अविरल वर्षाका कारण १४८ जनाको मृत्यु, बेपत्ताहरूको खोजी जारी काठमाडौं । अविरल वर्षाले देशभरि बाढी, पहिरो र डुबानका घटनामा परेर मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ पुगेको हो, जसमा अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका कारण ज्यान गुमाएका छन्। धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ। यसैगरी, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाढी, पहिरो र डुबानका कारण ५५ जना अझै बेपत्ता छन् र खोजी कार्यलाई
काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् भने सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल गरिएको छ । नेपाली सेनाको टोली बढी जोखि
जीवछ उदासी लहान, असोज १३ गते । लहान नगरपालिकाको चार वटा सामुदायिक विद्यालयहरुमा विद्यालयमा स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन कार्यक्रम सुरु भएको छ । यस वर्ष श्री जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँ लहान -१० श्री जनता माध्यमिक विद्यालय पिडरबोनी लहन -११श्री आधारभूत त विद्यालय कल्याणदह लहान -२२ र श्री जनता आधारभूत विद्यालय लहान मटियर्वा लहान-१ मा सुरु भएको सामाजिक परिवर्तन कर्ता राजकुमारी पासवानले जसनकारी दिनुभयो । यहि कार्यक्रम आठ वटा सामुदायिक विद्यालयहरुमा सम्पन्न भैसकेको छ । यस वर्ष ४३ जना शिक्षक शिक्षिकाहरुलाई तीन दिइने तालिम दिएर छ महिनामा विद्यालयक
फिरोज सिद्दिकी लहान । लहान नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अब्दुल करिमलाई नेकपा एमाले वडा कमिटीले वडा विकास योजनामा ढिलाइ र वेवास्ता भएको भन्दै ७ बुँदे ज्ञापनपत्र बुझाएको छ। लहान ५ वडा कमिटीका अध्यक्ष लक्ष्मी पासमानको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाले विगतमा सञ्चालित नगर तथा वडास्तरीय गौरवका योजनाहरूमा कुनै पहल नगरेको आरोप लगाइएको हो। ज्ञापनपत्रमा वडा नं. ५ मा असुली गरिएका कर, सडक बत्ति शुल्क र वातावरण शुल्कको औचित्यप्रति प्रश्न उठाइएको छ, किनकि महिनौंसम्म फोहर उठाउने काम नभएको र सडक बत्तिको उचित व्यवस्थापन नभएको उल्लेख छ। पार्टीले चाडपर्वको समयमा पनि वडामा आधारभूत सुविधाको अभाव
फिरोज सिद्दिकी लहान । लहान नगरपालिका र खुट्टि नहर संघर्ष समितिबीच मिति २०८१ असोज ११ गते भएको वार्तामा भएको सहमति लहानका किसानहरूको हित विपरीत रहेको भन्दै अखिल नेपाल किसान महासंघ, लहान नगर समितिले कडा आपत्ति जनाएको छ। अखिल नेपाल किसान महासंघ, लहानले एक प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समिति र नगरपालिकाबीच भएको समझौता किसानहरूको हितविपरीत भएको दाबी गरेको हो। लहान नगरपालिका र संघर्ष समितिबीच भएको वार्तामा किसानहरूको मुख्य माग खुट्टि नहरलाई डम्पिङ साइडमा परिणत गर्ने ठेक्काको रद्द गर्ने विषय नै छलफलमा नल्याइएको आरोप लगाएको छ। लहान नगरपालिकाले खुट्टि नहरलाई डम्पिङ साइटमा परिणत गर्ने ठेक्का रद्द
