राजनीति

    Showing ८१-९० of ४६५ items.
  • लहान नगरपालिकामा १ अर्ब २० करोड बढी बेरुजू

    फिरोज सिद्दिकी लहान । महालेखापरीक्षकको कार्यालयले लहान नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै १ अर्ब २० करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजू रहेको तथ्यांक सार्वजनिक गरेको छ। नगरपालिकाको आर्थिक व्यवस्थापन र आर्थिक विवरणको लेखापरीक्षणपछि प्रतिवेदनमा ३५ करोड २२ लाख ५४ हजार रुपैयाँ थप बेरुजू भेटिएको उल्लेख छ। यो रकममध्ये १ करोड ८५ लाख २ हजार असुल गर्नुपर्ने, २० करोड ५२ लाख ८२ हजार प्रमाण कागजात पेश गर्नुपर्ने, ११ करोड ३ लाख ४३ हजार नियमित गर्नुपर्ने र १ करोड ८१ लाख २८ हजार पेश्की बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो। महालेखापरीक्षकको कार्यालयद्वारा जारी प्रतिवेद

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • १,४१७ पटक पढिएको
    • समृद्धिपथ
  • मेयर महेश चौधरीको अनैतिक र अलोकतान्त्रिक चरित्रको पराकाष्ठा: अध्यक्ष यादव

    फिरोज सिद्दिकी  लहान I लहान नगरपालिकामा नहर निर्माण सम्बन्धमा उत्पन्न विवाद समाधानका लागि वार्ता र संवाद गर्नुपर्नेसम्बन्धी विषयमा लहान नगरपालिकाका मेयर महेश चौधरीको रवैया अनैतिक र अलोकतान्त्रिक भएको भन्दै माओवादी केन्द्रका लहान नगर अध्यक्ष हेमन्त कुमार यादवले कडा विरोध जनाएका छन्। यादवले चौधरीले वार्ताका लागि आफूलाई औपचारिक पत्र नै नपठाएको आरोप लगाउँदै यो घटना मेयर चौधरीको भ्रष्ट र अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको बताएका हुन्। यादवले चौधरीलाई जनतासँग प्रत्यक्ष संवाद गर्न डराउने र लोकतान्त्रिक प्रक्रियामा नै अवरोध खडा गर्ने ‘डरछेरुवा’ नेताको संज्ञा दिएका छन्। यादवले सा

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • ८४४ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रिय स्वतन्त्र पार्टी, लहानको विरोध, भेदभाव नगर्न लहान नगरपालिकालाई चेतावनी

    फिरोज सिद्दिकी  लहान । स्वतन्त्र पार्टी, लहान नगर समितिले लहान नगरपालिका द्वारा खुटीखोला सिँचाइ नहर र सो नहरमा निर्माणधिन योजनाको विषयमा आयोजित सर्वदलीय बैठकमा आमन्त्रण नगरिएकोप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ।  आज जारी गरिएको प्रेस विज्ञप्तिमा नगर सभापति लव कुमार मण्डलले सर्वपक्षीय छलफलमा अन्य प्रमुख दलहरूलाई बोलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नसमेट्नु गम्भीर विषय भएको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “देशको चौथो ठूलो शक्ति भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस किसिमको महत्वपूर्ण छलफलबाट बाहिर राख्नु निन्दनीय छ।” राष्ट्रिय स्वतन्त्र पार्टी, लहान नगर समि

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • ६६१ पटक पढिएको
    • समृद्धिपथ
  • भगवानपुरमा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी  सिरहा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिरहाले स्थानीय तहमा पार्टीको एकता र सहकार्यलाई बलियो बनाउने उद्देश्य राख्दै भगवानपुर गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार, गाउँ कमिटी अध्यक्ष सूर्यप्रसाद यादवको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य, मधेस प्रदेश इन्चार्ज तथा संघीय सांसद लिलानाथ श्रेष्ठ रहनुभयो।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न यस क्षेत्रका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। उहाँले विकासका लागि सबै पार्टी एकताबद्ध हुनुपर्ने र जनतालाई सेवा

    • प्रकाशित मितिः कार्तिक २०, २०८१
    • ६१२ पटक पढिएको
    • समृद्धिपथ
  • दुई प्रमुख शर्तहरू सहित खुट्टी खोला नहर संघर्ष समिति वार्ता र सहकार्यको पक्षमा

    फिरोज सिद्दिकी  लहान । खुट्टी खोला नहर संघर्ष समितिले वार्ता र सहकार्यको माध्यमबाट सिंचाई नहरको विवाद समाधानको पहल गर्दै दुई प्रमुख शर्तहरू प्रस्तुत गरेको छ।  संघर्ष समितिका अनुसार, लहान नगरपालिका वार्ड नं. १० मा निर्माण भएको खुट्टी खोला सिंचाई नहरमा राखिएको हयुम पाईपलाई हटाउनु पर्नेछ र नहरको सही सिमाना छुट्याई त्यहाँ बनेका संरचनाहरू पनि हटाउनुपर्नेछ शर्तहरू अघि सारेको हो। समितिका संयोजक धर्मराज चौधरीले भने, "वार्ता र सहमति नै समस्याको समाधानको बाटो हो। तर, हामीले उठाएका दुई प्रमुख शर्तहरू स्थानीय सरकारले अवश्य पूरा गर्नु पर्छ।" उनले किसानहरूको हक र स्वार्थको रक्षा गर्नका लागि संघ

