जिवछ उदासी लहान,पुस ६ गते । केन्द्रले तोकिएको निर्धारित समयमै नेकपा एमालेको जिल्ला अधिवेशन पुस २३ गते लहानमा हुने निर्णय गरेको छ । सिरहा सदरमुकाम सिरहामा बसेको नेकपा जिल्ला कमिटिको पुर्ण बैठकबाट निर्णय भएको पार्टी अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो । सिरहामा ४ हजार ९२२ संगठित सदस्यहरु मध्ये ५ सयभन्दा नबढाउने गरी प्रतिनिधि चयन हुने उहाँले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै नवनिर्वाचित पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठले सिरहा जिल्लालाई एमालेको किल्लाअ बनाउन आउने चुनावमा स्थानीय,प्रदेश र संघीय चुनाव जित्न हरेक तह तप्काका नेता कार्यकर्ताहरुलाई परिचालनमा ल
जिवछ उदासी लहान,पुस ४ गते । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा सिरहाका चित्रलेखा यादव र पद्म नारायण चौधरी निर्वाचित हुनु भएको छ । पुर्व उपसभामुख र पुर्व शिक्षा मन्त्री समेत रहिसक्नु भएको यादव सिरहा नवराजपुर निवासी हुनुहुन्छ । अंग्रेजी विषयको प्राध्यापन पेशा छाडेर नेपाली काँग्रेसबाट राजनीति यात्रा सुरु गर्नु भएकी यादव १३ औ महाधिवेशनमा सिरहाकी सीतादेवी यादवसँग कोषाध्यक्षमा पराजित व्यहोर्नु भएको थियो । केन्द्रीय सदस्यहरुको मतगणना सम्पन्न भएसँगै सिरहाबाट यादव र चौधरी केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । सिरहा १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य र उद्योग राज्यमन्त्री समेत हुनु भएको चौ
जिवछ उदासी लहान,पुस २ गते । नेकपा माओवादी केन्द्र लहान नगर अध्यक्षको लागि सम्पन्न निर्वाचनबाट ७ मतले निर्वाचित हुनु भएको छ । नेकपा माओवादीमा निर्वाचनबाटै नगर अध्यक्ष चुनिएको पहिलो पटक हो । यसभन्दा अघि सहमतिकै आधारमा समिति चुनिदै आएको थियो । लहान–१ स्थित गोपाल सेवा समितिमा सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा हेमन्त कुमार यादवले एक सय मत र प्रच्यासी रहनु भएको विजय गुप्ताले ९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत धनराज रामले जानकारी दिनुभयो । केहि दिन अघि गोपाल सेवा समितिमा सम्पन्न उद्घाटन सत्रबाट कमिटि चयन गर्न समझदारी गरेर नै अघि बढ्ने समय समाप्त भएपछि निर्वाचन गरेर नै अध्यक्ष चयन गरिएक
काठमाडौं, मंसीर । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन आज, मंगलबार, नै गर्ने तयारी गरिदैछ । मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवार बहुमत प्राप्त गर्न सकेनन्। निर्वाचन समितिका सदस्य एगराज पाेखरेलले भने, ‘ हाम
काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन । अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि द
जिवछ उदासी लहान,मंसिर २३ गते । नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटिमा सिरहा जिल्लाबाट निर्विरोध चुनिनु भएका नेताहरुले सिरहा जिल्लालाई एमालेको किल्ला बनाउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएका छन् । राष्ट्रिय युवा संघ सिरहाले गोलबजार नगरपालिकामा आयोजना गरेको सम्मानित कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएका हुन् । सिरहाबाट लिलानाथ श्रेष्ठ,गंगा प्रसाद यादव,प्रमोद नारायण यादव,रामरति राम र रामप्रित राम १० औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका हुन् । लिलानाथ श्रेष्ठ दोस्रोपटक केन्द्रीय सदस्य हुनु भएको छ । सिरहा - ३ बाट निर्वाचित सांसद सम
जिवछ उदासी लहान, मंसिर १४ गते । नेपाली काँग्रेस सिरहा -१ को क्षेत्रीय सभापतिको लागि केस पद्म नारायण चौधरीको आशिर्बादमा कन्हैया प्रसाद गुप्ता र केस प्रदिप गिरीको आशिर्बादमा महेश चौधरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कसको आशीर्वाद कामयावी होला चर्चाको बिषय बनेको छ । लहान- १७ का चुलहाई यादवलाई अनुसार थारु समुदायको मत क्रसिङ भए महेश चौधरीको हुनेछ जीत,पद्म नारायण खेमाको मत सुरक्षित रहे कन्हैया गुप्ताको जीत हुनेछ सुनिश्चित । यादव जस्तै अधिकांश मतदाताहरुको यस्तै भनाई रहेको छ । यसभन्दा अघि लहान नगरकमिटिका सभापतिमा रास लाल राय ८१ मतको अन्तरमा र प्रदेश क मा सन्तोष उपाध्यायले ८५ मतको अन्तरमा
जिवछ उदासी लहान, मंसिर १३ गते । नेपाली काँग्रेस सिरहा-१ बाट कन्हैया प्रसाद गुप्ता क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । कन्हैया प्रसाद गुप्ता र महेश महेश चौधरीबिच प्रतिस्पर्धा हुन लागेको छ । को हुन कन्हैया प्रसाद गुप्ता ? पहिलेको गढा गाविस-६ नम्बर निवासी गुप्ता २०४९ र २०५४ सालको स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित २०७४ सालको निर्वाचनमा लहान नगरपालिकामा गाभिएपछि लहान-२३ को वडा अध्यक्षमा गरी लगातार तीन पटक जन निर्वाचित हुनु भएको कन्हैया प्रसाद गुप्ता पहिलो पटक क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । नेपाली काँग्रेसमा अनवरत सक्रिय रहनु भएको गु
चितवन, मंसिर १० । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा मानव सागर उर्लिएको छ । उदघाटन स्थल नारायणी किनामा चितवनका दर्जनौं स्थानबाट जुलुस आइरहँदा नारायणी किनार भरिसकेको छ । पाँच लाख जनता अटने गरी बनाइएको मैदान जुलस आउनु घि नै भरिएको हो ।
चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर चितवन जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले विशेष सुरक्षा व्यवस्था मिलाएर सुरक्षाको काम भइरहेको जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठकले बसेर महाधिवेशनलाई ध्यानमा राख्दै आवश्यक प्रबन्ध मिलाइएको हो। एसपी अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली संयुक्त रुपमा खटिएका बताए। एमालेको महाधिवेशनलाई मात्रै केन्द्रीत गरेर एकहजार २७० जना सुरक्षाकर्मीहरु खटिने भएका छन्। झण्डै पाँचलाखको जनसहभागीता गराउने एमालेले तयारी गरेपछि त्यसै अन
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A