जीवछ उदासी लहान,फागुन ३ गते । लहान नगरप्रमजख महेश प्रसाद चौधरीले लहान नगरपालिका -२२ वर्छवाका दुई दलित अग्नीपीडितलाई राहत वितरण गर्नु भएको छ । आगो लगेर वर्छवाका श्याम सुन्दर मण्डल र विपतिया मण्डलको घरमा आगो लागेको खवर पाउनासाथ ५० किलो चावल, पाँच किलो दाल एक किलो नुन र एक लिटर तेल पाँच हजार नगद राहत नगरप्रमुख चौधरीले दिनुभयो । अग्नीपीडिय मण्डल परिवारले सङक्टको समयमा नगरप्रमुख चौधरी आफैआएर दिएको राहतबाट पीडा कम भएको र जनताको सेवक जनप्रतिनिधिको चरित्र देखाउनु भएको बताउनुभयो । घर बनाउन लाग्ने जस्तापाता समेत उपलब्ध गराउने नगरप्रमुख चौधरीले दिइने विश्व
जीवछ उदासी लहान,फागुन २८ गते । नेकपा माओवादी लहान नगर कमिटिले आयोजना गरेको २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा पार्टीका अगुवा नेता कार्यकर्ताहरुले जनयुद्धको मान्यता र शहिदको सपना साकार गर्न लागि पर्ने प्रण गरेका छन् । सम्बोधनको क्रममा केन्द्रिय सल्लाहकार कमिटिका सदस्य खडग नारायण चौधरीले पार्टीमा भित्रिएको गैर क्रान्तिकरी चरित्र र अपराधी प्रवृति हटाउन संगठनले शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । विपत्त व्यवस्थापन समितिको के स सुरेन्द्र साले पार्टीभित्र देखिएको गुटफुटको विकृति हटाएर एकतावद्ध भएर लागे
जीवछ उदासी लहान,माघ २९ गते । गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठले व्यपार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्ने बताउनु भएको छ ।गोलबजार व्यापार संघको छैठौ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । व्यापारले लिएको गतिले गोलबजारको समृद्धिमा सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले भन्दै व्यापार व्यवसायमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले उपभोक्ता मारमा पर्न सक्ने औल्याउनुभयो । उहाँले थप्नुभयो,'किसानहरुले उत्पादन गरेको तरकारी बजार,हार्डवेयर,सुनचाँदी,कपडा पसल र दिनदेखि नुनसम्म पाउने हरेक व्यापारको संरक्षण गर्न व्यापारीहरुले पाइरहेको सास्ती र समस्याला
जीवछ यादव लहान,माघ २९ गते । नेपाल राहत शिक्षक समिति सिरहाको तेस्रो जिल्ला अधिवेशनबाट ३५ सदस्यीय जिल्ला समिति चयन गरी सम्पन्न भएको छ । किसुन देव यादवको अध्यक्षपदमा चयन हुनु भएको हो । समितिको अन्य पदाधिकारीहरुमा क्रमश: सह अध्यक्षमा मनोज कुमार मण्डल,वरिष्ट उपाध्यक्ष प्रदिप महतो,महिला उपाध्यक्ष रन्जु परियार,पुरुष उपाध्यक्षहरुमा महेश्वर यादव,सञ्जीव कुमार सिंह,सचिवमा महेन्द्र मुखिया,सह सचिवमा ममता महतो, कोषाध्यक्षमा कौशल्या चौधरी र सह कोषाध्यक्षमा अर्चना यादव चयन हुनु भएका छन् । यससैगरी सदस्यहरुमा क्रमश: देवी कुमारी यादव,राम भजन महतो,बिनोद राउत,प्रमोद कुमार
जीवछ उदासी लहान,माघ २५ गते । लायन्स क्लव अफ लहान फूलवारीले ४७० जना ग्रमीण भेगमा स्वास्थय शिविर संचालन गरेर विपन्न दलित समुदायको स्वास्थय जाँच गरेको छ । २०७९ माघ ९ गते सखुवानन्कारकटि -१ मौवाही र माघ २५ गते लहान नगरपालिका वडा नम्बर -२४ गपबिन्दपुरमा सञ्चालन गरेको शिविरमा मधुमेह र रक्तचाप विरामीको जाँच सहित युएसबी कम्पनिको सहयोगमा औषधि समेत वितरण गरिएको क्लवका उपाध्यक्ष शङ्कर प्रसाद गुप्ताले जानकारी गराउनुभयो । उपचारमा संलग्नद्वय चिकित्सक शिशिर यादव र रितेश गिरीको अनुसार सखुवानन्कारकटि -१ मा २६५ र लहान -२४ मा २०५ विरामीको उपचार गर्दा अधिकांशमा मधुमेह र रक्तचापको
फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज र स्थानीय प्रशासनको संयुक्त टोलीले लहान बजार अनुगमन गरेको छ । बजार अनुगमन टोली बजारमा आएपछि अधिकांश पसलहरु बन्द भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, इलाका प्रशासन कार्यालय लहान र घरेलु तथा साना उद्योग कार्यलय लहानको संयुक्त अनुगमन टोलीले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेका, म्याद गुज्रेका खाद्ययपदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा लहान ८ स्थित रहेको माखनभोग स्वीट एण्ड नमकिनलाई ५० हजार, लहान १ स्थित रहेको माँ सती अनसुइया किराना
दुर्गा परियार, सिरहा । बाबू स्कुल जाउ नत्र सरलाई भनी दिन्छु अनि सरले पीटनु हुन्छ, बाबा मेरो होमवर्क बनाउनु छ नत्र सरले पीटनु हुन्छ । माथीका यी दुबै वाक्य प्रायः सबैको घरमा सुनिन्छ । बिद्यालय गए पछि सरले पिटनु हुन्छ । परम्परादेखि बिद्यालयमा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न, डर देखाउन पढाई प्रति गम्भिर बनाउन यातना दिने, कुटपिट गर्ने गरीए पनि समय परिवर्तनसंगै बालमैत्री शिक्षण पद्धतीले बिद्यार्थीहरुलाई यातना न दिएर खेलाएर, हसाएर पढाउनु पर्ने व्यवस्था भए पनि न पिटने, गाली न गर्ने सर मिसहरुलाई बिद्यार्थीले न टेरने र अलिकती डर देखाउने शिक्षकहरुसंग बिद्यार्थीहरु डराउने र भनेको मान्ने प्रवृती रहे पन
फिरोज सिद्दिकी, लहान । थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सिरहाको लहानमा थारु माघी महोत्सव-२०७९ सुरु भएको छ । लहान ९ खुट्टीपारी गोठ टोल स्थित आधारभूत विद्यालयको खेल मैदानमा आजदेखी सुरु भएको महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ । दुई दिने प्रथम थारु माघी महोत्सवलाई लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लहान नगरको विकासका लागि सामुदायिक संस्कृतिको विकास हुन जरुरी रहेको बताउनु भएको छ । पक्की सडक र ठूला ठूला भवन बनाएर मात्र विकास न हुने दावी गर्दै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकताका लागि स
लहान । सिरहाको लहान ९ गोठ टोलमा माघी पर्वको अवसरमा प्रथम थारु माघी महोत्सव २०७९ हुँदैछ । श्री लहानगोठ माघी महोत्सव मेला समितिको आयोजनामा माघ १ र २ गते लहागोठमा सो महोत्सव मनाउन लागिएको हो । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा लहान ९ का वडाध्यक्ष घुरल चौधरीले बताउनुभयो । आइतवार र सोमवार दुई दिनसम्म हुने महोत्सवको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गर्नुहुनेछ । महोत्सवमा २९ वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा थारु सांस
जीवछ उदासी पुस २३ गते । गोपाल सेवा समितिको लहानको सातौ सधारणसभा सम्पन्न भएकोछ । सम्पन्नसभसबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा गणेश यादव चुनिनु भएको छ । उमेरले ७० पुग्न लागेको यादव इन्जिनियर पदबाट अवकास प्राप्त गरेपछि गोपाल सेवा समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि चुनिनु भएको हो । सधारणसभामा जग्गादाता चन्दादाता र २१ हजार तिरेर आजीवन सदस्यता लिएकाहरु मात्रै साधारण सभामा भाग लिन पाउने एक कार्यकाल पदाधिकारी हुनेले मात्रै अध्यक्ष हुने विधान कार्यसमितिबाट संशोधन गरेर साधारण सदस्यहरुको सधारणसभामा सहभागी हुने प्रावधानमा रोक लगाएको हो । सामाजिक कार्य , जातीय उत्
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A