समाचार

    Showing १२१-१३० of १,२६८ items.
  • जसपाका प्रदेश सांसद सरोज सिंह कुशवाहा अख्तियारको फन्दामा

    काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले उनलाई राजधानी काठमाडौंको अनामनगरबाट पक्राउ गरेका हुन्। कुशवाहा महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहिसकेका छन्। यसअघि अख्तियारले १२ जेठमा कुशवाहाको घरमा छापा मारेको थियो। छापाको क्रममा अख्तियारले विभिन्न योजना सम्बन्धी कागजातहरू बरामद गरेको थियो भने उनका मोबाइलहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो। त्यसै दिन

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ५४३ पटक पढिएको
    • समृद्धिपथ
  • एयर इन्डियाको लन्डनका लागि उडेको विमान अहमदावादमा दुर्घटना

    एजेन्सी  अहमदावाद, भारत । बिहीबार अपराह्न भारतीय राष्ट्रिय ध्वजावाहक कम्पनी एयर इन्डियाको लन्डन ग्याटविकका लागि उडेको विमान (उडान संख्या AI171) टेकअफ गरेको केही क्षणमै दुर्घटनामा परेको छ। विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न १:३८ बजे उडेको यो बोइङ ७८७–८ ‘ड्रिमलाइनर’ विमानले उडानपछि केही सेकेन्डमै “Mayday” संकेत गरेको थियो। त्यहीबेला विमान रडारबाट हराएको थियो। केही समयपछि विमान अहमदावादको मेघानीनगरस्थित आवासीय क्षेत्रमा ठोक्किएको पुष्टि भएको हो। दुर्घटनामा मानवीय क्ष

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ४८२ पटक पढिएको
    • समृद्धिपथ
  • सुनचाँदीमा लगाइएको विलासिता कर खारेजको माग गर्दै लहानका व्यवसायीहरू आन्दोलित

    फिरोज सिद्दिकी लहान, जेठ २९ गते । सरकारद्वारा सुनचाँदी गहनामा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै लहानका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा विहीबार लहानमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएका हुन्। व्यवसायीहरूका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी गहनामा गरिएको कर वृद्धि व्यवसायमै संकट निम्त्याउने खालको रहेको छ। सरकारको निर्णयविरुद्ध आज र भोलि देशभरका सम्पूर्ण सुनचाँदी पसल बन्द रहने संघले जनाएको छ। लहान सुनचाँदी व्यवसायी संघ लहानका अध्यक्ष नन्दकिशोर गुप्तासहित प्रतिनिधिमण्डलले इ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ७२१ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा, नगरप्रमुख चौधरीद्वारा शुभारम्भ

    फिरोज सिद्दिकी लाहान, जेठ १५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लाहान-३ स्थित अस्पताल चोकमा नवनिर्मित ‘फेमिली डेन्टल क्लिनिक’को उद्घाटन गरेका छन्। बिहीबार एक विशेष समारोहबीच नगरप्रमुख चौधरीले रिबन काटेर क्लिनिकको औपचारिक शुभारम्भ गरेका हुन्। स्वस्थ दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना र पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको उक्त क्लिनिकले आधुनिक प्रविधियुक्त उपकरणमार्फत सेवा प्रदान गर्ने जनाएको छ।  क्लिनिकका सञ्चालक डाक्टर मो. अफरोजले आधुनिक उपकरण तथा प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा दिने उद्देश्यसहित क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुस

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • ७९९ पटक पढिएको
    • समृद्धिपथ
  • भगवानपुर–२ गमहरियामा स्वास्थ्य चौकी भवनको शिलान्यास

    सिराहा । सिरहाको भगवानपुर गाउँपालिका–२, गमहरियामा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले उक्त भवनको शिलान्यास गरेको हो। शिलान्यास समारोहमा बोल्दै अध्यक्ष यादवले हरेक नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकीको निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिए। ‘गाउँवासीलाई आधारभूत स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष यादवले भने, ‘स्वास्थ्य पहुँच नागरिकको मौलिक अधिकार हो, यसलाई सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध छ।’गाउँपालिका स्रोतका अनुसार

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ५३६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न : स्व. कृष्ण सेन ‘इच्छुक’प्रति श्रद्धाञ्जली अर्पण

    लहान, जेठ १३ । प्रेस सेन्टर नेपाल सिरहा शाखाको आयोजनामा मंगलबार लहानमा दीप प्रज्वलन कार्यक्रम गरी प्रगतिशील पत्रकार, लेखक तथा साहित्यकार स्वर्गीय कृष्ण सेन 'इच्छुक'को २३औँ स्मृति दिवस मनाइएका छन्। कार्यक्रममा बोल्ने वक्ताहरूले निरङ्कुशता र स्वेच्छाचारिताविरुद्ध निरन्तर कलम चलाउनु नै स्व. इच्छुकप्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गरेका हुन्। प्रेस सेन्टर नेपाल मधेश प्रदेशका महासचिव जिवछ यादव ‘उदासी’ले पत्रकारिताको क्षेत्रमा बढ्दो जटिलता र चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र, गणतन्त्र र संघीयताको संरक्षणका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताए। उनले भने, “सा

