राजनीति

    Showing ६१-७० of ४९१ items.
  • लहानका उप–प्रमुख महतोले प्रशासकीय अधिकृतसँग मागे जवाफ

    फिरोज सिद्दिकी १ असार, लहान । लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतोले नगरपालिकामा भइरहेको अनियमितता, गैरजिम्मेवार गतिविधि र आफूलाई गरिएको गलत व्यवहारको विषयमा प्रमुख प्रशासकीय अधिकृत जयकान्त झासँग लिखित जवाफ माग गरेका छन्। उप-प्रमुख महतोले पालिकाभित्र योजना छनोटदेखि बजेट विनियोजन, कार्यान्वयन प्रक्रियामा पारदर्शिता नहुनु, उप–प्रमुखको भूमिकालाई योजनाबद्ध रूपमा पन्छाउने प्रयास तथा पालिकाको आधिकारिक बैठक र निर्णयहरूमा समेत उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। उनले भने- संघीय लोकतान्त्रिक संरचनाअनुसार उप–प्रमुखको भूमिकालाई कानुनी रूपमा सुनिश्चित गरिएको भए पनि कार

    • प्रकाशित मितिः असार १, २०८२
    • १,०६७ पटक पढिएको
    • समृद्धिपथ
  • जसपाका प्रदेश सांसद सरोज सिंह कुशवाहा अख्तियारको फन्दामा

    काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले उनलाई राजधानी काठमाडौंको अनामनगरबाट पक्राउ गरेका हुन्। कुशवाहा महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहिसकेका छन्। यसअघि अख्तियारले १२ जेठमा कुशवाहाको घरमा छापा मारेको थियो। छापाको क्रममा अख्तियारले विभिन्न योजना सम्बन्धी कागजातहरू बरामद गरेको थियो भने उनका मोबाइलहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो। त्यसै दिन

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ५७३ पटक पढिएको
    • समृद्धिपथ
  • तालाबन्दीले ठप्प मिथिला नगरपालिका: जनसेवा बन्द, आन्तरिक कलहले उग्र रूप लिँदै

    धनुषा, जेठ ५ गते । । मिथिला नगरपालिकामा पाँच दिनदेखि जारी तालाबन्दीले स्थानीय जनजीवन प्रभावित बनेको छ। नगरपालिकाको कार्यालयमा दैनिक सेवा लिन आउने नागरिकहरू रित्तै फर्कन बाध्य छन्, कारण हो स्थानीय सरकारको आन्तरिक विवाद। मेयर महेन्द्र महतो र उप–मेयर सुनिता सिंह बुढाथोकीबीचको लामो समयदेखिको तनाव अन्ततः कार्यालय बन्द गर्ने स्थिति सम्म पुगेको छ। योजनामा सहभागिताका विषयमा उत्पन्न विवादले प्रशासनिक कार्य पूर्णरूपमा ठप्प बनाएको छ। तालाबन्दीका कारण नगरपालिकाबाट दिइने सामान्य सेवा जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता प्रक्रिया, विकास आयोजनाका अनुगमन र कार्यान्वयन सबै स्थगित छन

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ६०१ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी पूरा

    फिरोज सिद्दिकी  नेपालगन्ज, वैशाख १९ गते । नेपाल मुस्लिम इत्तीहद संगठनले आफ्नो सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ। महाधिवेशन यही बैशाख २१ गते (शनिबार) बाँके जिल्लाको नेपालगञ्जस्थित 'मेरो प्लानेट' पार्टी प्यालेसमा आयोजना हुनलागेको आयोजकले जनाएको हो। कार्यक्रमका संयोजक तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सेराज अहमद फारुकीले महाधिवेशनले संगठनको आगामी कार्यदिशा, मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र राज्यका संरचनामा सहभागिता सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए। महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आति

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ९५९ पटक पढिएको
    • समृद्धिपथ
  • महाधिवेशनमा किसानको जोश: मुस्लिम इत्तेहादले गर्‍यो विशेष निमन्त्रणा

    फिरोज सिद्दिकी  सिराहा । यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने मुस्लिम इत्तेहाद संगठनको ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा किसानहरुको समेत सक्रिय सहभागिता सुनिश्चित गर्न विशेष निमन्त्रणा गरिएको छ।   बाँकेको खजुरा गाउँपालिकामा शुक्रबार सम्पन्न अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा सहभागी हुँदै मुस्लिम इत्तेहाद संगठनका नेता तथा मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले किसानहरुलाई महाधिवेशनमा उत्साहपूर्वक उपस्थित हुन आग्रह गरे हो। 'किसान हाम्रो समाजको मेरुदण्ड हुन्। उनीहरुको समस्या केवल गाउँको होइन, राष्ट्रिय एजेन्डा बन्नुपर्छ,' नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका हलवाईले भने

