राजनीति

    Showing २१-३० of ४९१ items.
  • लहानका व्यापारीद्वारा मेयरको कार्यशैलीप्रति सार्वजनिक आलोचना

    लहान । लहानका प्रतिष्ठित व्यापारी निरज गुप्ताले लहान नगरपालिकाका मेयरको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मेयर महेश प्रसाद चौधरीले लहानका आम नागरिकका वास्तविक समस्या बुझ्न नसकेको आरोप लगाएका हुन्। गुप्ताले आफ्नो फेसबुक स्टाटसमा लेख्दै मेयरले गरिरहेका गतिविधि जनहितभन्दा पनि आफ्नो भविष्यको भोटर बैंक लक्षित देखिएको टिप्पणी गरेका छन्। उनले लहान नगरपालिकामा दीर्घकालीन विकाससँग जोडिएका महत्वपूर्ण विषयहरू बेवास्ता गरिएको उल्लेख गरेका छन्। विशेषगरी टाउन प्लानिङ, गाउँ ब्लक तथा बाल बिटोरी जस्ता आवश्यक कामहरूमा नगर प्रमुखको ध्यान नपुगेको उनको आरोप छ। 'टाउन

    • प्रकाशित मितिः माघ १५, २०८२
    • ५६६ पटक पढिएको
    • समृद्धिपथ
  • बालेन्द्र साह र केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधि सभा उम्मेदवार बन्दै

    सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन झापा क्षेत्र नम्बर ५ पुगेका छन्। उनका अनुसार मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता हुने कार्यक्रम तय गरिएको हो। सोही क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन्। सचिवालयको जानकारी अनुसार ओलीले मंगलबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेका छन्। ओली सोमबार नै झापा पुगेका थिए भने बालेनले जनकपुरमा रहेका कार्यक्रममा सहभागी भइ सकेर मंगलबार मात्र झापा पुगेका हुन्। बालेनले सामाजिक सञ्जालमार्फत पनि आफू झापा–५ पुगेको जानकारी

    • प्रकाशित मितिः माघ ६, २०८२
    • ४०८ पटक पढिएको
    • समृद्धिपथ
  • बालेन्द्र साह र बब्लु गुप्ता लहानमा सहिद स्मारकमा माल्यार्पण कार्यक्रममा सहभागी

    लहान । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित सोमबार बिहान सिराहाको लहान आएका छन्। उनीहरूले लहान १ तरकारी बजारस्थित मधेश आन्दोलनका सहिद स्मारकमा मधेश आन्दोलनका सहिदहरूको सालिकमा माल्यार्पण गरेका हुन्। उपस्थित शुभचिन्तक र समर्थकले साहको स्वागत गर्दै ‘बालेन’ नारा लगाएका थिए। २०६३ साल माघ ५ गते लहानबाट सुरु भएको मधेश आन्दोलनमा विद्यार्थी रमेशकुमार महतो, बेचन यादव, विजय सहनी, प्रमोद सदाय र मोहम्मद अनिस अन्सारीले ज्यान उत्सर्ग गरेका थिए। सहादतको १९ वर्षपछि पनि सहिद परिवारप्रति स्थानीय सरकारको पर्याप्त चासो नदेखिएको सहिद

    • प्रकाशित मितिः माघ ६, २०८२
    • ४०१ पटक पढिएको
    • समृद्धिपथ
  • कुलमान घिसिङ काठमाडौं–३ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्। केन्द्रीय सदस्य महेन्द्र लावतीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा समर्थकसहित भेला भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरेका छन्। मन्त्री पदबाट राजीनामा दिएका घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया भाँडिएपछि आफ्नै दलमार्फत आगामी निर्वाचनमा भाग लिन लागेका हुन्। उज्यालो नेपाल पार्टीले काठमाडौं–३ सहित देशभर उम्मेदवार उठाउने तयारी अघि बढाएको जानकारी पनि पार्टीले दिएको छ। घिसिङको उम्

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ३१७ पटक पढिएको
    • समृद्धिपथ
  • स्वतन्त्र सांसद अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश

    जनकपुरधाम । स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाली कम्युनिस्ट पार्टी छाडेका नेता रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। जनकपुरधाममा आयोजित परिवर्तन उद्घोष सभामा उनीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको हो। जनकपुरधामस्थित तिरहुतियागाछीमा जारी ठूलो जनसभामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)लगायतका शीर्ष नेताहरूको उपस्थितिमा सिंह र अन्सारीले पार्टी प्रवेश गरेका हुन्। अन्सारी माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनले गत पुस २४ गते माओवादी केन्द्रका संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहा