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ४८८ पटक पढिएको
    • समृद्धिपथ
  • बटसावित्री पर्व लहानसहित देशभर श्रद्धापूर्वक मनाइयो

    फिरोज सिद्दीकी सिरहा । महिलाको आस्था, प्रेम र आत्मबलको प्रतीक बटसावित्री (बरसाइत) पर्व सोमबार सिरहाको लहानसहित देशभर श्रद्धाभावपूर्वक मनाइएका छन्। विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुखमय जीवनको कामना गर्दै धार्मिक विधिअनुसार पूजा–अर्चना गरेर मनाएका हुन्। हिन्दू धर्मावलम्बी महिलाहरू विशेषगरी बरको रूखमुनि विधिपूर्वक पूजापाठ गरी सावित्री–सत्यवानको कथाको स्मरण गर्छन्। यो पर्वले आत्मसमर्पण, निष्ठा र सांस्कृतिक आस्थालाई उजागर गर्छ। लहानदेखि ग्रामीण क्षेत्रसम्म बिहानैदेखि महिलाहरू नुहाएर नयाँ पहिरनमा सजिएर बरको रूखमुनि भेला भएका थिए। उनीहरूले बाँसको डालोमा सात प्रकारका फलफूल (ज

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ५६९ पटक पढिएको
    • समृद्धिपथ
  • विद्यालय सम्बन्धी विवादमा समाचार प्रकाशनप्रति नेपाल थारु संघ सिरहाको प्रेस विज्ञप्ति

    लहान । नेपाल थारु संघ, जिल्ला कार्य समिति सिरहाले लहान–१ मा रहेको पशुपति आदर्श मावि सम्बन्धी समाचारप्रति गम्भीर आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ। संघका अध्यक्ष अजय कुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास, महोत्तरीको पत्र अनुसार विद्यालयमा नौ वर्षअघि पसल भाडा संकलनमा भ्रष्टाचार भएको उजुरीबारे अनुसन्धान गर्न लहान नगरपालिकालाई जानकारी दिइएको थियो। सो अनुरूप नगरपालिकाले विद्यालयसँग राय माग्दा विद्यालयले आवश्यक कागजातसहित जवाफ दिएको र सो प्रकरणमा सिरहा जिल्ला अदालतबाट वादीका अभिलेख प्रमाण नपुगेको भनी मि

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ४८३ पटक पढिएको
    • समृद्धिपथ
  • ३१ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

    सिरहा, २०८२ जेठ ६ गते । सिराहा प्रहरीले एक पशुपालन तथा कृषि फार्मबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले शंकास्पद गतिविधिको सूचनाका आधारमा नरहा गाउँपालिका–१ स्थित फार्ममा छापा मार्दा सो फार्मबाट ३१ किलो ८२० ग्राम गाँजा बरामद भएको हो। प्रहरीका अनुसार, गत आईतबार राति साढे ११ बजे शिद्धीक्षा पशुपालन तथा कृषी फर्ममा गाँजा बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा टोली खटिएको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा फार्ममा खानतलासी गर्दा दुई वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा फे

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ५६१ पटक पढिएको
    • समृद्धिपथ
  • तालाबन्दीले ठप्प मिथिला नगरपालिका: जनसेवा बन्द, आन्तरिक कलहले उग्र रूप लिँदै

    धनुषा, जेठ ५ गते । । मिथिला नगरपालिकामा पाँच दिनदेखि जारी तालाबन्दीले स्थानीय जनजीवन प्रभावित बनेको छ। नगरपालिकाको कार्यालयमा दैनिक सेवा लिन आउने नागरिकहरू रित्तै फर्कन बाध्य छन्, कारण हो स्थानीय सरकारको आन्तरिक विवाद। मेयर महेन्द्र महतो र उप–मेयर सुनिता सिंह बुढाथोकीबीचको लामो समयदेखिको तनाव अन्ततः कार्यालय बन्द गर्ने स्थिति सम्म पुगेको छ। योजनामा सहभागिताका विषयमा उत्पन्न विवादले प्रशासनिक कार्य पूर्णरूपमा ठप्प बनाएको छ। तालाबन्दीका कारण नगरपालिकाबाट दिइने सामान्य सेवा जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता प्रक्रिया, विकास आयोजनाका अनुगमन र कार्यान्वयन सबै स्थगित छन

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ५७४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A