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • १,०१७ पटक पढिएको
    • समृद्धिपथ
  • भ्रष्टाचारमुक्त देश बनाउन माओवादी बलियो हुनुपर्छ: नेता विश्वनाथ साह

       जीवछ उदासी  लहान,कातिक १७ गते ।  नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका सह इन्चार्ज विश्वनाथ साहले भ्रष्टाचारमुक्त देश बनाउनको लागि नेकपा माओवादीलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ ।  लहान नगरपालिका वडा नम्बर -६ र ७ का ७३ जना अगुवा नेता कार्यकर्ता र समर्थकहरुलाई नेकपा माओवादीमा स्वागत तथा प्रवेश गराउँदै शुभकामना आदान प्रदान कार्यक्रममा नेता साहले यस्तो बताउनुभयो ।  देशलाई भ्रष्टाचारमुक्त बनाउन नेकपा माओवादी केन्द्रले आफ्नै पार्टीको नेताहरुलाई समेत नछाडेर सरकारमा रहेर काम सुरु गर्दा सरकार ढलेको स्मरण गराउनुभयो । नेकपा माओवादीका अध्यक्ष प्रडण्ड र उपाध्यक्ष प्

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ५०८ पटक पढिएको
    • समृद्धिपथ
  • बालुवाटारमा प्रदर्शन, रास्वपाका १७ कार्यकर्ता पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका नेता तथा कार्यकर्तामध्ये १७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङका वीरेन्द्र श्रेष्ठ, काठमाडौंका प्रदिप विष्ट र नवराज भण्डारी, झापाका सुरेश पोखरेल, सिन्धुपाल्चोकका ध्रुब ढकाल र दयाराम नेपाल, गोर्खाका प्रकाश लामिछाने र नवराज मुडबरी, ललितपुरका सवी खड्का, बुद्धरत्न महर्जन र सुरेन्द्रराज अवाले, नुवाकोटकी साहिल प्रिया, भक्तपुरका शैलेन्द्र खत्री, तनहुँका खुसिराम कैनी, र सिन्धुपाल्चोकका उमेश लामा रहेका छन्। पक्राउ परेका व्यक्तिहरूमा सांसद अशोककुमार चौधरी पनि

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ३०८ पटक पढिएको
    • समृद्धिपथ
  • माओवादी लडाकू शिविर घोटालाबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी

    काठमाडौं । माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिन्धुली निवासी युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन्। उजुरीमा विस्तृत शान्ति सम्झौता पश्चात् सेना समायोजनको क्रममा माओवादी नेताहरूले सेनाको पोशाकमा फोटो खिचाएर राज्यकोषबाट रकम निकासा गरिएको आरोप लगाइएको छ। माओवादी अध्यक्ष प्रचण्डले एक भिडियोमा ७ हजार लडाकूलाई ३५ हजार पुर्‍याएर २० हजार लडाकू भेरिफिकेसनमा पारिएक

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २३१ पटक पढिएको
    • समृद्धिपथ
  • सहकारी अपचलनमा संलग्नलाई कारबाही र बचतकर्ताको पैसा फिर्ता हुनु पर्छ: अध्यक्ष नेपाल

    कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने र बचतकर्तालाई आफ्नो पैसा फिर्ता पाउने सुनिश्चितता दिन सरकारलाई आग्रह गरेका छन्। समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, "दोषीलाई उन्मुक्ति दिनु हुँदैन र निर्दोषलाई फसाउनु पनि हुँदैन। कुनै पनि कार्य राजनीतिक पूर्वाग्रहमा आधारित हुनुहुन्न। सरकारले बचतकर्ताको पैसा सुरक्षित रूपमा फिर्ता दिने व्यवस्था मिलाउनुपर्छ।" अध्यक्ष नेपालले आफ्नो पार्टीले हाल अन्य कुनै दलसँग मिलेर जाने योजना नराखेको स्पष्ट पारे। उनले भने, “विचार मिल्ने

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २६१ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरप्रमुखद्वारा खुट्टी नहर विवाद समाधान गर्न वार्ताको आह्वान

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले खुट्टी नहर सिंचाई समस्याको दीर्घकालीन समाधानका लागि वार्ता र सहकार्यको माध्यम अपनाउन आग्रह गरेका छन्। आज नगरप्रमुखकै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म सिंचाई सुविधाबाट वञ्चित रहेका किसानलाई पानीको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यो विषयमा सबै पक्षसँग समन्वय गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन्। नगरप्रमुख चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी नहरसँग सम्बन्धित विवादलाई वार्ता र सहमतिबाट समाधान गर्न आग्रह गर्दै उनले भने, “हामी विकल्पका माध्यमबाट समस्याको समाधान खोज्न इच्छुक छौं,

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ३५१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A