सिराहा । सिराहाको जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान स्थानीय युवाहरूको समूहले गरेको तालाबन्दी प्रहरीले तत्काल खुलाएको छ। अस्पताल सुधारका मागसहित तीन दिनअघि अस्पताल प्रशासनलाई अल्टिमेटम दिए पनि बेवास्ता गरेको आरोपमा युवाहरूले अस्पताल प्रशासन खुल्नुअघि नै तालाबन्दी गरेका थिए। ८ वैशाखमा अस्पताल प्रशासनलाई २२ बुँदे मागपत्र बुझाएका स्थानीय युवाहरूले अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादव र मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुनीलप्रसाद कुशवाहको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर, तालाबन्दी भएको केहीबेरमै प्रहरीले हस्तक्षेप गर्दै कार्यालयको ताला खोलिदिएको हो। सिरा
लहान, १२ वैशाख । शिक्षक आन्दोलन अझै नसुल्झिँदै गर्दा चिकित्सकहरु समेत आन्दोलनमा उत्रिएपछि देशभरको स्वास्थ्य सेवा थप अस्तव्यस्त भएको छ। विगत २४ दिनदेखि विभिन्न मागसहित आन्दोलनरत शिक्षकहरु सडकमा रहेका बेला अब चिकित्सकहरुले समेत सरकारविरुद्ध आवाज उठाएका छन्। सरकारले आवासीय चिकित्सकहरुलाई आठौँ तहसरहको सेवा सुविधा दिने निर्णय गरेको भए पनि देशभरका मेडिकल कलेजहरुले उक्त निर्णयको अवज्ञा गर्दै कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु आक्रोशित बनेका छन्। यही असन्तुष्टिका कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन्। बिहीबार माइतीघर मण्डलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग आन्दोलनरत चिकित्सकहरुको संव
फिरोज सिद्दिकी सिरहा । लहान नगरपालिका वडा नम्बर १६ मा २५ लाख रुपैयाँको लागतमा निर्माण भएको मलामी विश्राम स्थलमा ठूलाे भ्रष्टाचार भएको आशंका स्थानीय बासिन्दाले व्यक्त गरेका छन्। जस्तापाताको सानो सेड जस्तो देखिने यो संरचना बुधबार नगर प्रमुख महेश चौधरीले उद्घाटन गर्दै यो २५ लाखको लागतमा निर्माण भएको बताए पछि स्थानीय आक्रोशित भएका हुन्। स्थानीयहरूका अनुसार सो विश्रामस्थल मुस्किलले दुई–तीन लाख रुपैयाँमै बन्न सक्थ्यो। तर यसमा २५ लाख रुपैयाँ खर्चिएको देखाइनु भ्रष्टाचारको स्पष्ट संकेत भएको उनीहरूको आरोप छ। “यस्तो सानो काममा यति धेरै चलखेल हुन्छ भने ठूला योजनामा कति कमिसन खा
सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवासी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीले छानबिन समिति गठन गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यका अनुसार घटनाको गम्भीरताका कारण विशेष समिति बनाइएको हो। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा गठित छानबिन समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार सदस्य छन्। डीआईजी आचार्यका अनुसार समितिलाई मृत्युअघिको घटनाक्रम, प्रहरी प्रशासनको भूमिका तथा मृत्युको कारणबारे विस्तृत अनुसन्धान गर्न कार्यादेश दिइएको छ। २५ वर्षीया आनन्दीदेवी सदाय वैशाख २ गते नवराजपुर गाउँपालिका–३, दोनबारी टोलस्थि
जीवछ उदासी लहान,बैशाख ४ गते जनता समाजवादी पार्टीको लहान नगर कमिटिको अध्यक्षमा राम उदगार महतो निर्वाचित हुनु भएको छ । सर्वसम्मत कमिटि चयन हुन नसकेपछि अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्ष पदको लागि आज सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा राम उदगार महतो ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँलाई योगेन्द्र (कारी) यादवले ६१ मत ल्याएर पछ्याउनु भएको थियो । यसैगरी उपाध्यक्षमा शत्रुधन यादव ,चन्द्र नारायण कुशवाहा सचिवमा राम औतार महतो सह सचिवमा क्रमश: शिव कुमार महतो र राम किसुन यादव र कोषाध्यक्षमा राधा महतो निर्वाचित हुनु भएको छ । १३५ प्रतिनिधि मध्ये १३
काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दैछन्। आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले पार्टीको सचिवालयमा यो जानकारी दिने तयारी गरेको स्रोतले पुष्टि गरेको छ। सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको रास्वपा स्रोतले जनाएको छ। यो त्यही मिति हो, जुन दिन पार्टी सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा पुनः फर्केका थिए। अहिले रवि लामिछाने सहकारी प्रकरणमा कारागारमा रहेका छन्। राजीनामा दिने निर्णयसँग सम्बन्धित पार्टी स्रोतले भन्यो, "सुमनाजीले पार्टीको एक व्यक्ति एक पदको मान्यतालाई लागु गर्न चाह
जीवछ उदासी अहिले प्रतिगामी शक्तिहरु टाउको उठाउन खोज्दैछ । गणतन्त्र माथि नै हमला बोल्न बुता गरिरहेको छ । राजतन्त्र फर्काउन प्रतिगामी चलखेल बढिरहेकाले लोकतन्त्रवादी र गणतन्त्रवादीहरु यो व्यवस्थालाई कसरी सवल बनाइ रहने यस विषयमा अग्रगामी शक्तिहरु एक हुन आवश्यक छ । प्रतिगामी र अग्रगामी शक्तिहरुलाई सतही रुपले देख्न नसके पावर भएको चश्मा लगाएर किता छुट्याउन आवश्यक छ । बेलैमा किता मजबुत नगरे राजनीति दृष्टिकोण प्रष्ट हुन सक्दैन । नेपाल कम्युनिष्टहरुहरुको उर्वरभूमि हो । आपसमा फुटेर कमजोर देखिएको छ । गणतन्त्रको लागि दस वर्ष युद्धको नेतृत्ब गरेको नेकपा माओवादी केन्द्र झन् जिम्मेबार हु
जीवछ उदासीलहान,चैत ४ गत नवराजपुर गाउँपालिका –३ जगतपुर दुनवारीकी २४वर्षिया विवाहित आनन्दी देवी सदायसँग पुस ९गते दिनको दस बजेतिर गाउँका दुई युवकहरुले जर्वजस्ती करणीको प्रयास गरेको थियो । जर्वजस्ती करणी प्रयास गरेका युवकहरुलाई प्रहरीले नियणत्रणमा लिन नसकेको र मिलापत्र गराउन निकै दबाब प्रलोभन आइरहेको तनावलाई थेग्न नसकेर बैशाख २ गते दिनको १२ बजे झुण्डिएको अवस्थामा मृत्यु अवस्थामा फेला परेकी थिइन । आनन्दी देवी सदायका भाउजु विनिता देवी सदायका अनुसार दिनको दस बजेतिर बरियारपटि गाउँपालिका नरगी गाउँमा बस्ने जेठी दिदी लक्ष्मीनिया देवी सदायसँग भेट्न घरबाट हिडेकी थिइन । घरदेखिपश्चिम एक किलोमिटरको दु
गाँस, बास र कपासजस्तै यौनेच्छा पनि मानिसको आधारभूत आवश्यकता हो। मानव जीवनमा यौन सम्बन्धित इच्छा केवल आनन्द वा सन्तान उत्पत्तिसँग मात्र सम्बन्धित छैन, यो स्वास्थ्य, आत्मविश्वास, सम्बन्धको गहिराई र मानसिक सन्तुलनसँग पनि गहिरो सम्बन्ध राख्दछ। तर हाम्रो समाजमा अझै पनि यौनका विषयमा खुला रूपमा कुरा गर्न लाज मानिन्छ। यसैबीच, गलत खानपान, तनाव, अस्वस्थ जीवनशैली र मानसिक समस्याले गर्दा पुरुषहरूमा यौन समस्याहरू तीव्र रुपमा देखिन थालेका छन्। यौन इच्छामा कमी, शीघ्र स्खलन, लिंगमा उत्तेजना नआउनुजस्ता समस्याहरू आम देखिन्छन्। यहाँ यस्ता १० उपायहरू प्रस्तुत गरिँदैछ, जसले यौन समस्याहरूको समाधान मात्र होइन, यौन
महोत्तरी, वैशाख ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र पुनःस्थापनाको प्रयासलाई 'दिवास्वप्न'को संज्ञा दिएका छन्। जसपा नेपालको महोत्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै यादवले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनैपनि शक्तिले मेटाउन नसक्ने दाबी गरेका हुन्। उनले केही व्यक्ति र समूहहरू लोकतन्त्र समाप्त पारेर राजतन्त्र ब्युँताउने षड्यन्त्रमा लागेको बताए। तर, जनतामा त्यस्ता प्रयासप्रति सजगता र चनाखोपन रहेको भन्दै, 'उनीहरूको सपना कहिल्यै पुरा हुने छैन,' यादवले भने। अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A