जिवछ उदासी लहान नगरपालिका स्वास्थ्य शाखाले मंगलबार दोस्रो चरणको खोप कार्यक्रममा व्यापक अनियमितता भएको रहस्य खुलेपछि लहान नगरपालिका कोरोना राहत कोष व्यवस्थापन समितिको बैठकले अनियमितता गर्ने स्वास्थ्य शाखा प्रमुखलाई जिम्मेबारीबाट हटाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ । जेठ १८ गते लहान नगरपालिका स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनमा लहान नगर प्रहरीको कार्यालय लहान–७ मा दुई सय कोभिशिल्ड खोप लहान नगरपालिकाको स्वास्थ्यकर्मी,सरसफाईकर्मी,महिला स्वयम सेविका र सुरक्षकर्मीलाई दिएपछि फेरि फ्रन्ट लाइनमा कार्य ग
जिवछ उदासी । कोभिड –१९नियणत्रणको लागि जनहितमा जारी सार्वजानिक सूचनालाई ध्यानमा राखी नेपाल बिजुली, पेन्टर, एलम्बर तथा निर्माण मजदुरको साझा युनियन (क्युपेक) को २५ औ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी लहान–४ मा निर्मित खुटी खोला किनारको सडकमा बृक्षा रोपण गरेका छन् । बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान, सुन्दर लहान’को पवित्र र जनहितमा केन्द्रित नारालाई कार्यान्वयन गर्न मजदुरहरुको समस्या समाधान गर्न नगर सरकार तयार रहेको विश्वास दिलााउदै क्युपेकमा आवद्ध ५१२ मजदूरहरुको स्वास्थ्य वीमामा नगरपालिकाले नै गरिदिने घो
नेपाल अधिराज्यमै सबैभन्दा बढी वडा भएको लहान नगरपालिका,‘हाम्रो लहान समृद्ध लहान’ मूल नाराका साथ अघि बढन सहमति सहकार्य र एकताको आधारमा अघि बढाउन लागि पर्नु भएको लहान नगरप्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गणतन्त्र दिवसको अवसरमा गरेको छोटो कुराकानीको अंश : आज गणतन्त्र दिवसको अवसरमा लहान नगरपालिकाको प्रमुखको हैसियतले नगरवासीहरुमा के सन्देस प्रवाह गर्न चाहन्हुन्छ ? – अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो । गणतन्त्रको संस्थागत विकासको लागि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सामाजिक न्याय सहितको विकास गरेर न्याय र समानता स्थापित गर्न तीनै तहको सरकारले
जिवछ उदासी लहान सिटी जेसिस २०२१ का अधयक्ष अजय कुमार जयसवाल र निवर्तमान अध्यक्ष बसन्त साहको पहलमा तीन जना युवा डाक्टरहरुले हेलो डाक्टर कार्यक्रम अन्तर्गत निःशुल्क सेवा परामर्श सुरु गरेका छन् । यो सेवा वेलुका तीन बजेदेखि साँझ सात बजेसम्म सुचारु रहने जनाएको छ । बढ्दो कोरोना सङक्रमणको वेला समान्य स्वास्थ्य समस्या हुँदा कहा जाने के गर्ने भन्ने समस्या सामाधानको लागि लहान सिटी जेसिसको पहलमा घरै बसी फोनबाट निःशुल्क परामर्शको लागि ‘हेलो डाक्टर’ कार्यक्रम सुरु गरिएको अध्यक्ष जयसवालले जानकारी दिनुभयो । दिउँसो तीन बजेदेखि साँझ सात बजेसम्म चल्ने हेलो डाक्टर कार्यक्रममा नवजात शिशु तथा बालरोग व
मौसम परिवर्तनसँगै रुघा-खोकी देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । रुघा खोकी लागे सगैँ घाटी सकसकाउने, घाटी बस्ने दुख्ने गर्दछ । यदि यी कुराहरुलाई ध्यान नदिने हो भने यो सामान्य रोगले पछि ठुलो रोगमा परिणत हुन सक्छ । सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ । रुघाखोकीको घरेलु उपाचार दुध र बेसार: राती सुत्नु भन्दा अगाडि तातो दुधमा आधा चम्चा ध्यु र आधा चम्चा बेसार मिसाएर पिउनुस् । कमसेकम ३ दिन सम्म यसको सेवन गनुस् रुघा कम हुन्छ । ल्वाडः यदी राती सुत्ने बेला खोकी आको आए गरेर हैरान गर्छ भने
