जिवछ उदासीलहान,पुस १७ गते । ‘हाम्रो लहान समृद्ध लहान’को नारा हरेक सार्वजनिक मञ्चहरुमा जनप्रतिनिधिहरुबाट अभिव्यक्त भइरहेका छन् । यस नारालाई सफल बनाउन विभिन्न क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता भएपनि स्वास्थ्य सेवालाई सहज बनाउन सकेमात्रै नारा कार्यान्वयन हुने लहान नगरप्रमुख मुनि साहले जोड दिनु भएको छ । अन्तराष्ट्रिय वर्ष २०२१ के पहिलो दिन विहानै लहान नगरपालिका–५ खुटि किनारमा रहेको सार्वजानिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण कार्यलाई शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । चुनावको समयमा नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनै लागेको नगरप्रमुख साहले भन्दै
फिरोज सिद्दीकी, सिरहा । नेपाल औषधि व्यवसायी संघ प्रदेश नम्बर २ को प्रथम प्रादेशिक अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशनबाट शिवनाथ सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा राकेश कुमार साह, थोक उपाध्यक्षमा सुमन कुमार कयाल, खुद्रा उपाध्यक्षा विनोद चन्द्र देव, महासचिवमा पप्पु कुमार झा, कोषाध्यक्षमा सुनिल लखोटिया, सचिवमा नन्दलाल प्रसाद साह, उपकोषाध्यक्षमा मानव राजपाल चयन भएका छन् । त्यस्तै, सदस्य आयात/खुद्रामा निरंजन प्रसाद साह र सुनिल कुमार, महिला सदस्यमा मन्दीरा भट्टराई, सदस्य खुद्रामा प्रमोद कुमार यादव
मौसमको परिवर्तनसंगै शरीरमा विभिन्न खाले परिवर्तन देखिन्छ। अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्। रुघा, खोकी हुँदा अपनाउने घरेलु उपायहरु ः मनतातो नुन पानीले मुखकुल्ला गर्ने, धेरै अमिलो खानेकुरा नखाने, अधिक मात्रामा पानी पिउने अनि भिटामीन सी युक्त खाना खाने, पौष्टिक तथा सन्तुलित भोजन गर्ने, सागसब्जीको सुप, खिचडी, दाल र झोलयुक्त खानेकुरा प्रसश्त खाने गर्नुहोस । त्यस्तै अदुवा र मह राखेर चिया ख
लहान । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड समेत गरेका छन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बेपत्ता भएको महिलाका आफन्तले बताएका छन् । ‘डाक्टरले लापरबाही गरेकैले मेरी पत्नीको मृत्यु भएको हो,’ पति प्रमोद साहले भने । लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । आक्रोशित स्थानीयले आइतबार ब
जिवछ उदासी लहान,लहान नगरपालिका विकन परियोजना अन्तर्गत वाटरएडको सहयोग र दलित जनकल्याण युवा क्लवको सक्रियतामा विहिबार लहान ११ पडरियामा दलित बस्तीमा लहान नगरप्रमुख मुनि साह सुँडलिे निर्मित आधुनिक शौचालय एक कार्यक्रमकोबीच विहान हस्तान्तरण गर्नु भएको छ । दिउसो खुटी खोलाको डिलमा लहान ४,५, र ६ नम्बरका गरवि दलितहरुले प्रयोग गर्ने उद्येश्यले अर्को शौचालय निर्माणको शुभारम्भ उहाँले गर्नु भएको छ । लहान ११ पडरियामा पासमान र सदाय समुदायका ३० घर परिवारको लागि २८ लाखभन्दा बढीको लागितमा निर्मित शौचालयले खुल्ला दिसामुक्त अभियानबाट पूर्ण सरसफाइको लागि बाटो खोलि दिएको प्रमुख साहले बताउनुभयो । उहाँले भन्नुभयो,
