जिवछ उदासी लहान । नेकपा एमालेको केन्द्रीय सदस्य प्रदेश २ का सह-इन्चार्ज तथा सिरहा -३ का सांसद लिलानाथ श्रेष्ठले प्रदेश -२ मा एमाले सशक्त हँदै गएको बताउनु भएको छ । प्रदेश-२ को समृद्धि र विकास एमाले बाहेक अर्को कुनै दलले गर्न नसक्ने प्रदेश-२ का जनताले बुझिसकेकोले आउने चुनावमा प्रदेश-२ को तीनै तहमा एमाले पहिलो दल हुने उहाँले दावी गर्नुभयो । हुलाकी सडक निर्माण, कोशी-कमला डाइभर्सन, राष्ट्रिय राजमार्गलाई चार लेन बनाउने, निजगढमा अन्तराष्ट्रिय स्तरको विमान स्थल, गाँउगाँउमा सडक सञ्जाल, कषि, शिक्षा, स्वास्थ्य, दलित गरीवहरुको वस्ती निर्माणको कार्य केपी ओली नेत
जिवछ उदासी सिरहामा नेकपा एमाले झन् बलियो हुँदै गएको नेकपा एमाले सिरहा इन्चार्ज गंगा प्रसाद यादवले बताउनु भएको छ । नेकपा एमालेबाट फुटेर गएका नेता कार्यकर्ताहरुलाई जनताले पत्याउन छाडेपछि कि त एमालेमा फर्केर आउनुपर्छ कि त राजनीतिबाट सन्यास लिनुपर्ने अवस्था आइसकेको उहाँले भन्दै फुटकोपछि लाग्नेहरुको कुनै भविष्य नरहेको बताउनुभयो । उहनँले थप्नुभयो,´सिरहा जिल्लाको नेता कार्यकर्ता कलम कापी रोज्दैन, सुर्य छाप छाडदैन । चुनावसम्ममा सबै घर फिर्ता हुने निश्चित छ । २०५६ सालमा एमालेबाट माले हुँदा सिरहा जिल्लामा तीन क्षेत्र जितेर ईतिहास कायम गरिसकेको छ । आउने स्थानीय प्रदेश र संघीय चुनावमा एमाले जर्वजस
जिवछ उदासी लहान । नेकपा एमाले जिल्ला कमिटिका सदस्य समेत रहनु भएको लहान-२१ का राजकुमार यादले चुनावमा हुने जीतहार भन्दा जन सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । गएको स्थानीय चुनावमा तीन दलले घेराबन्दी गर्दा झिनो मतले पराजित भएपनि जनताको पक्षमा काम गर्न पछि नपरेको उहाँले बताउनु भयो । गरीव किसान दलित मजदुरको पीडा र समस्यालाई आफ्नो समस्या बुझेर सधैं जनताको फिल्डमा रहेर कनम गरिरहेकोले आउने चुनावमा जति घेराबन्दी गरेपनि यस वडामा एमाले चुनाव जित्ने यादवले विश्वास व्यक्त गर्नुभयो ।
जिवछ उदासी लहान । नेपाली काँग्रेस सिरहाको वडा अधिवेशन कातिक २७ गते नै हुने निश्चत भएको नेपाली काँग्रेस सिरहाले जनाएको छ । समृद्धिपथ अनलाइनसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति रामचन्द्र यादवले बताउनु भएको हो । उहाँको अनुसार अब तिथि तलमाथि हुँदैन । तोकिएको कातिक २७ गते नै सिरहाका १७ वटै पालिकाको १६५ वटै वडामा वडा अधिवेशन हुन गइरहेको छ । यता नेकपा एमालेले केन्द्रीय महाधिवेशनको लागि २७ गते कातिक नै प्रतिनिधि चयन गर्न लागेको कार्यक्रम तय गिरएको नेकपा एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो । आउने स्थानीय निर्वाचनलाई ध्यानमा राखेर नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी
जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा–३ का ससांसद लिलानाथ श्रेष्ठले एमाले सिरहा जिल्लामा झन् शक्तिशाली रहेको मोटरसाइकल रयालीले प्रमाणित गरेको बताउनुभयो ।युथफोर्स नेपालको सिरहा जिल्ला भेलाको लागि आयोजना गरेको मोटरसाइकल रयालीपछिको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आइतबार लहानमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । सिरहाको इतिहास रहँदै आएको छ कहिले पनि फुटको पक्षमा नगएको नेता श्रेष्ठले भन्दै दशौ हजारको संख्यामा मोटरसाइकल रयाली युवाहरुले निकालेर नेकपा एमाले झन शक्तिशाली भएको प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेको पक्षमा देशैभरि लहर सृजना
