जीवछ उदासी लहान,फागुन १ गते नेकपा माओवादी केन्द्र लहानले पार्टीमा एकता कायम गरेर जाने सन्देस दिएको छ । विगत वर्षमा दुई ठाउँमा मानाउँदै आएको जनयुद्ध दिवस यस वर्ष ३० औ जनयुद्ध दिवस एकै ठाउँमा मनाएर यो सन्देस दिएको हो । लहान नगरपालिकाको २४ वटै वडाका नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पशुपति माविको खेल मैदानमा सयौको संख्यामा भेला भएर बजार परिक्रमा गरी कोण सभागरी सम्पन्न भएको थियो । कोणसभालाई नेकपा माओवादीका नेताहरु क्रमश: केस सुनिता सिंह ,जिकस तथा हान -२० का वडाध्यक्ष गणेश थारु, जिकस विजय गुप्ता र लहान नगर अध्यक्ष हेमन्त कुमार यादव, भगवानपुर गापा
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका प्रमुख महेश चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। लहान नगरपालिकाको ऐतिहासिक खुट्टिखोला नहरलाई ढल बनाउने कार्य नगर प्रमुखको एकलौटी निर्णयमा भइरहेको आरोप लगाउँदै कडा आपत्ति जनाइएका हुन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एस), राप्रपा लगायतका दलहरूले पटकपटक ज्ञापनपत्र बुझाए पनि नगर प्रमुखले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ। नेताहरूले नगर प्रमुख चौधरीलाई "अराजक, दम्भी र गैरजिम्मेवार" भन्दै आरोप ल
जीवछ उदासी माघ १० गते शितलहर चलेपछि तराई मधेशको ग्रामीण भेग होस् चाहे सहरी क्षेत्र होस् न्यानो लुगा लगाएर मात्रै पुग्दैन । आगो ताप्न ‘घुरा’को महत्व पनि त्यतिकै हुने गर्दछ । लहानको मुख्य चोकमा रहेको रघुबीर चिया पसलको घुराको चर्चा यत्रतत्र हुन थालेको छ । यसलाई सामुहिक घुरा र वहस केन्द्रको रुपमा लिएर विहान वेलुका यहाँ विभिन्न क्षेत्रका अगुवाहरु घुरा ताप्न आउने गरेका छन् । लहान–२ का वडा सदस्य लाल मोहम्मद भन्नुहुन्छ,‘गाउँमा परालको घुरा सहरी क्षेत्रमा दाउराको घुरा शितलहर चलेपछि अति नै प्यारो हुने गर्दछ । जति न्यायनो ल्ुगा लगाएपनि केहिबेर विहान बेलुका घुरा तापेर सामाजिक परिव
फिरोज सिद्दिकी लहान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) लहान नगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै लहान नगरपालिकाका प्रमुख महेश चौधरीको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ। विज्ञप्तिमा नगर प्रमुख चौधरीले किसान, मजदुर तथा जनताको हितविपरीत कार्य गर्दै जनघाति निर्णयहरू लिइरहेको आरोप लगाइएको हो। प्रेस विज्ञप्ति अनुसार, नगर प्रमुख चौधरीले शिक्षा, पर्यटन, पूर्वाधार, सेवा प्रवाहजस्ता क्षेत्रमा जनविरोधी गतिविधिहरूलाई प्राथमिकता दिँदै जनतामा निराशा र असन्तुष्टि फैलाउने कार्य गरिरहेको उल्लेख छ। साथै, भुमाफियाको पक्षपोषण गर्दै राणाकालदेखि कायम रहेका खुट्टी नहरलाई हटाएर जग्गा हत्याउने
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीमाथि सरकारी बजेट दुरुपयोग गर्दै ब्रह्मलुट मचाएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्र लहानका नगर अध्यक्ष हेमन्त यादवका अनुसार, आर्थिक वर्ष २०७९/८० मा खाना र खाजामा मात्रै ३ करोड ७५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ, जसलाई उनले "ब्रह्मलुट"को संज्ञा दिएका छन्। महालेखा परीक्षकको प्रतिवेदनले पनि उक्त खर्चलाई औचित्य पुष्टि नगरी खर्च भएको र सैद्धान्तिक वेेरुजु ठहर गरेको हो। प्रतिवेदनका अनुसार, ३ करोड ६० लाख ५३ हजार रुपैयाँ भुक्तानी भइसकेको छ भने १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। खर्चका लागि कुनै हाजिरी, अर्डर स्लिप वा प
