राजनीति

    Showing ६१-७० of ४६५ items.
  • कल्याणपुरमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ताहरू एमालेमा प्रवेश

    फिरोज सिद्दिकी  कल्याणपुर । कल्याणपुर नगरपालिका वडा नम्बर ८ तथा वडा नम्बर ३ बाट विभिन्न राजनीतिक दल परित्याग गरी सयौं कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्। जसपाका वडा कमिटी अध्यक्ष लक्ष्मी प्रसाद सिंह सहित नेपाली कांग्रेस, जनमत पार्टी, जसपा नेपालका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्।   नवप्रवेशीहरूलाई नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले अबिर र माला लगाएर स्वागत गर्नुभयो। कार्यक्रममा इन्चार्ज श्रेष्ठले नवप्रवेशीहरूलाई शुभकामना दिँदै एमालेको संगठनलाई बलियो बनाउन एकजुट भएर लाग्न आग्रह गर्नुभयो।   कल्याणपु

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ७०४ पटक पढिएको
    • समृद्धिपथ
  • क्रन्तिकारी कम्युनिष्टहरु धुर्विकरण भइरहेको छ : नेकपा माओवादी महासचिव गुरुङ्ग

    जीवछ उदासी   नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले क्रान्तिकारी कम्युनिष्टहरुको बीचमा हार्दिकता र एकता प्रगाढ भइरहेको बताउनु भएको छ ।   जनतासँग माओवादी तराई-मधेश हुलाकी अभियानमा रहेको नेकपा माओवादीको सिङगो पदाधिकारीहरु आएकोबेला महासचिव गुरुङग मोरङ्गको एक कार्यक्रमका सहभागी हुन जाने क्रममा लहानमा आयोजित प्रेस सेन्टरको पत्रकारहरुसँग को भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।   नेकपा एमालेभित्र क्रान्तिकारी नेताहरुको बीचमा एकता हुने प्रवल संभावनालाई नकार्न मिल्दैन तर वर्तमान केपी ओलीको नेतृत्वसँग एकता हुने संभावना न्युन रहेको महासचिव गुरुङगले भन्दै हुलाकी

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ४२४ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल बुद्धिजीवी परिषद् सिरहाको सातौं जिल्ला अधिवेशन सम्पन्न, भैरव गेलाल पुनः अध्यक्ष चयन

    फिरोज सिद्दिकी  सिराहा । नेपाल बुद्धिजीवी परिषद् सिरहाको सातौं जिल्ला अधिवेशन शनिबार सिराहाको लाहानमा सम्पन्न भएको छ। अधिवेशनले भैरव गेलाललाई पुनः सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो।   नवगठित कार्यसमितिमा उपाध्यक्षमा रामबाबु यादव, सचिवमा भानुभक्त गौतम, सह-सचिवमा प्रेम लामा र हेमशंकर यादव तथा कोषाध्यक्षमा ध्यानी मण्डल चयन भएका छन्। यस्तै, सदस्यहरूमा यमुना खनाल, रामकुमार साह, राम बिलक्षण सिंह, धीरज कुमार साह, सूर्यनारायण यादव, सुशीला महतो, राजन प्रसाद लुइटेल, बाबुलाल मण्डललगायतका रहेका छन्।   वर्तमान सरकारमाथि चौतर्फी हमला भइरहेको छ –

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ५३२ पटक पढिएको
    • समृद्धिपथ
  • मधेशी जनतासँग गहिरो सम्बन्ध जोडन हुलाकी अभियानमा र्छौ : प्रचण्ड

    जीवछ उदासी फागुन १७ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनतासँग गहिरो सम्बन्ध जोडन हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानमा रहेको बताउनु भएको छ । झापाबाट सुरु भएको अभियान फागुन १६ गते सिरहाको भगवानपुरबाट सुरु भएको अभियान आज फागुन १७ गते सिरहा स्थित सुर्य नारायण सत्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्राङगनमा आयोजित सभालाई सम्बोधन गरी सिरहाबाट धनुषातर्फ प्रस्थान गरेको छ । सिरहालाई आफ्नै माइतीघर सम्झिने प्रचण्ड सिरहा आएपछि आफ्नै घर आएको महसुस हुने गरेको बताउनुभयो । भगवानपुरमा भव्य स्वागत शुक्रबार भगवानपुर

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ४५३ पटक पढिएको
    • समृद्धिपथ
  • वार्ताको आव्हान केवल कर्मकाण्डी प्रक्रिया मात्र : संघर्ष समिति

    फिरोज सिद्दिकी  लहान, माघ १३ गते। लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीद्वारा पुनः वार्ता र संवादको आव्हान केवल कर्मकाण्डी प्रक्रिया मात्र भएको संघर्ष समितिले आरोप लगाएको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी खोला सिँचाइ नहर संघर्ष समितिले नगर प्रमुखको वार्ता गर्ने शैलीप्रति गम्भीर असहमति जनाउँदै यस्तो बताएको हो। संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा नगर प्रमुखले वार्तालाई कर्मकाण्डी रूपमा प्रयोग गर्दै बारम्बार सहमति तोड्ने गरेको आरोप लगाइएको छ।   विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पछिल्ला सात महिनामा आठौँ पटक वार्ताको प्रस्ताव आएको छ। तर