जिवछ उदासी कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर जनतालाई सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गराउन अहोरात्र खटिने इलाका प्रहरी कार्यालय लहानलाई लहान सिटी जेसिसका पूर्व अध्यक्ष समेत रहनु भएका हार्डवेर व्यापारी सत्य नारायण पञ्यिारले स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. तपन दाहाललाई पञ्जियारले एक कार्यक्रमकोबीच ५ हजार थान सर्जिकल मास्क,५० लिटर सेनिटाइजर,५ पीस थर्मल गन,र ५ पीस फेस शिल्ड सहयोग गर्नु भएको हो । लहान सिटी जेसिसका पूर्व अध्यक्ष पञ्जियारले महामारीको वेला आफ्नो हैसियत अनुसार व्यापारी सम्पन्न व्यक्तहरुले सहयोग गरेर मानवता देखाउनु
जिवछ उदासी डिएमसीसीको जेठ ३१ गते सम्पन्न बैठकले लहान स्थित निजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालमा परिणत गर्नको लागि लहान नगरपालिकालाई जिम्मेबारी दिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भएको छ । दोस्रो चरणको कोभिड महामारीले दायरा फराकिलो गर्न थालेकोले सिरहाको पूर्वी भेगमा पर्ने लहान नगरपालिकाभित्रका निजि अस्पतालहरुलाई समेत कोभिड अस्पताल सञ्चालन गनुपर्ने आवश्यक्ता महसुस गरि लहान नगरपालिका प्रमुख मुनि साहलाई जिम्मेबारी सुम्पिएको प्रजिअ कणेलले बताउनुभयो । यतिवेला कुन स्वास्थ्य संस्थाले सरकारलाई खुलेर सहयोग गरिरहेको छ ? त्यस स्वास्थ्य संस्थाप्रति सरकारले पनि त्यहि नजरले हेर्ने भएकोले
जिवछ उदासी लहान नगरपालिकाको मुटुको रुपमा रहेको राममन्दिर क्षेत्रमा कोारोना सङक्रमितहरुको संख्या बढेपछि लहान नगरपालिकाले मङगलबारदेखि सील गरी प्रवेश निःशेध गरिएको छ । लहान नगरपालिका –७ मा आधा दर्जन जति व्यक्तिहरुमा कोरोना सङक्रमित देखिएपछि यस क्षेत्रलाई सील गर्न पुगेकको त्यस वडाका वडाध्यक्ष राकेश रोशन गुप्ताले समृद्धिपथलाई जानकारी दिनुभयो । लहान नगरपालिकाले दोस्रो लहर चलिरहेको कोरोना सङक्रमणको तेस्रो लहर पनि आउने स्वास्थ्य विज्ञहरुले दिइरहेको जानकारीलाई ध्यानमा राखेर लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताललाई कोरोना अस्पताल र पशुपति आदर्श माध्यमिक विद्यालयललाई २५ वेडको आइसोलेसन के
जिवछ उदासी कोरोना महामारीको दोस्रो लहर विश्वभरी नै चलेपनि भारतमा अत्यधिक संख्यामा सङक्रमित हुनुले नेपालको लागि ठूलो समस्या देखिएको छ । भारतको सकारात्मक र नकारात्मक सांस्कृतिक राजनीति सामाजिक र आर्थिक असर मात्रै नेपालमा पर्दैन । महामारीको लअसर पनि त्यतिकै पर्ने गरेको छ । नेपालसँग सीमाना जोडिएको उत्तरप्रदेश उत्तराखण्ड विहार र असाम र पश्चिम बङगालको हरेक गतिविधिको असर नेपालमा पर्ने गरेको छ । यतिवेला कोरोना महामारीसँग जुँध्न भारत समेत सङकटमा रहेको छ । त्यहाँ पनि अक्सिजन र आइसियुको अभाव खडकिएको छ । यहि असर नेपालमा पनि देखिन थालेको छ । जबकि यसभन्दा पनि खतरनाक तेस्रो लहर आउन बाँकी रहेको स्वास्थ्य विज्
बैशाख २१, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A