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ३५९ पटक पढिएको
    • समृद्धिपथ
  • सुदन गुरुङ गोरखा–१ बाट प्रतिनिधिसभा उम्मेदवार, भोलि मनोनयन दर्ता गर्ने

    काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रने भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बनेका हुन्। गुरुङ भोलि मंगलबार बिहान गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको जनाएको छ। बिहान ९ बजे गोरखकाली मन्दिरमा विशेष पूजा–अर्चना गर्ने र त्यसपछि ११ बजे मनोनयन दर्ता गर्ने तयारी गरिएको छ। विगतदेखि सामाजिक सेवामा सक्रिय गुरुङलाई स्थानीयस्तरमा युवामैत्री नेतृत्वका रूपमा हेरिएको छ। उम्मेदवारी घोषणा संगै गोरखा–१ को चुनावी माहोल थप चहलपहल भएको छ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ३१९ पटक पढिएको
    • समृद्धिपथ
  • जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानको निर्वाचन विवाद टुंगियो, निर्वाचन पौष ७ गते हुने

    फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग वाणिज्य संघ, सिरहा–लहानको ३५ औँ वार्षिक साधारण सभा तथा निर्वाचनसँग सम्बन्धित विषयमा उत्पन्न असहमति टुंगिएको छ। आज बुधबार जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानमा दुवै पक्षबीच भएको छलफलपछि सहमतिका आधारमा निर्वाचन सम्बन्धी विवाद समाधान गरिएको हो। वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक रेमानीको संयोजकत्वमा सम्पन्न संयुक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, मधेस प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष

    • प्रकाशित मितिः पुस २, २०८२
    • ४४० पटक पढिएको
    • समृद्धिपथ
  • प्रत्यक्षतर्फ जसपा नेपालद्वारा सत्यनारायण यादवको एकल नाम सिफारिस

      जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क्षेत्र नम्बर १ बाट जनता समसवादी पार्टी नेपालले प्रत्यक्षतर्फ सत्य नारायण यादवको एकल नाम सिफारिस गरेको छ ।क्षेत्रीय कमिटिको बैठक लहान १ स्थित गोपाल सेवा समितिमा बसेको बैठकले उहाँको एकल नाम सिफारिस गरेको छ ।  यसैगरी समानुपातिकतर्फ पूर्व बिना विभागीय मन्त्री राजलाल यादव,खडग नारायण चौधरी,जितेन्द्र प्रकाश महतो,भोला प्रसाद चौधरी र ललिता यादवको नाम सिफारिस गरिएको छ ।  प्रत्यक्ष तर्फ सिफारिस हुनु भएको यादव मधेश आन्दोलनको समयमा नेकपा एमाले छाडेर तत्कालिन मधेशी जनअधिकार फोरम,पछि फोरम छाडेर नेकपा एकिकृत समाजवादी र केहि महिना अघि जनता सम

    • प्रकाशित मितिः पुस १, २०८२
    • ६६४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका साधारण व्यवसायीको आवाज बुलन्द गर्ने अभियानमा श्याम गुप्ता

    फिरोज सिद्दिकी  लहान । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानमा मौलाएको माफिया राज, कर आतंक र अपारदर्शी अभ्यासका कारण स्थानीय व्यापारीहरू समस्यामा परेको अध्यक्ष पदका उम्मेदवार श्याम गुप्ताले बताएका छन्। यही पौष ५ गते हुन गइरहेको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानको निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार गुप्ताले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन्। लहानको व्यापारिक वातावरण कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै गुप्ताले पुरानो राजनीति र भ्रष्टाचारको चक्रबाट संघलाई मुक्त गराउन व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। 'व्यक्तिगत स्वार्थभन्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • ५५९ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा (एमाले) लाहानद्वारा मोटरसाइकल र्याली सम्पन्न

    फिरोज सिद्दिकी लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमिटीको आयोजनामा आज लहानमा मोटरसाइकल र्याली सम्पन्न भएको छ। र्याली लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भई नगरका विभिन्न मार्ग हुँदै भोटियाटोल चोकमा पुगेर कोणसभामा परिणत भएको हो। र्यालीका सहभागीहरूले प्रतिगामी षड्यन्त्र मुर्दावाद, विघटित प्रतिनिधिसभा पुनःस्थापना गर, तोडफोड, लुटपाट तथा आगजनीमा संलग्न अपराधीलाई कारबाही गर तथा २३–२४ गतेका घटनाको निष्पक्ष छानबिन गर लगायतका नाराहरू लगाउँदै परिक्रमा गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का केन्द्रीय सदस्य गंगाप्रसाद यादवको उपस्थिति रहेको थियो। सो

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ६६२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A