जीवछ उदासी लहान, भदौ २४ गते हिजो काठमाण्डौ केन्द्रित आन्दोलनमा उत्रिएका जिएनजी पुस्ताको आन्दोलन खबरदारीको रुपमा हुने सर्वत्र अनुमान थियो । लोकतन्त्रमा शान्तिपुर्ण प्रदर्शन गर्न पाइन्छ । गर्नपनि दिइनुपर्छ । शान्तिपूर्ण प्रदर्शन संसद भवनतर्फ अघि बढ्दै जाँदा सुरक्षाकर्मील चलाइयो गोली । दुई दर्जनभन्दा बढी युवाहरुको ज्यान गयो । सयौ घाइते भए । सोमबार राती देशवासीले सुत्नै पाएन । होनहार युवा विधार्थीहरु जसले जीवनका सुन्दर सपना बोकेका थिए तिनिहरुलाई सरकारको आदेशमा कसरी प्रहरी निर्मम भएर ठोके गोली, निरकुंश भए सरकारको नेतृ्रत्व गरेका प्रधानमन्त्री ओली । सोमबार शोकमा डुबेका राजधानी काठमाण्डौंको आन्दोलनम
फिरोज सिद्दिकी लहान (सिरहा) । सरकारले ल्याएको भूमि विधेयक गरिब, दलित र भूमिहीनहरूको हितविपरीत रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाले कडा आपत्ति जनाउँदै आइतबार लहानमा बृहत् विरोध प्रदर्शन तथा कोणसभा गरेको छ। लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्याली विभिन्न नाराबाजी गर्दै बजार परिक्रमा गरी सहिद पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रम क्षेत्र नं.–१ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादवको अध्यक्षता रहेको थियो। वक्ताहरूले भूमि विधेयक लागू भएमा चुरे क्षेत्रको विनाश, वन संहार, पानीको हाहाकार र मधेशमा खडेरी जस्ता गम्भीर समस्या निम
लहान । जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा, लहानका अध्यक्ष विकास शारडा सातजना माफिया व्यापारीको एजेन्ट, सानो व्यापारी वर्गको शत्रु र अविवेकी तथा गैरजिम्मेवार नेता रहेको आरोप लागेका छन्। महासचिव श्याम गुप्ताले आज पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन्। गुप्ताका अनुसार अध्यक्ष शारडा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा होइन, ठूला व्यापारी र माफियाहरूको स्वार्थ पुरा गर्न मात्र केन्द्रित छन्। उनी झुठो बोल्ने, सूचना च्यात्ने र चोर शैलीमा निर्णय गर्ने कार्यमा संलग्न छन्। महासचिव गुप्ताले अध्यक्ष शारडाको कार्यशैलीलाई अविवेकी, गैरजिम्मेवार र चोर शैलीको करार दिँदै २०८२ साल साउन ३० गते जारी नवीकरण सम्बन
फिरोज सिद्दिकी सिरहा, साउन १४ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाभित्र इलाका प्रहरी कार्यालयको ५०० मिटर वरिपरिको क्षेत्रमा एक साताको अवधिमा हत्या, हिंसा, आगजनी, लुटपाट लगायतका आधा दर्जन जति आपराधिक घटनाहरू भएपछि स्थानीयबासी त्रसित बनेका छन् । यस्तै घटनाहरू प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिरहाले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएका हुन्। एमाले जिल्ला कमिटीका अनुसार पछिल्लो समय धनगढीमाई क्षेत्रमा घटेका यस्ता जघन्य घटनाहरूले कानून–व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता घटनाहरू अत्यन्तै दुःखद, निन्दनीय र
समृद्धिपथ दैनिक लहान, श्रवण ५ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विभिन्न शिर्षकमा भएको अनियमितता र मनपरी खर्चको विरोधमा नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीसहित पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरूले आइतवार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले सूचनाको हक अन्तर्गत विभिन्न योजना, गतिविधि, गाडी भाडा, संचालन खर्च लगायतमा व्यापक दुरुपयोग भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक सिंहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। नेता तथा कार्यकर्ताहरूले गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरको ध्यानाकर्षण गराउँदै किसानहरूको ट्रान्सफर्मर जडान तथा खानेपानीको समस
