राजनीति

    Showing ७१-८० of ४९१ items.
  • वीरगन्जमा कर्फ्यू अवधि आइतवार मध्यरातसम्म थप

    पर्सा । वीरगन्जमा जारी कर्फ्यू आदेशको अवधि आइतवार राति १२ बजेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलता र सर्वपक्षीय निर्णयका आधारमा कर्फ्यू समयावधि थपिएको जनाएको हो। प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार, आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वर्तमान परिस्थितिको मूल्यांकन गर्दै राति १२ बजेसम्म कर्फ्यू जारी राख्ने निर्णय गरेको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्ष

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ६७७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा एमालेमा सर्वसम्मत कि चुनाव ? चर्चामा अशोक यादव

      जीवछ उदासी  नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको बन्द सत्र सिरहा सदरमुकाम सिरहामा चलि रहेको छ । सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डल लागि परेको छ । अध्यक्ष मण्डलको संयोजक एमाले सिरहा इन्चार्ज केन्द्रिय सदस्य सर्बसम्मत नेतृत्व चयनको लागि सारा तागत झोक्नु भएको छ । उद्घाटन सत्रमा पार्टीमा गुट उपगुटको जन्म हुन नदिन सर्वसम्मत नेतृत्व चयनको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनु भएको थियो । अध्यक्ष ओलीको निर्देशनलाई आधार बनाएर नै मधेश प्रदेशको इन्चार्ज समेत रहनु भएको लिलानाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनको लागि पार्टीको पुरानो पुस्ताबाट नेतृत्व छान जोड घटाउ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • १,०१६ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा श्रेष्ठ कि महासेठ ? कसको पलरा भारी ?

      जीवछ उदासी  लहान,चैत २७   नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको उद्घाटन सिरहाको सत्यनारायण सुर्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्रङगनमा भयो । उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । उहाँले अधिवेशनबाट चुस्त दुरुस्त नेतृत्व सर्वसम्मतबाट चयन गर्न निर्देशन नै दिनुभयो । सर्वसम्मत हुनै सकेन भने चुनावको प्रक्रियामा जान लोकतान्त्रिक पद्धति र प्रक्रिया छदैछ ।  अधिकांश नेताहरुले नेतृत्व चयन सर्वसम्मत रुपमा नै चयन गरेको राम्रो हुने वाहिय रुपमा बताएपनि आन्तरिक रुपमा चुनावकै सामना गर्ने तयारीमा रहेको पनि देखियो । सर्वसम्मत र चुनाव दुबैतर्फ नेताहरुको मत

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ७९८ पटक पढिएको
    • समृद्धिपथ
  • राजावादीहरुको कर्तुतले जनतामा घृणा पैदा भएको छ : प्रधानमन्त्री ओली

    फिरोज सिद्दिकी  सिरहा, चैत २६ गते । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुको हिंसात्मक गतिविधिप्रति जनतामा गहिरो घृणा उत्पन्न भएको बताएका छन्।  गत चैत १५ गते काठमाडौंमा भएको तोडफोड, आगजनी, औषधि कारखानामा आगो लगाउने र पत्रकारको हत्या गर्ने घटनालाई उद्धृत गर्दै उनले यस्तो घृणित कार्यले राजावादीको वास्तविक रूप जनसमक्ष उजागर भएको बताएका हुन्। मंगलबार सिराहाको सदरमुकाममा रहेको सत्यनारायण सूर्यनारायण मोरबैता क्याम्पसको प्रांगणमा आयोजित नेकपा एमाले सिराहाको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सरकार विकास, समृद्धि र स्थायित्वको एजेन्डामा अघि बढिरहेको

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ८५९ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमाले सिरहा जिल्ला अधिवेशनका लागि तयारी तीव्र

    फिरोज सिद्दिकी  सिरहा । नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज एवं पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले सिरहा जिल्ला अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन जनवर्गीय संगठनहरुलाई निर्देशन दिनु भएको छ। बिहीबार धनगढीमाई स्थित प्राकृति अस्पतालको सभा हलमा आयोजित नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरूको बैठकमा निर्देशन दिनु भएको हो। उहाँका अनुसार करिब ५० हजारदेखि ६० हजारसम्म नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। श्रेष्ठले हालै सम्पन्न बैठकमा पार्टी संगठन सुदृढीकरण, अधिवेशनको सफल सञ्चालन तथा सहभागीहरूको व्यवस्थापन लगायतका विषयमा गहन छलफल भ

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ६१६ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रदेशबाट मिश्र र बराल निर्विरोध निर्वाचित