जिवछ उदासी लहान, नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिका ७ मा सुविधा सम्पन्न १५ शैयाको अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममाा मन्त्री श्रेष्ठले स्थानीय तहबाट भ्याउने स्थानीय कामहरु स्थानीय तहले गर्ने , मझौला कामहरु प्रदेश सरकारले र ठूला कार्यहरु संंघीय सरकारबाट गरिने बताउनुभयो । उहाँले भन्नुभयो,सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अस्पताल वृद्धा आश्रम निर्माण गरेर यस भेगका जनाताको लागि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको छ । शिलान्यास भएपछि दु्रत गतिमा निर्माण कार्य सम्पन्न होस् । नौ करोड मूल्य
जिवछ उदासी लहान , सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नु पर्दैन, यर्थात नै हो । लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानका मेडिकल सुपरीडेन्टेड सुनिल कुशवाहाले सरुवा भई आएको अर्का मेसु विरेन्द्र मण्डललाई हाजिर नगराउन सोमबार अस्पताल नियमित समयमा खुल्नुभन्दा अगाडि नै प्रशासन र आकस्मिक कक्षमा तालाबन्दी गरेर सम्पर्क विहिन हुन भएको थियो । लहानबाट कलैया अस्पताल बारा सरुवा हुनु भएको कुशवाहा कुनै हालतमा लहान नछाडने नीयतले कलैया अस्पताल बाराबाट सरुवा भइ आउनु भएको मेसु विरेन्द्र मण्डललाई हाजिर गराउन नचाहेको अस्पताल विकास समितिले जनाएको छ । लगातार सात वर्षसम्म लहानमा मेसु भएर बस्नु भएको
जिवछ उदासी लहान,कोरोना सङ्क्रमण फैलिन नदिनको लागि पछिलोपटक गरिएको निशेधाज्ञाको समयमा लहानमा विहान वेलुका गरवि मजदुरहरुलाई खाना खुवाउन परोपकार संस्थाले संचालन गरेको फुडबैंकले सकारात्क सन्देस र उदाहरणीय काम गरेको लहान नगरप्रमुख मुनि साहले बताउनुभयो । सिरहा जिल्लामा पुनः भदौ २७ गतेदेअि असोज १० गतेसम्म जारी गरिएको निशेधाज्ञाको समयमा लहानका परोपकार संस्थाले फुडबैंक संचालन गरेर उदाहरणीयम मात्रै होइन, विपद र संकटको समयमा प्रेरणादायी भूमिका समेत देलेको नगरप्रमुख साहले सराहना गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लहान समृद्ध लहानको नारालाई सफल बनाउनको लागि यस्तै संस्थाहरु चाहिएको छ जुन संकटको व
जिवछ उदासी लहान, सखुवानन्कारकटि गाँउपालिकाले दलित समुदायका घरपरिवारलाई राहत वितरण सुरु गरेको छ ।स्थानीय अजय रामको सक्रियचतामा चुजी संस्थाको सहयोगमा राहत वितरण गर्न लागिएको गाँउपालिकाले जनाएको छ । त्यस गाँउपालिकामा रहेको १२३४ दलित घरपरिवारलाई राहत दिन सुरु गरिएको हो । राहतमा जिरा मसिनो चावल २५ किलो, गहुँको पिठो १० किलो, चना १ किलो, मसुरोको दाल १ किलो, तेल १ लिटर र सावुन ६ पीस रहेको छ । पाँच वटै वडामा रहेका दलित समुदायले निशेधाज्ञाको समयमा रोजगारी पाउन नसकेर राहतको लागि गाँउपालिकामा माग गर्न थालेपछि गाँउपालिकाले विभिन्न संघ संस्थाहरुलाई समेत सहयोगको लागि आग्रह गरिएको थियो । गाँउपालिका अध्
जिवछ उदासी लहान, लहान नगरगपालिकाका सहरी क्षेत्रमा थप्रिएको फोहोर आइतबार सहमति भएपछि फोहोर उठ्न सुरु भएको छ । लहान नगरपालिका,सुरक्षा निकाय र वडा नम्बर ४ बीच सहमति भएपछि फोहोर उठ्न थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियार र सशस्त्र प्रहरी प्रमुख दिपेन्न्द्र गिरी लहान नगरप्रमुख मुनि साह उपप्रमुख सरियार कुमारी चौधरी सम्पूर्ण वडाध्यक्षहरु र अवरोध सृजना गरेको लहान ४ का वडाध्यक्ष रामनाथ पण्डितबीच भएकोृ सहमति अनुसार तीन महिनासम्म वडा नम्बर ४ को वाटोबाट फोहोर ढुवानी गर्ने गाडीलाई अवरोध नगर्ने हाल रहेको ल्याण्डफिलदेखि उत्तर फाल्ने सहमति भएको लहान नगरपालिका
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A