समाचार

    Showing १८१-१९० of १,२६८ items.
  • गोलबजारमा किशोरीहरूका लागि तीन दिने यौन तथा प्रजनन स्वास्थ्य तालिम सम्पन्न

    संजुकुमारी दास गोलबजार, सिरहा । गोलबजार नगरपालिकाको वडा नं. १३ का ३० जना किशोरीहरूको सहभागितामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। मुक्ति नेपाल, गोलबजारद्वारा आयोजित उक्त तालिममा किशोरीहरूलाई आफ्नै शरीरका भित्री तथा बाहिरी प्रजनन अंगहरूबारे गहिरो ज्ञान दिलाउँदै, तिनलाई स्वस्थ राख्ने उपायहरू सिकाउने उद्देश्य सहित तालिम सम्पन्न भएको हो। तालिममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले लिंग र लैंगिकता, लैंगिक हिंसा, समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यासहरू र तिनले किशोरी तथा महिलाको स्वास्थ्यमा पार्ने असरबारे विस्तृत छलफल गरिन्। साथै, किशोरावस्था, प्रजनन स

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ४९७ पटक पढिएको
    • समृद्धिपथ
  • सामूहिक बलात्कार प्रकरणमा पञ्चायती गर्ने वडा सदस्य नथुनी साह कारागार चलान

    सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाय सामूहिक बलात्कार र शंकास्पद मृत्युको घटनामा पञ्चायती गर्ने एक जना कारागार चलान भएका छन्। सिरहा जिल्ला अदालतले मंगलबार वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई कारागार पठाउने आदेश दिएका छन्। अदालतका श्रेस्तेदार निरज पोखरेलका अनुसार, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ। स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ४५९ पटक पढिएको
    • समृद्धिपथ
  • 'कान विभागमा उत्पन्न समस्या चाँडै समाधान हुनेछ '

      जीवछ उदासी  लहान,चैत १२ गते ।  सगरमाथा चौधरी आँखा अस्पतालले कान विभागमा देखिएको समस्या समाधान चाँडै गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशाकीय प्रमुख अभिषेक रोशनले यस्तो बताउनु भएको छ ।  कान विभागका मेसु विजय चौधरीले त्यहि विभागमा कार्यरत अडियोमेट्रि सहायक सिमा महतोलाई मानसिक तनाव दिइएको घट्ना केहि दिन पहिले सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट बाहिरिएपछि अस्पताल प्रशासनले ‌ मङ्गलबार पत्रकार सम्मेलन गरेर आफ्नो अधिकारिक धारणा सार्वजानिक गरेको छ ।  पत्रकार सम्मेलनमा प्रशासन प्रमुख रोशनले भन्नुभयो,'

    • प्रकाशित मितिः चैत १२, २०८१
    • १,३६४ पटक पढिएको
    • समृद्धिपथ
  • हुलाक कार्यालयको नियुक्ति प्रक्रियाविरुद्ध एमालेको विरोध

    फिरोज सिद्दिकी  सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सिरहाले जिल्ला हुलाक कार्यालयको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको छ। एमाले नगर कमिटी सिरहाका अध्यक्ष दिपक यादवको नेतृत्वमा एक टोलीले जिल्ला हुलाक कार्यालय सिराहालाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब नियुक्ति प्रक्रिया बदर गर्न माग गरेको हो।   ज्ञापन पत्रमा भनिएको छ कि हुलाक कार्यालयले हालै पदपूर्तिका लागि गरेको नियुक्ति प्रक्रियामा अनियमितता भएको छ। पार्टीका अनुसार योग्य र हकदार उम्मेदवारलाई बेवास्ता गर्दै पहुँच र प्रभावका आधारमा नियुक्ति गरिएको छ।   एमाले जिल्ला कमिटीले २४ घण्टाभि

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५७९ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा बोराभित्र शव फेला, हराएकी बालिकाको हुन सक्ने आशंका

    सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र एक शव फेला परेको छ। शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुगेको छ। प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन। तर सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी थिइन्, जसका कारण स्थानीयहरूले शव उनकै हुन सक्ने आशंका गरेका छन्। बालिका खातुन गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनी फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केकी थिइन् तर फर्केर नआएपछि उनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालयमा छोरी हराएको जानकारी गराउँदै नि

