राजनीति

    Showing ८१-९० of ४९१ items.
  • तीनकुने घटनामा संगीन कसुर अन्तर्गत अनुसन्धान अघि बढ्यो

      काठमाडौं, चैत १६ । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार, व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराध अन्तर्गत घटनाको छानबिन भइरहेको छ। शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलापबारे गम्भीर छलफल भएको थियो। त्यसपछि शनिबार बिहानैदेखि प्रहरीले प्रमाण संकलनको कार्य अघि बढाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण प्रदर्शनप्रति सरकारको कुनै आपत्ति नरहेको तर तोडफोड, आगजनी, लुटपाट र ज्यान जाने गरी भएको हिंसात्मक

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३८३ पटक पढिएको
    • समृद्धिपथ
  • काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौं, चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो। प्रशासनका अनुसार आजै राति १० बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। सुरक्षा संवेदनशीलताका कारण सरकारले कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ। यसअघि राजावादी आन्दोलनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको व्यापक उपस्थितिसहित विभिन्न सुरक्षा रणनीति अवलम्बन गरिएको थियो। प्रशासनले कर्फ्यु उल्लंघन गरे कानूनी कारबाही हुने चेतावनी दिएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ४८४ पटक पढिएको
    • समृद्धिपथ
  • सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गर्यो : नेत्री पम्फा भुसाल

    काठमाडौं, शुक्रबार । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सत्तारूढ नेकपा एमाले–नेपाली कांग्रेस नेतृत्वको सरकारलाई भ्रष्टाचार र कालोबजारी प्रवर्द्धन गरेको आरोप लगाएकी छन्। काठमाडौंको भृकुटीमण्डपमा चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेतृ भुसालले वर्तमान सरकार संविधान कार्यान्वयनको विपक्षमा रहेको र भ्रष्टाचारी तथा माफियाहरूलाई संरक्षण गरिरहेको बताइन्। ‘अहिले मन्त्रीहरू विभागमा कार्यालय खोल्छन्, माफियाहरू मन्त्रालय चलाउँछन्,’ उनले भनिन्, ‘सरकार आफ्नो गतिविधि सच्चाओ, अन्यथा जनता विद्रोह गर्न बाध्य हुनेछन्।’ भुसालले सरकारको गतिव

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ४४१ पटक पढिएको
    • समृद्धिपथ
  • राजावादीको आन्दोलनमा झडप, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार

    काठमाडौँ, शुक्रबार । व्यवस्थाको विरोध गर्दै राजावादीहरूद्वारा आयोजित प्रदर्शनमा झडप भएको छ। तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा समेत प्रहार गरेको छ। प्रदर्शनकारीहरूले ब्यारिकेड तोड्दै बानेश्वर प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार झडपमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। झडपका कारण तीनकुनेमा जारी कार्यक्रम प्रभावित भएको छ। रा

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ४१५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा उपमेयरमाथि कार्यकक्षमै हातपात, मेयरको निर्देशनमा घटना भएको आरोप

    फिरोज सिद्दिकी  लहान, सिरहा । लहान नगरपालिकामा उपमेयर रामचरित्र महतोमाथि कार्यकक्षमै हातपात भएको छ। उपमेयर महतोले बिहीबार लहान-२२ का वडाध्यक्ष श्याम अधिकारीसहित आएका एक समूहले आक्रमण गरेको आरोप लगाएको हो। नगरपालिकाका योजनाहरूको अनुगमन तथा उपभोक्ता समितिका विषयमा विवाद भइरहेका बेला घटनाको सुरुवात भएको हो। उपमेयर महतोका अनुसार नगरपालिकामा गुणस्तरहीन कामको कागजातमा हस्ताक्षर गराउन जबरजस्ती गरिएको छ। जब उनले अनुगमन बिना हस्ताक्षर गर्न अस्वीकार गरे, त्यही विषयलाई लिएर उनीमाथि हातपात भएको हो।   महतोले नगर प्रहरीलाई बोलाउँदा समेत सहयोग नपाएको बताएका छन्। 'हातपात भइरहँदा नगर प्रहरीला

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ८१३ पटक पढिएको
    • समृद्धिपथ
  • कुलमान घिसिङको बर्खास्तीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला दहन

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौँको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका थिए। उनीहरूले कुलमान घिसिङलाई हटाउनु जनताको चाहनाविपरीत रहेको दाबी गर्दै सरकारको निर्णय तत्काल खारेज गर्न माग गरे। कुलमान घिसिङलाई हटाइएको विषयलाई लिएर चौतर्फी विरोध भइरहेका बेला विद्यार्थी संगठनहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छ

