लहान, असोज २३ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले सिरहा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमाले तथा जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवारको रुपमा श्रेष्ठ मनोनयन दर्ता गराएका हुन् । त्यसैगरी प्रदेश तर्फभने ‘क’ मा जनता समाजवादीका नेतृ रेनु यादव र ‘ख’ बाट जसपा परित्याग गरी आजै एमाले प्रवेश गरेका मनोज सिंहले उम्मेदवारी दिएका छन्। २०७४ को निर्वाचनमा पनि श्रेष्ठ सिरहा ३ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थिया
सिरहा, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् भने राजेन्द्र महतोे सर्लाही २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् । अध्यक्ष ठाकुर र महतोले पाँच दलीय गठबन्धनको साँझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्ष ठाकुसँगै प्रदेशसभा सदस्यका लागि ३ को (क) मा अभिराम शर्मा र (ख) मा रानी शर्मा तिवारीले पनि मनोनयन दर्ता गराएका हुन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सर्लाही
काठमाडौं, २३ असोज । नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराउनु भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । एमालेले टिकट दिए पनि उहाँले रौतहट ३ बाट बागी उम्मेदवारी दिनुभएको हो । उहाँले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाउनु भएको छ ।
फिरोज सिद्दिकी, लहान । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश कमिटि सदस्य रीता देवी यादवले सो पार्टी परित्याग गरेकी छिन् । शुक्रबार लहानमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी आपूmले पार्टी परित्याग गरेको जानकारी गराएकी हुन् । जनता समाजवादी पार्टीले नेता कार्यकर्ता र आम जनताको पक्षमा काम नगरी गठबन्धनको पिछलगु बनेर सिद्धान्त, विचार र व्यवहारमा तारतम्य सन्तुलन नरहेकोले जसपा परित्याग गरेको प्रेस विज्ञप्ती मार्फत जनकारी गराएकी छिन् ।
जीवछ उदासी लहान, असोज १४ गते । नेकपा एमाले सिरहा-१ बाट प्रतिनिधि सभाको लागि एकल सिफारिस उम्मेदबार राम शङकर यादवले विकास र निकासको लागि एमाले रोज्न आग्रह गर्नु भएको छ । शुक्रबार लहान वडा नम्बर २० र २१ मा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । यस क्षेत्रमा नेपाली काँग्रेस पटक-पटक निर्वाचित भएर केहि गर्न सकेन । एमाले बाहेक अरु दलले देश र जनताको हित गर्न सक्दैन । विकास समृद्धि र राष्ट्रियताको लागि नेकपा एमाले नै एक भरपर्दो पार्टी भएकोले मंसिर ४ गते नेकपा एमालेको उम्मेदबारहरुलाई बिजय गराउन आग्रह गर्नुभयो । नेता यादवले भन्नुभय
एलिना हिङ्गमाङ्ग चौधरी, लहान । सिरहा नगरपालिका वार्ड नं ७ हेमनारायण चौक स्थित संचालनमा रहेको श्रवण किराना पसलमा म्याद गुज्रिएको दालमोट बिक्री भएको ग्राहकवाट गुनासो आएकोछ । सोही स्थानमा बस्दै आएका अजित शर्माले सो किराना पसलवाट खरिद गरेको दालमोठको प्याकेट फटाउदा खानेबेलामा अर्कै स्वाद लागेपछि प्याकेटमा हेर्दा म्याद सकिएको रहस्य खुलेको हो । महावीर फुड्स प्रोड्क्ट चोहर्वा सिरहाद्धारा उत्पादन गरेको शुभाषिश ब्राण्डको दालमोट शर्माले खरिदगरी ल्याएका थिए । उनले भने ‘जहिले पनि थोकमै दालमोट किन्दै आएको छु । अहिले पनि ४ प्याकेट खरिद गरी ल्याएको र साँझमा नास्ता खाने बेलामा प्याकेट फुटाएर खाँदा अर्
जीबछ उदासी लहान भदौ ३० गते । नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गरी दस हजार बिभिन्न तहका नेता कार्यकर्ता भित्रयाउन ३१ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली भदौ ३१ गते गोलबजार नगरपालिका -८ श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको नेकपा एमाले सिरहाले जनाएको छ । बुधवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा नेकपा जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले एक विज्ञप्ति जारी गरी सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभयो । सिरहाका १७ वटै पालिकाहरुबाट पचास हजार जनता
जीबछ उदासी लहान,भदौ २६ गते । नेकपा एमालेको पोलिटव्यरो सदस्य तथा मधेस प्रदेशको सह इन्चार्ज लिलानाथ श्रेष्ठले मंसिर ४ गतेको चुनाव राष्ट्रवादी र समृद्धिको पक्षधरले जित्ने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला निर्वाचन कमिटिको लहान नगरपालिका सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसतो बताउनु भएको हो । राष्ट्रवादको पक्षमा नेकपा एमाले सधैं चटानी अडान लिइएको छ भने राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली काँग्रेसको अगुवाई अहिलेको पाँच दल लागिपरेकोले जनताले नेकपा एमालेको उम्मेदबारहरुलाई जितउने विश्वास व्यक्त गर्नुभयो । नेकपा एमालेबाट प्रधानमन्त्री बन्नु भएको मनमोहन अधिकारी र केपी शर्मा
जीबछ उदासी लहान, भदौ २० गते । आगामी संसिर ४ गते हुने चुनावको लागि संघीय सांसदको लागि नेकपा एमालेले सिरहा ( १ बाट रामशङ्कर यादव र सिरहा ( ३बाट लिलानाथ श्रेष्ठ एकल उम्मेदबारीको रुपमा सिफारिस हुनु भएका छन् । भदौ १९ गते सिरहा (१ निर्वाचन समन्वय समितिको भगवानपुरमा बसेको बैठकले राम शङ्कर यादवको एकल नाम सिफारिस भएको थियो । गङ्गा प्रसाद यादवले त्याग देखाएपछि रामशङ्कर यादव सर्वसम्मत रुपमा सिफारिस हुनु भएको थियो । सिरहा (३ को क्षेत्रीय सम्वन्वय समितिको भदौ २० गते बसेको बैठकले पुर्व कानुन मन्त्री समेत रहनु भएको लिलानाथ श्रेष्ठको एकल नाम सिफारिस भएको
जीबछ उदासी लहान,भदौ १९ गते । नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले गठबन्धनलाई परास्त गर्ने उम्मेदबार उठाउने बताउनु भएको छ । सिरहा -१ नम्बर क्षेत्रको निर्वाचन समन्वय समितिको भगवानपुरमा आयोजित उम्मेदबार सिफारिस बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभयो । नेकपा एमालेले अर्थ,संगठन र व्यक्तित्वलाई ध्यानमा राखेर गठबन्धनलाई परास्त गर्ने उम्मेदबार सिरहा- १ को संघीय (क) र (ख) मा पनि सर्वसम्मतबाट उम्मेदबार चयन गरेर शुभ संकेत (बोहनी) गर्न सबैमा आग्रह गर्दै चुनाव हार्ने छुट नरहेको प्रष्टयाउनुभयो । नेता श्रेष्ठले भन्नुभयो,'ने
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A