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले गत वर्ष २०८० चैत ४ गते राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियमको शिलान्यास गरेका थिए। नगर उपप्रमुख रामचलितर महतो र वडा नं. ४ का अध्यक्ष रामनाथ पण्डितको उपस्थितिमा शिलान्यास गरिएको उक्त परियोजनाको अहिले कुनै प्रगति नदेखिँदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। शिलान्यासका क्रममा मेयर चौधरीले स्टेडियम निर्माणका लागि आगामी आर्थिक वर्षमा विशेष आर्थिक तथा प्राविधिक सहयोगको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए। तर, एक वर्ष बितिसक्दा पनि यो परियोजनाका लागि न बजेट विनियोजन भयो, न त निर्माणकार्यको थालनी नै। स्थानीय नगरवा
फिरोज सिद्दिकी लहान। लहान नगरपालिकाको १५औं नगरसभा विवादित बनेको छ। नगरसभाको उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसको झल्को दिने गरी संचालन गरिएको भन्दै अन्य राजनीतिक दलहरूले घोर आपत्ति जनाएको हो। नगरसभामा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेको र सिरहाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। तर, सभाहल र बाटोहरू नेपाली कांग्रेसको झन्डाले सजाइएको र कार्यक्रमलाई पार्टीको बैठकजस्तो बनाइएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका नगर अध्यक्षहरूले आपत्ति जनाएका छन्। नेकपा एमालेका नगर अध्यक्ष
जीवछ उदासी लहान,पुस १३ गते । समानुपातिक सङघीय सांसद गङगा प्रसाद यादव संसद नचेलेको बेला खेतिपातीको काममा व्यस्त रहँदै किसानको समस्या खेतमै सुन्ने गरिरहनु भएको छ । किसानको छवि रहेको नेता यादव संसद नचलेको समयमा उहाँ गाउँ आएको बेला खेतिपातीको काममा लागेर नियमित श्रम गर्ने कार्यलाई निरन्तरता दिइ रहनु भएको छ । २०४३ सालमा जनपक्षीय उम्मेदबार भएर उप्रधानपञ्चबाट राजनीति सुरु गर्नु भएको सांसद यादव २०५४ सालमा बस्तीपुर गाँउपालिका अध्यक्ष र २०७४ सालमा नेपाली काँग्रेसका बौद्धिक नेता प्रदिप गिरीसँग नेकपा एमालेको उम्मेदबार भएर थोरै मतले पराजित हुन
लहान । लहान नगरपालिकाका उपमेयर रामचरित्र महतोले मेयर महेश चौधरीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। महतोले सामाजिक सञ्जालमा लेख्दै आफूलाई बारम्बार षड्यन्त्रको शिकार बनाइँदै आएको दाबी गरेका हुन्। उनका अनुसार, यसअघि जस्तापाताको वितरणका बेला षड्यन्त्र गरिएको थियो भने अहिले एउटा सामान्य फाइलमा हस्ताक्षर गरेको आधारमा आफूलाई फसाउने प्रयास भइरहेको छ। उनले आफ्नो पोस्टमा लेखेका छन्, "यो कस्तो तानाशाही हो, मेयर महेश चौधरीको? कति सम्म गर्दोरहेछ हेर्नुपर्छ केही समय।" महतोले नगरपालिकाको कामकारबाहीमा निष्पक्षता र सहकार्यको अभाव रहेको संकेत गर
काठमाडौं । सामाजिक सञ्जालमा भ्रामक र आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ निकोशेराबाट दुर्गा प्रसाद प्रसाईलाई पक्राउ गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ गरि दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको हो। मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जारी
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A