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • ५६३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाका मेयर महेश चौधरीमाथि अख्तियारको छानविन: ६ घण्टासम्म बयान

    लहान, माघ १२ गते । लहान नगरपालिकाका मेयर महेश चौधरीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगातार ६ घण्टासम्म बयान लिएको छ।  आज बिहान १० बजे आयोगको बर्दिवासस्थित कार्यालयमा हाजिर भएका मेयर चौधरीसँग आयोगले इन्धन खर्चमा देखिएको अनियमितताका विषयमा विस्तृत बयान लिएको हो। सूत्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा २ करोड रुपैयाँ र २०८०/८१ मा ३ करोड रुपैयाँ इन्धन खर्च भएको विवरण देखिएपछि अख्तियारले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। पहिलो चरणमा अख्तियारले नगरपालिकाले इन्धन वापत दिएको भुक्तानी र सम्बन्धित कागजात झिकाएर अध्ययन गरेको थियो। प्रारम्भिक अध्ययनपछि अनियमितता देखिएपछि विस्तृत छानविन अगाड

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ७१५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाको वार्ता आह्वान ‘नाटक’ मात्र भएको संघर्ष समितिको आरोप

    फिरोज सिद्दिकी  लहान, माघ १० गते । लहान नगरपालिकाद्वारा वार्ताका लागि गरिएको आह्वान एक नाटक मात्र रहेको खुट्टी नहर संघर्ष समितिका संयोजक धर्मराज चौधरीले बताएका छन्।  शनिबार प्रेस विज्ञप्ति मार्फत नगरपालिकाले वार्ताका लागि आह्वान गरिरहेको भए पनि वास्तविक रूपमा वार्ताको वातावरण नबनाएको आरोप संघर्ष समितिले लगाएका हुन्। मेयर महेश चौधरीले हालै प्रेस विज्ञप्ति जारी गर्दै संघर्षरत पक्षलाई वार्ताका लागि आग्रह गरेका थिए। तर, संयोजक धर्मराज चौधरीले उक्त आह्वानलाई ‘झुटो आश्वासन’ भन्दै नगरपालिकामाथि गम्भीर आरोप लगाए। उनका अनुसार, मेयर चौधरी पटकपटक वार्ताका नाममा केवल आश्वासन बाँड्

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ४६० पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिका विरुद्ध सात दलद्वारा संयुक्त आन्दोलनको घोषणा

    फिरोज सिद्दिकी  लहान, माघ ८ गते । लहान नगरपालिकाले खु‌ट्टी नहरलाई ढलमा परिणत गर्ने ठेक्का दिएको विरोधमा सात राजनैतिक दल र विभिन्न किसान संघ संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन्। विगत केही महिनादेखि स्थानीय किसान र विभिन्न दलले पटकपटक विरोध जनाउँदै ज्ञापनपत्र बुझाए पनि नगरपालिकाले मागको बेवास्ता गरेको आरोप संयुक्त पत्रकार सम्मेलन मार्फत लगाइएका हुन्। खुट्टी नहर सिचाइ उपभोक्ता किसान संघर्ष समितिले दुई चरणको आन्दोलन र जनजागरण अभियान चलाइरहेको भए पनि नगरप्रमुख महेश प्रसाद चौधरीले सहमति उल्लङ्घन गर्दै प्रहरी प्रशासनको बलमा केही भागमा होम पाइप राखेर नहर पुर्न थालेको कि

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ४७९ पटक पढिएको
    • समृद्धिपथ
  • 'लहानका मेयर महेश चौधरीको प्राइभेट लिमिटेड कम्पनीजस्तै छ नगरपालिका'

    फिरोज सिद्दिकी  लहान, माघ ७ गते। लहान नगर उपप्रमुख राम चलितर महतोले नगर प्रमुख महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन्। उनले लहान नगरपालिकालाई महेश चौधरीको "प्राइभेट लिमिटेड कम्पनी" जस्तै चलाइएको दाबी गर्दै प्रमुख चौधरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बुधबार लहानस्थित एभरेस्ट कलेजको २५औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्।  कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महतोले भने, "लहान नगरपालिका प्रणाली, कानुन, विधि र विधानको आधारमा होइन, नगर प्रमुख चौधरीको व्यक्तिगत स्वार्थअनुसार सञ्चालन भइरहेको छ। नगर प्रमुखले आफूलाई चाकडी गर्ने शिक्षकलाई मात्

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ८९८ पटक पढिएको
    • समृद्धिपथ
  • सबै कम्युनिष्टहरू एमालेमा एकीकृत हुन उपमहासचिव प्रदीप ज्ञवालीको आह्वान

    फिरोज सिद्दिकी  सिरहा । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको स्थायित्व र समृद्धिको लागि सम्पूर्ण कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूलाई एमालेमा एकीकृत हुन आह्वान गरेका छन्।  बुधबार नेकपा एमाले जिल्ला कमिटी सिराहाद्वारा आयोजित वडा केन्द्रित ३ महिने अभियान अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले विभाजनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताएका हुन्। ज्ञवालीले राजनीतिक असमझदारीलाई पछाडि पारेर एकताबद्ध शक्ति निर्माण गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको मार्ग रोज्नुपर्नेमा जोड दिए। "देशलाई समाजवादको मार्गमा लैजाने उद्देश्य प्राप्तिका

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४७० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A