काठमाडौं, असार १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैदेखि आफूले पाउँदै आएको राज्यको तर्फबाटको सेवा-सुविधा परित्याग गरेकी छिन्। नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने घोषणा गरेलगत्तै भण्डारीले यो कदम चालेकी हुन्। भण्डारीको सचिवालयबाट गृहमन्त्रालयमा पठाइएको सेवा परित्यागसम्बन्धी पत्र बुधबार दर्ता भएको छ। मन्त्रालयका अनुसार उक्त पत्र सम्बन्धित शाखामा पठाइसकिएको छ। पूर्वराष्ट्रपतिका रूपमा सरकारले उपलब्ध गराउँदै आएको सेवा-सुविधा त्याग्ने भण्डारी सम्भवतः पहिलो नेतृ हुन्। यसअघि प्रधानमन्त्री वा सभामुख बनेका नेताहरू पार्टी राजनीतिमा फर्किँदा पनि राज्य सुविधामा यथावत् बसेका उदाहरण छन्।
फिरोज सिद्दिकी १० असार, गोलबजार । गोलबजार नगरपालिकाको १३औं नगर अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख श्याम कुमार श्रेष्ठले बजेटले उत्पादनमुखी कृषि प्रणाली, सर्वसुलभ सेवा र समावेशी पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्। नगरप्रमुख श्रेष्ठले भने, "यस वर्षको बजेट वातावरणमैत्री विकास, प्रविधिमैत्री योजनाहरू, लघु तथा घरेलु उद्योगको प्रवर्द्धन र स्थानीय सीपमा आधारित रोजगारी सिर्जनातर्फ लक्षित छ। हामी कृषि, शिक्षा र स्वास्थ्यलाई समृद्धिको मूल आधारका रूपमा अघि बढाउँदैछौं।" उनले सामाजिक न्याय,
फिरोज जिद्दीकी १० असार, सिराहा । प्रतिनिधि सभा सदस्य, नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले शिक्षामा भरपुर लगानी बिना दिगो विकास सम्भव नरहेको बताएका छन्। गोलबजार नगरपालिकाको १३औं नगरसभा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार नआएसम्म विकासले उचित गति लिन नसक्ने स्पष्ट पारेका हुन्। श्रेष्ठले विकासलाई केवल सडक, भवन र भौतिक संरचना निर्माणसँग मात्र नजोड्न आग्रह गर्दै भने, "साँचो विकास त तब हुन्छ जब शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समान रूपमा लगानी हुन्छ।" उनले प्रदेशको शैक्षिक अवस्था कमजोर रहेको उल्लेख गर्दै कम्ती
फिरोज सिद्दिकी १० असर, सिराहा । गोलबजार नगरपालिकाको १३औं नगरसभामा आर्थिक वर्ष २०८२/०८३ को लागि कुल ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। नगर उपप्रमुख मान्ती साहद्वारा प्रस्तुत बजेट वक्तव्यमा समावेशी विकास, राजस्व वृद्धि र स्रोत परिचालनमा जोड दिइएको हो। नगरसभामा प्रस्तुत बजेट अनुसार चालू खर्चतर्फ १९ करोड ८४ लाख ८७ हजार, पुँजीगत खर्चतर्फ २८ करोड ४० लाख २ हजार र वित्तीय हस्तान्तरणतर्फ ३३ करोड ६५ लाख विनियोजन गरिएको छ। कुल बजेटमध्ये ११ करोड ८९ लाख ४७ हजार रुपैयाँ घाटा रहेको स्पष्ट गरिएको छ, जसको व्यवस्थापन पश्चात कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
८ असार, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार, अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू — फोर्दो, नतांज र इस्फहान — मा हवाई हमला गरेको पुष्टि गरेपछि सम्पूर्ण मध्यपूर्व क्षेत्रमा तनाव चुलिएको छ। अमेरिका–ईरान–इजरायलबीचको यस टकरावले अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा सन्तुलनमा गम्भीर असर पार्न सक्ने चिन्ता विश्वभर छाइरहेको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् भनेका छन्, "फोर्दो केन्द्रमाथि बमको एक भारी खेप खसालिएको छ र सबै अमेरिकी लडाकु विमानहरू सुरक्षितरूपमा फर्किएका छन्।" यो अमेरिकी हमलापछि इरानले तीव्र प्रतिक्रिया दिँदै यसलाई "संयु
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A