जिवछ उदासी लहान । सामुदायिक विद्यालयको साँख बढाउन भइरहेको सरकारी प्रयासलाई लक्ष्मीपूर पतारी पोखरभिण्डा २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार पोखरभिण्डाले प्रगति गर्नुमा प्रधानाध्यापक पशुपति साहको भूमिका महत्पूर्ण रहेको स्थानीयहरले बताएका छन् । २ नम्वर वडाका वडाध्यक्ष धमेन्द्र रायका अनुसार यस विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, सामाजका अगुवाहरु, सबै राजनीतिक दलका अगुवाहरु समेत सक्रिय नै रहेपनि विद्यालयको प्रगतिमा प्रधानाध्यापक साहको भूमिका महत्पूर्ण छ । उहाँ विहानदेखि वेलुकासम्म विद्यालयको कार्यमा व्यस्त रहनुहुन्छ । विद्यालयमा बढी समय दिनु, सबैसँग समन्वय गर्नु, शिक्
जिवछ उदासी ÷फिरोज सिद्धिकी लहान,लक्ष्मीपूर पतारी गाँउपालिकाको वडा नम्बर ३ हरिनगर गाँउ हिलो र धुलोमुक्त गाँउ बनाउने गरी वडाको तर्फबाट काम अगाडि बढाएको छ । गाँउमा नाला निर्माण, आरसिसी पक्की सडक ढलान र पोखरीको सौन्दर्यकरणले गाँउको मुहार नै परिवर्तन भएकोमा स्थानीयहरु खुसी भएका छन् । ७० वर्षिय देव लोचन मण्डलले खुसी साट्दै भन्नुभयो, सोचेका थिएनौ यस गाँउमा पककी सडक, शहरको जस्तो व्यवस्थित नाला बन्ला तर वडाध्यक्ष हनुमान मण्डलले गरेर देखाइ दिनुभयो । गाँउपालिका अध्यक्ष राम बल्लभ साह र यस गाँउबाट जनता समाजवादी पार्टीको केन्द्रिय नेता समेत रहनु भएको राज कुमार (राजु) गुप्ताको पहलमा भएको विकासले गाँउ
जिवछ उदासी लहान,सखुवानन्कारकटि ३ खरियानीको पश्चिमपटि तिन वटा सडक जोडिएको साझा स्थलमा लाग्न थालेको हटियालाई त्रिमुर्ति चोकको रुपमा नमाकरण गरिएको छ । गुलाइखोन भनेर दिउसै डरलाग्ने ठाँउमा अहिले शुक्रबार र मंगलबार ठूलो हटिया लाग्ने गर्दछ । हटिया लगाउन महदेवा पोर्ताहाको गाविस अध्यक्ष समेत भैसक्नु भएको राम नारायण यादवले अगुवाई र योगदानले यो ठाँउको भाग्य नै उदय भएको स्थानीयहरु बताउछन । नूनदेखि सूनसम्म हरेक समान पाउन थालेको त्रिमूर्ति चोक त्यस भेगमा विकासको लागि ठूलो फड्को मारेको हटियाको रुपमा चिनिन्छ । स्थानीय राम उदगार भनिने ठूले यादवका अनुसार हटिया लगाउनको लागि स्थानीय राजलाल यादव र राम नारायण यादव
जिवछ उदासी÷ फिरोज सिद्धिकी लहान नगरपालिकामा वाटर एड अन्तर्गत विकन परियोजनाको सहयोगमा लदित जनकल्याण युवा क्लव लहानको सक्रियतामा कोभिड –१९ मा चाहिने आवश्यक स्वास्थ्य सामग्री एक कार्यक्रमको बीच लहान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा नगरप्रमुख मुनि साहले सामग्रीहरु ग्रहण गर्दै विकन परियोजना र दलित जनकल्याण युवा क्लवलाई धन्यवादज्ञापन गर्दै यस परियोजनाबाट लहानको स्वच्छता, सरसफाई र खानेपानीको लागि करोडौको रकम सहयोग भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, परियोजना र क्लवले गरेको सहयोग दीर्घ कालसम्म अविस्मरणीय रहने छ । लहानको १ देखि १० नम्वर वडासम्मका गरीव दलित
जिवछ उदासी लहान साउन ३ गते । हरेक राजनीतिक परिवर्तनको मूल आशय नै शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनु हो । नेपालको शिक्षा क्षेत्रले निकै फड्को मारयो भने तर्कहरु पनि भइरहेको छ । हो पनि निजी विद्यालयहरुले फड्को मारेकै हो । सामुदायिक विद्यालयहरु पछि परेकै छ । नयाँ संविधानको धारा ३१ मा शिक्षालाई मौलिक हकको रुपमका समेत समेटिएको छ । शिक्षालाई मौलिक हकमा राखिसकेपछि शिक्षा दिने राज्यको दायित्वभित्र स्वतः पर्न जान्छ । त्यति मात्रै होइन, संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख व्यवस्था हुने भनिएको छ । नयाँ संविधान जारी भएपछि तीनै तहको सरकारले समन्वय गरेर शिक्षामा परिवर्तन गर्न समन्वनायत्मक भूमिका खेल्नु