      जीवछ उदासी  काठमाण्डौ,चैत १७ गते  प्रेस सेन्टर नेपालको जारी ५ औ महाधिवेशनबाट समावेसी उप महासचिवमा अनिल मिश्र र भूगोल सचिवमा सुनिता बराल निर्विरोध भएका छन् ।  दोस्रो दिन ९९ सदस्यीय केन्द्र समितिको लागि अघि बढेको निर्वाचन प्रक्रियाको उम्मेदवारहरुको प्रकासित नमावलीमा मधेश प्रदेशबाट मिश्र र बराल निर्विरोध हुनु भएको हो । नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष रहनु भएको मिश्र र महोत्तरी शाखाको अध्यक्ष रहनु भएकी बराल प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनबाट पदाधिकारीमा चयन हुनु भएका छन् । 

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ५१९ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका उपप्रमुखमाथि भएको दुर्व्यवहारप्रति सात दलको आपत्ति, कारबाहीको माग

    लहान, १६ चैत । लहान नगरपालिकाकी उपप्रमुख राम चलितर महतोमाथि नगरपालिकाकै कार्यालयमा भएको दुर्व्यवहार र हातपातको घटनाप्रति सात राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले यस घटनाको घोर निन्दा गर्दै दोषीहरूमाथि कडा कानूनी कारबाहीको माग गरेका हुन्। मंगलबार नगर कार्यालयमा उपप्रमुख महतो आफ्नो कार्यकक्षमा रहेका बेला लहान नगरपालिकाका मेयर महेश चौधरीको निर्देशनमा वडा नं. २२ का वडा अध्यक्ष श्याम अधिकारी (थारु) सहित अन्य व्यक्तिहरूले दुर्व्यवहार, गालीगलौज तथा हातपात गरेको सात दलले आरोप लगाएका छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (ए

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ५४४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा संचालित योजनाको विवरण सार्वजनिक गर्न माग

    फिरोज सिद्दिक लहान । लहान नगरपालिकाका नगर उपप्रमुख राम चलितर महतोले आर्थिक वर्ष ०८१/०८२ मा संचालित योजनाहरुको विवरण सार्वजनिक गर्न प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेका छन्। पटकपटक सूचना माग गर्दा पनि योजनाका सम्बन्धमा जानकारी उपलब्ध नगराइएको भन्दै नगर उपप्रमुख महतोले असन्तुष्टि जनाएका हुन्।   पत्रमा उल्लेख भएअनुसार, आर्थिक वर्ष ०८०/०८१ मा सम्पन्न भएका नगरस्तरीय योजना, विशेष गरी सडक ढलान तथा अन्य निर्माण कार्यहरू गुणस्तरहीन रहेको पाइएका छन्। एक वर्ष पूरा नहुँदै सडक चर्किने तथा भत्किने समस्या देखिएको भन्दै योजनाहरूको गुणस्तरप्रति गम्भीर प्रश्न उठाइएको छ।   योजनाहरू कु

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ६९६ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने सरकारी प्रक्रिया अघि बढ्यो

    काठमाडौं – सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारी स्रोतका अनुसार शाहले विदेश पलायन हुन सक्ने आशंका गर्दै उनको राहदानी रद्द गर्न आवश्यक प्रक्रिया थालिएको हो। सरकारले हालै देशका विभिन्न स्थानमा भएका हिंसात्मक आन्दोलनको निर्देशन पूर्वराजाले नै दिएको आशंका गरेको छ। हिजोको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड तथा हिंसात्मक गतिविधिमा शाहकै निर्देशनमा तोकिएका जनकमाण्डर तथा संयोजकहरू संलग्न रहेको सरकारी पक्षको दाबी छ। पूर्वराजामाथि हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गरेको आरोपमा छानबिन अघि बढ्ने तयारी भइरहेको छ। एक उच्च सरकारी अधिकारीका अनु

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ४११ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका उप–प्रमुखमाथि आक्रमण, राष्ट्रिय स्वतन्त्र पार्टीको घोर भर्त्सना

    फिरोज सिद्दिकी  लहान, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी, लहान नगर समितिले लहान नगरपालिकाका उप–प्रमुख राम चलितर महतोमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। लहान नगरपालिकाको कार्यकक्षमै उप–प्रमुख महतोमाथि लहान न.पा. वडा नं. २२ का वडा अध्यक्ष श्याम अधिकारीको नेतृत्वमा आएका समूहले नियोजित रूपमा आक्रमण गरेको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। रास्वपाको लहान नगर समितिले उप–प्रमुख महतोमाथि आक्रमण हुनु गम्भीर विषय भएको बताएको छ। समितिका अनुसार नगरपालिकामा विभिन्न योजनाहरू सञ्चालन गर्दा उप–प्रमुखलाई जानकारी नद

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ५५५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A