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ९०६ पटक पढिएको
    • समृद्धिपथ
  • २५ लाखको मलामी विश्राम स्थलमा भ्रष्टाचारको आशंका: लहान-१६ मा स्थानीयको आक्रोश

    फिरोज सिद्दिकी  सिरहा । लहान नगरपालिका वडा नम्बर १६ मा २५ लाख रुपैयाँको लागतमा निर्माण भएको मलामी विश्राम स्थलमा ठूलाे भ्रष्टाचार भएको आशंका स्थानीय बासिन्दाले व्यक्त गरेका छन्। जस्तापाताको सानो सेड जस्तो देखिने यो संरचना बुधबार नगर प्रमुख महेश चौधरीले उद्घाटन गर्दै यो २५ लाखको लागतमा निर्माण भएको बताए पछि स्थानीय आक्रोशित भएका हुन्। स्थानीयहरूका अनुसार सो विश्रामस्थल मुस्किलले दुई–तीन लाख रुपैयाँमै बन्न सक्थ्यो। तर यसमा २५ लाख रुपैयाँ खर्चिएको देखाइनु भ्रष्टाचारको स्पष्ट संकेत भएको उनीहरूको आरोप छ।  “यस्तो सानो काममा यति धेरै चलखेल हुन्छ भने ठूला योजनामा कति कमिसन खा

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ८७३ पटक पढिएको
    • समृद्धिपथ
  • रास्वपा सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय

    काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दैछन्। आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले पार्टीको सचिवालयमा यो जानकारी दिने तयारी गरेको स्रोतले पुष्टि गरेको छ। सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको रास्वपा स्रोतले जनाएको छ। यो त्यही मिति हो, जुन दिन पार्टी सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा पुनः फर्केका थिए। अहिले रवि लामिछाने सहकारी प्रकरणमा कारागारमा रहेका छन्। राजीनामा दिने निर्णयसँग सम्बन्धित पार्टी स्रोतले भन्यो, "सुमनाजीले पार्टीको एक व्यक्ति एक पदको मान्यतालाई लागु गर्न चाह

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ७१५ पटक पढिएको
    • समृद्धिपथ
  • राजतन्त्र ब्युँताउने प्रयास दिवास्वप्न मात्र हो : उपेन्द्र यादव

    महोत्तरी, वैशाख ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र पुनःस्थापनाको प्रयासलाई 'दिवास्वप्न'को संज्ञा दिएका छन्। जसपा नेपालको महोत्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै यादवले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनैपनि शक्तिले मेटाउन नसक्ने दाबी गरेका हुन्। उनले केही व्यक्ति र समूहहरू लोकतन्त्र समाप्त पारेर राजतन्त्र ब्युँताउने षड्यन्त्रमा लागेको बताए। तर, जनतामा त्यस्ता प्रयासप्रति सजगता र चनाखोपन रहेको भन्दै, 'उनीहरूको सपना कहिल्यै पुरा हुने छैन,' यादवले भने। अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • ८६९ पटक पढिएको
    • समृद्धिपथ
  • अशोक कुमार यादवको आगाडि अवसर र चुनौती उतिकै

      जीवछ उदासी  नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा युवा नेता अशोक कुमार यादव चयन भएकोले नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको अर्थमा लिन सकिन्छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु समयको माग हो । किसानको भाषामा उत्पादन बढाउन 'हाइब्रिड' प्रजातिको बीउ प्रयोग हुनु राजनीतिमा कम्प्युटर जस्तै अपडेइट भएको पुस्ता नयाँ आउनुलाई परिवर्तन भएको नै मान्न सकिन्छ ।  चैत २६ गते जिल्ला अधिवेशन उद्घाटन नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । उहाँले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न दिनु भएको निर्देशनलाई नै समय ल

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १,३२२ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वराजा ज्ञानेन्द्रले तोडे मौनता, तीनकुने घटनाप्रति दुःख व्यक्त

    काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनाको १५ दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले मौनता तोडेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले उक्त घटनाप्रति दुःख प्रकट गरेका छन्। भिडिओ सन्देशमार्फत शाहले भनेका छन्, "समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो।" तर, त्यही अभिव्यक्तिका क्रममा हिंसा, आगजनी र तोडफोडजस्ता गतिविधि हुनु दुःखद रहेको उनले बताएका छन्। "केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिले हामीलाई दुःख लाग्यो," शाहको भनाइ छ। पूर्वराजाल

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ६०६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A