाससँगै भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिएको जनाएको छ। साथै, आमसञ्चार प्राधिकरणमार्फत पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई प्रदान गरिने विज्ञापन रकममा
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A