जीवछ उदासी लहान,असोज १२ गते । अविरल वर्षाले गर्दा लहान- ४ का इस्लामपुर र सुन्दरपुर सुकुम्बासी बस्ती डुबानमा परेको छ । बलान नदीको पश्चिमी किनारमा रहेको यी दुबै बस्ती हरेक वर्ष वर्षाको समयमा यस्तो समस्या झेल्दै आइरहेको छ । स्लामपुर र सुन्दरपुर बस्तीको दीर्घकालिन समस्या समाधान गर्नुपर्ने माग गर्दै आइरहेको स्थानीय पीडित निर्मला मोदेले सुनाउनुभयो। दिर्घकालिन समस्या समाधानको लागि मधेस प्रदेशको विपद व्यवस्थापन संसदीय समितिले समेत स्थलगत अनुगमन गरि सकेको र संघमा पनि संघीय सांसद राम शङकर यादव र गङ्गा प्रसाद यादवले उठाइएकोले समस्या समाधान हुने लहान- ४ का वडाध्यक्ष रामनाथ पण्डितले
सिरहा । सिरहाको औरही गाउँपालिका–३ खजनपुर टोलमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, ६५ वर्षीय भालेश्वर यादवको आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेपछि उनको मृत्यु भएको हो। प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार, सोमबार साँझ घरायसी विवादका क्रममा शैलेन्द्र र उनकी पत्नीले भालेश्वरमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भालेश्वरलाई तत्कालै प्रादेशिक अस्पताल सिरहामा लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको थियो। घटनापछि
फिरोज सिद्दिकी लहान । नेपाल बिजुली पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) ले लहान नगरपालिकालाई ज्ञापन-पत्र बुझाउँदै नदिजन्य बालुवा, गिट्टी, ढुंगा लगायतका सामग्री उठाउन लगाइएको रोकलाई अविलम्ब फिर्ता गर्न माग गरेको छ। संगठनले प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाले अस्थिर रूपमा नदिजन्य पदार्थ उठाउन रोकेको भन्दै दशैं, तिहार, छठ जस्ता महत्वपूणर् चाडपर्वको मुखमा मजदुरहरूको जीवन संकटमा परेको उल्लेख छ। संगठनका अध्यक्ष भगवती प्रसाद चौधरीले हस्ताक्षर गरेको ज्ञापन-पत्रमा ठेक्का प्रक्रियामा नगरपालिकाको असक्षमताको आलोचना गर्दै मजदुरहरूलाई पीडित नबनाउन चेत
फिरोज सिद्दिकी लहान । सिरहाको लहान नगरपालिकामा ढल निकास व्यवस्थापनको योजना अघि बढेसँगै नहरको अस्तित्वमा संकट उत्पन्न भएको छ। नगरपालिकाले नहरलाई पुरेर ढल निकासका योजना अघि सारेपछि पुराना नहरको अस्थितत्व संकटमा परेको हो । नगरपालिकाले नहरलाई पुरेर ढल निकासका लागि ठूलो साइजको ह्युम पाइप लाइन वा कंक्रिटको नाला बनाउने तयारी गरेको बुझिएको छ, जसले ढललाई बलान नदीमा झार्ने योजना रहेको छ। साथै, सोही संरचना पुरेर बाटो पनि फराकिलो बनाइने कुरा नगरपालिकाले अघि सारेको स्रोत दावी रहेको छ। स्थानीय बासिन्दा र किसानहरू यस योजनासँग असहमत रहेका छन्। उनीहरूको भनाइमा, लहानको कोर क्षेत्रका व्यापारी र बासिन्दाहरूलाई
फिरोज सिद्दिकी लहान । लक्ष्मीपुर पतारी गाउँपालिकामा अत्यधिक गर्मीका कारण २०८१ असोज ८ गतेदेखि ११ गतेसम्म सम्पूणर् सामुदायिक विद्यालयहरू बन्द गरिने भएको छ। गाउँपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विद्यालयहरूमा अस्थायी बिदा दिन निणर्य गरिएको हो। गाउँपालिकाको सूचनामा बिदा अवधिमा विद्यालयको प्रशासनिक कार्यहरू भने प्रभावित नहुने उल्लेख गरिएको छ। यो बिदा स्थानीय बिदाबाट कट्टा गरिने र बालबालिकाहरूको शिक्षण सिकाइ क्रियाकलापमा नकारात्मक प्रभाव नपरोस् भन्नका लागि गरिएको जनाइएको छ। अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा असर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A