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५६५ पटक पढिएको
    • समृद्धिपथ
  • कल्याणपुरमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ताहरू एमालेमा प्रवेश

    फिरोज सिद्दिकी  कल्याणपुर । कल्याणपुर नगरपालिका वडा नम्बर ८ तथा वडा नम्बर ३ बाट विभिन्न राजनीतिक दल परित्याग गरी सयौं कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्। जसपाका वडा कमिटी अध्यक्ष लक्ष्मी प्रसाद सिंह सहित नेपाली कांग्रेस, जनमत पार्टी, जसपा नेपालका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्।   नवप्रवेशीहरूलाई नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले अबिर र माला लगाएर स्वागत गर्नुभयो। कार्यक्रममा इन्चार्ज श्रेष्ठले नवप्रवेशीहरूलाई शुभकामना दिँदै एमालेको संगठनलाई बलियो बनाउन एकजुट भएर लाग्न आग्रह गर्नुभयो।   कल्याणपु

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ८२८ पटक पढिएको
    • समृद्धिपथ
  • क्रन्तिकारी कम्युनिष्टहरु धुर्विकरण भइरहेको छ : नेकपा माओवादी महासचिव गुरुङ्ग

    जीवछ उदासी   नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले क्रान्तिकारी कम्युनिष्टहरुको बीचमा हार्दिकता र एकता प्रगाढ भइरहेको बताउनु भएको छ ।   जनतासँग माओवादी तराई-मधेश हुलाकी अभियानमा रहेको नेकपा माओवादीको सिङगो पदाधिकारीहरु आएकोबेला महासचिव गुरुङग मोरङ्गको एक कार्यक्रमका सहभागी हुन जाने क्रममा लहानमा आयोजित प्रेस सेन्टरको पत्रकारहरुसँग को भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।   नेकपा एमालेभित्र क्रान्तिकारी नेताहरुको बीचमा एकता हुने प्रवल संभावनालाई नकार्न मिल्दैन तर वर्तमान केपी ओलीको नेतृत्वसँग एकता हुने संभावना न्युन रहेको महासचिव गुरुङगले भन्दै हुलाकी

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ५५५ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल बुद्धिजीवी परिषद् सिरहाको सातौं जिल्ला अधिवेशन सम्पन्न, भैरव गेलाल पुनः अध्यक्ष चयन

    फिरोज सिद्दिकी  सिराहा । नेपाल बुद्धिजीवी परिषद् सिरहाको सातौं जिल्ला अधिवेशन शनिबार सिराहाको लाहानमा सम्पन्न भएको छ। अधिवेशनले भैरव गेलाललाई पुनः सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो।   नवगठित कार्यसमितिमा उपाध्यक्षमा रामबाबु यादव, सचिवमा भानुभक्त गौतम, सह-सचिवमा प्रेम लामा र हेमशंकर यादव तथा कोषाध्यक्षमा ध्यानी मण्डल चयन भएका छन्। यस्तै, सदस्यहरूमा यमुना खनाल, रामकुमार साह, राम बिलक्षण सिंह, धीरज कुमार साह, सूर्यनारायण यादव, सुशीला महतो, राजन प्रसाद लुइटेल, बाबुलाल मण्डललगायतका रहेका छन्।   वर्तमान सरकारमाथि चौतर्फी हमला भइरहेको छ –

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ६७८ पटक पढिएको
    • समृद्धिपथ
  • मधेशी जनतासँग गहिरो सम्बन्ध जोडन हुलाकी अभियानमा र्छौ : प्रचण्ड

    जीवछ उदासी फागुन १७ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनतासँग गहिरो सम्बन्ध जोडन हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानमा रहेको बताउनु भएको छ । झापाबाट सुरु भएको अभियान फागुन १६ गते सिरहाको भगवानपुरबाट सुरु भएको अभियान आज फागुन १७ गते सिरहा स्थित सुर्य नारायण सत्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्राङगनमा आयोजित सभालाई सम्बोधन गरी सिरहाबाट धनुषातर्फ प्रस्थान गरेको छ । सिरहालाई आफ्नै माइतीघर सम्झिने प्रचण्ड सिरहा आएपछि आफ्नै घर आएको महसुस हुने गरेको बताउनुभयो । भगवानपुरमा भव्य स्वागत शुक्रबार भगवानपुर

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ५७४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A