जिवछ उदासी लहान, सिरहा जिल्लाको हाल सखुवानन्कारकटि २ जगतपुरमा जन्मिनु भएको सुर्य नारायण यादव त्यस भेगका मात्रै हेइन, जिल्ला र प्रदेश २ कै एक चर्चित नेपाली काँग्रेस नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँसँग कुनै पनि पार्टीको नेताले उच्च आदरका साथ व्यवहार गर्न हिचकिचाउदैन । सदा जीवन उच्च विचारको धनी यादव भारतीय नेता राम मनोहर लोहियाको विचारबाट प्रेरित भएर २० वर्षकै उमेरदेखि नेपाल विधार्थीसंघको राजनीतिबाट राजनीति यात्रा थाल्नु भएको थियो । यादव निरन्तर ५३ वर्षसम्म नेपाली काँग्रेसको झण्डा र सिद्यान्तलाई बोकेर अथक योद्धाको रुपमा सक्रिय रहँदै आउनु भएको छ । यादवलाई नेपाली काँग्रेसले कहिलो पनि योगदानको
जिवछ उदासी/फिरोज सिद्धिकी लहान,सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले यस वर्ष उदाहरणीय विकास निर्माणका कामहरु गरेकोले त्यस क्षेत्रका स्थानीयहरु खुसी भएका छन् । यसरी नै विकास निर्माण प्रत्येक वर्ष सफल भए यस क्षेत्रका अधिकांश समस्याहरु समाधान हृुने बताएका छन् । लहान २० पडरिया र हरिनगर जोडने सपही नदीमा पूल निर्माण गरि दिएर यस भेगमा राम्रो काम गर्नु भएको स्थानीय बुचन सदायले भन्दै लकडाउनले गर्दा ढिलो काम सुरु भएपनि राम्रो र भरपर्दो पुल निर्माण गरि दिनुभयो । यो दिगो विकासको एउटा उदाहरणीय काम हो । वर्षातले गर्दा माटो भर्न वाँकी छ । आउने वर्षदेखि पूर्ण रुपमा यो समस्या समाधान भयो । लहान नगरपाल
जिवछ उदासी लहान असार २९ गते । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो २४ वटा वडा भएको नगरपालिका हो । उत्तरमा चूरे महाभारत क्षेत्र दक्षिणमा सखुवानन्कारकटि पश्चिममा धनगडीमाई नगरपालिका र पूर्वमा बलान नदी सीमाना रहेको यस नगरपालिकामा मधेशी, पहाडी,दलित,जनजाती र मुस्लिम समुदायको समेत बाक्लो जनसंख्या रहेको छ । विकासको प्रतिस्पर्धामा समेत फड्को मारिरहेको यस नगरपालिकाले भौतिक विकास मात्रै होइन,समाजिक र नैतिक विकास समेत हुनुपर्छ भने पक्षमा रुचि लिएर काम गरेको देखिन्छ । लहान नगरपालिकाको न्यायिक समिति समेत अन्य पालिकाहरुभन्दा सक्रिय रहेको कामले परिणमले बोलिरहेको छ । नगरप्रमुख मुनि साहले एक दिन संचारकर्मीहरुसँगक
जिवछ उदासी लहान,लहान नगरपालिका ४ को ऐलानी जग्गामा सुक्मवासी मुश्लिम समुदायहरुले बसोबास गरेको नयाँ बस्ती इस्लामपूवासीहरु रातभरि नै जग्राम बस्छन । अकाशमा बादल लागेपछि हुने मुशलधारे वर्षाले आउने बाढीको वेगले बाँध भत्काएर बस्तीमा बलान र खुटी नदीको पानी पसेर वस्ती नै बगाउने भयले रातभरी नै नसुत्ने गरेको स्थानीयहरुले पीडा पोखेका छन् । दुई दिन यता आएको बाढीले पश्चिमपटिको किनार भत्काउन मुश्किलले दस मिटर जति बाँकी छ । राती जोडले वर्षा भयो भने दैवको कुनै चमत्कार भए मात्रै बस्ती जोगिन्छ नत्र बस्ती नै बगाउने ६० वर्षिय मो ममुम्ताजले भन्दै शनिबार राती ११ बजे बाँध भत्किएर बाढी आयो भने हल्ला भयो । हामी गाँउका
रविन्द्र श्रेष्ठ लहान । लहान नगरपालिकाको आयोजनामा संचालित आधारभूत मेलमिलाप कर्ता तालीम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने कानुनी विवाद एवम् आपसी मनमुटाव समाधानका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजित तालिम आइतबार सम्पन्न भएको हो । स्थानीयस्तरमा हुने विवाद तथा झै–झगडाहरुलाइ मेलमिलापको माध्यमबाट समाधानका लागि सहजीकरण गर्न मेलमिलापकर्ताहरुलाई तालीम दिइएको लहान नगरपालिकाको उपप्रमुख एवम् स्थानीय न्यायीक समितिको संयोजक सिरयार कुमारी चौधरीले जानकारी दिनु भयो । उहाँले तालीमले स्थानीय स्तरमा हुने जुनसुकै विवाद तथा आपसी मनमुटावहरु दुवै पक्षको जित हुने गरि मेलमिलाप गराउन सहज हुने ब
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A