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५५७ पटक पढिएको
    • समृद्धिपथ
  • कुलमान घिसिङको बर्खास्तीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला दहन

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौँको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका थिए। उनीहरूले कुलमान घिसिङलाई हटाउनु जनताको चाहनाविपरीत रहेको दाबी गर्दै सरकारको निर्णय तत्काल खारेज गर्न माग गरे। कुलमान घिसिङलाई हटाइएको विषयलाई लिएर चौतर्फी विरोध भइरहेका बेला विद्यार्थी संगठनहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छ

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५४३ पटक पढिएको
    • समृद्धिपथ
  • औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीन जनाविरुद्ध जाहेरी  

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित समुदायमाथि भएको ज्यादती प्रकरणमा पीडित परिवारले गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन्।   शनिबार, दलित समुदायका अगुवासहित जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका पीडितहरूले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाएर जाहेरी दिएका हुन्।   पीडित दीपक मल्लिककी श्रीमतीका अनुसार, उनीहरू अहिले पनि त्रासमा छन्। उनले भनिन्, “घरमा खानेकुरा केही छैन। गाउँपालिका अध्यक्षका छोराले पैसा लिएर आएर मिल्न भनेका थिए,

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ५९० पटक पढिएको
    • समृद्धिपथ
  • जातीय छुवाछुतको आरोपमा गाउँपालिका अध्यक्ष शिवजी यादव सहित दुई जना पक्राउ

    सिरहा । सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष, जनमत पार्टीका नेता दिलीप यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार अपराह्न उनीहरूलाई जातीय छुवाछुतको आरोपमा नियन्त्रणमा लिएका हुन्। उनीहरूलाई दलित दीपक मरिकको घर भत्काउने र माटो अपवित्र भन्दै खुर्केर फाल्ने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिरहाको औरही गाउँपालिका–५ मा आगामी १७ चैतदेखि आयोजना हुन लागेको श्री विष्णु महायज्ञ स्थलमा दीपक मरिकको घर रहेको भन्दै आयोजक बाबा बजरंगीको सल्लाहअनुसार अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवले डोजर लगाएर घर भत्काएको आरोप लागेको छ। घर भत्काएपछि त्यहाँ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • ५७९ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका प्रमुख जिल्ला अधिकारी दहाल फिर्ता, अर्याललाई जिम्मेवारी

    सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव दहाललाई असक्षम ठहर गर्दै गृह मन्त्रालयले फिर्ता बोलाएको छ। गृह श्रोतका अनुसार, उनको कार्यकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी मौलाएको, एसईई परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न नसकिएको तथा दलित समुदायमाथि भएका अत्याचारप्रति प्रशासन मुकदर्शक बनेको मूल्याङ्कन गरिएको छ। विशेषगरी, सिरहाको औरही-५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ गरिएका घटनामा प्रजिअ दहालले उत्पीडक पक्षलाई जोगाउन भूमिका खेलेको आरोप लागेको थियो। यस घटनापछि गृह मन्त्रालयले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। दहालको कार्यकालमा ग्राभेल तस्करी, भन्सार तस्करी, गाँजा त

    • प्रकाशित मितिः चैत ८, २०८१
    • ५३९ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा जातीय विभेद: महायज्ञका लागि दलित परिवार विस्थापित

    सिरहा, चैत ७ । सिरहाको औरही–५ मा लाग्न लागेको विष्णु महायज्ञका लागि त्यहाँ बस्दै आएका दलित परिवारलाई बलपूर्वक विस्थापित गरिएको छ। महायज्ञको मण्डप नजिक दलित आउजाउ गर्न नहुने भन्दै आयोजक बजरंगी बाबा र गाउँपालिका अध्यक्ष शिवजी यादवको निर्देशनमा दलित दीपक मलिक डोमको घर डोजर लगाएर भत्काइएको हो।   विगत ३० वर्षदेखि बस्दै आएको घर गुमाएका मलिक परिवारका सदस्य अहिले गाउँभन्दा टाढा, सुनसान क्षेत्रमा अस्थायी टहरामा बस्न बाध्य भएका छन्। फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर उनीहरूको दुईकोठे पक्की घर भत्काइयो। अझ अछुत बस्दै आएको भन्दै घर रहेको ठाउँको माटोसमेत खनेर फालिएको छ।   विस्थ

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ५८९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A