जिवछ उदासी राष्ट्रिय युवा संघ नेपालको मातहत रहेको युथफोर्सको आयोजना हुने ऐतिहासिक र वृहत्त मोटरसाइकल रयालीमा ट्राफिक नियमको पालना गरी कातिक १४गते आइतबार प्रदेर्शन हुन लागेको राष्ट्रिय युवा संघ सिरहाले जनाएको छ ।कातिक १२ गते वेलुका पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका स्थायी कमिटि सदस्य तथा सिरहा इन्चार्ज बैजनाथ साहले सिरहा जिल्लाको इतिहासमा बृहत मोटरसाइकल प्रदेर्शन हुन लागेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘बन्दीपुर,सिरहा मिर्चैया गोलबजार धनगडीमाइ लहानलाई उप केन्द्र कायम गरी जिल्लाका१७ वटै पालिकाबाट ३५ सयभन्दा बढी मोटरसाइकल रयालीमो हु
जिवछ उदासी नेकपा एमाले सिरहा जिल्ला कमिटिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रदेश–२ का सह–इन्चार्ज लिलानाथ श्रेष्ठले आउने चुनावलाई ध्यानमा राखेर संगठन निर्माण र परिचालन गर्न निर्देशन दिनु भएको छ । मिर्चैयाको खुश्वु होटेलमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो । ‘काम गर्न नसक्नेले जिम्मेबारी लिएर हुन्दैन, अब झारा टार्ने प्रवृत्तिले पार्टी चल्दैन । योग्यता क्षमता र क्रियाशिलताको आधारमा पार्टीमा जिम्मेबारी दिइने छ । पार्टीका पुराना योगदान गरेका नेताहरुलाई पनि स्थान दिन कन्जुस्याइ हुँदैन’, नेता श्रेष्ठले प्रष्टयाउनुभयो । पर्टीलाई दुर्घटना गर्न सक्न
जिवछ उदासी लहान, नेकपा एमालेको प्रदेश २ को सह इन्चार्ज तथा पूर्व कानुन न्यनय तथा संसदीय व्यवस्था मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश २ को विकास नेकपा एमालेबाट मात्रै संभव रहेको बताउनु भएको छ ।नेकपा एमाले सखुवानन्कारकटि गाँउपालिकाको प्रथम अधिवेशनलाई खैरबोना चोकमा आयोजित खुल्ला सत्रलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । प्रदेश २ को विकासको लागि केपी ओली नेतृत्वको सरकारले जति काम गरेर देखाएको छ ,त्यति काम नेपालकै इतिहासमा कुनै प्रधानमन्त्रीले नगरेको उहाँले ठोकुवा गर्नुभयो ।मधेशको विकासको लागि लाइफलाइनको रुपमा रहेको हुलाकी सडक निर्माण,कोशी –कमला डाइभर्सन, जनता आवास कार्यक्रम, क
जिवछ उदासी नेकपा एमाले लहान नगरपालिको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले सर्वसम्मतिबाट राज कुमार साहको नेतृत्वमा ४३ सदस्यीय कमिटि गठन गरेको नेकपा एमाले लहानले जनाएको छ । ‘पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु मिलेर अघि बढौ, हाम्रो लहान समृद्ध लहान ’को नारा कार्यान्वयन गरौ भने मूल नाराकासाथ सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न भएको लहान नगर इन्चार्ज सरियार कुमारी चौधरीले बताउनु भएको छ । अध्यक्षमा राज कुमार साह, उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिवमा विरेन्द्र प्रसाद चौधरी,उपसचिवमा राम अधिन यादव र प्रथमलाल चौधरी चयन हुनु भएका छन् । सदस्यहरुमा ललित नारायण चौधरी,जित
जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले केपी ओलीको विरोध गरेर विभाजनको पछि लाग्नेहरुको पतन निश्चित रहेको बताउनु भएको छ ।लहान १३ र १४ नम्बरको वडा प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । केपी ओली महाधिवेशनबाट आएको अध्यक्ष भएकोले उहाँलाई महाधिवेशनबाटै हटाउने विधि र पद्धतिलाई मिचेर विभाजनको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । एमालेबाट विभाजन गरेर माले हुँदा एक स्थानमा पनि चुनाव नजितेको इतिहास साक्षी रहेको छ । मालेभन्दा पनि खराव अवस्था नेकपा एकिकृत समाजवादीको हुने नेता यादवले ठोकुवा गर्नुभयो । १५ वर्षसम्म निरन्तर पार्टीको महासचिव भएर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A