फिरोज सिद्दिकी लहान । लायन्स क्लब अफ लहान सनसाइनको आयोजनामा लहान नगरपालिका वडा नम्बर १७ स्थित श्री आधारभूत विद्यालय, बलानसेरका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शुक्रबारका दिन आयोजित कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कापी, पेन्सिल, एरेजर, कटरलगायतका सामग्री प्रदान गरिएको हो। शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष प्रथमलाल चौधरी, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ का जीइटी कोअर्डिनेटर पचक्रपाणि दहाल, एलर्ट चिफ सुदिप कुमार चौधरी, जोन चेरपर्सन पुनम चौधरी, आयोजक क्लबका अध्यक्ष सङ्गिता कुमारी चौधरी, एलसिआइएफ कोअर्डिनेटर रिंकि साह, सर्भिस चेयरपर्सन रुबि कामे
काठमाडौं । सामाजिक सञ्जालमा भ्रामक र आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ निकोशेराबाट दुर्गा प्रसाद प्रसाईलाई पक्राउ गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ गरि दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको हो। मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जारी
फिरोज सिद्दिकी लहान । महालेखापरीक्षकको कार्यालयले लहान नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै १ अर्ब २० करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजू रहेको तथ्यांक सार्वजनिक गरेको छ। नगरपालिकाको आर्थिक व्यवस्थापन र आर्थिक विवरणको लेखापरीक्षणपछि प्रतिवेदनमा ३५ करोड २२ लाख ५४ हजार रुपैयाँ थप बेरुजू भेटिएको उल्लेख छ। यो रकममध्ये १ करोड ८५ लाख २ हजार असुल गर्नुपर्ने, २० करोड ५२ लाख ८२ हजार प्रमाण कागजात पेश गर्नुपर्ने, ११ करोड ३ लाख ४३ हजार नियमित गर्नुपर्ने र १ करोड ८१ लाख २८ हजार पेश्की बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो। महालेखापरीक्षकको कार्यालयद्वारा जारी प्रतिवेद
लहान । महालेखा परीक्षकको कार्यालयले लहान नगरपालिकाले विविध खर्चका नाममा रु. ३ करोड ६० लाख ५३ हजार खर्च लेखेको तर खर्चसँग सम्बन्धित कागजात तथा बिलहरूको अभावका कारण सैद्धान्तिक बेरुजु देखाएको छ। खर्च लेख्ने क्रममा "कार्यालयको मागअनुसार खाना खाजा उपलब्ध गराएको" भन्ने बिल मात्र संलग्न गरिएका उदाहरणहरू भेटिएका छन्। महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ कि खर्चका लागि स्पष्ट प्रयोजन नखुलाई यस्ता शीर्षकमा रकम खर्च गर्नु नियम विपरीत हो। यसले बजेटको दुरुपयोग र आर्थिक अपारदर्शिताको संकेत दिन्छ। खाना खाजा तथा अन्य खर्चको विषयमा कानुनी व्यवस्था अनुसार बिल भरपाई र आवश्यक कागजात संलग्न गर्नुपर्ने भए पनि
फिरोज सिद्दिकी लहान । अर्बान फुड प्रा.लि.ले नेपालमा उत्पादन गर्दै आएको सुंगुरको मासुबाट बनेको ससेजमा हलालको लोगो प्रयोग गरी बिक्री वितरण गरेको घटनाले मुस्लिम समुदायको आस्था माथि चोट पुर्याएको भन्दै गम्भीर आपत्ति जनाइएको छ। दारुल इफ्ता वल कजा नेपालका काजी-ए-नेपाल मुफ्ती मुहम्मद उस्मान बरकातीले जारी गरेको विज्ञप्तिमा सो कार्य इस्लाम धर्ममा वर्जित भएको र यसले मुस्लिम समुदायको भावनामा ठेस पुर्याएको जनाइएको छ। विज्ञप्तिमा कम्पनीको यस प्रकारको गतिविधि पुनः नदोहोरिने सुनिश्चित गर्न सम्बद्ध सरोकारवाला निकायसँग आवश्यक अनुगमन र कानुनी प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।&nbs
सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेका दुई किशोरमध्ये एकजनाको शव फेला परेको छ भने अर्काको खोजी कार्य जारी छ। डुबेका मिर्चैया नगरपालिका–५ का १६ वर्षीय रोशन मण्डलको शव करिब तीन घण्टापछि नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो। उनीसँगै नुहाउन गएका कर्जन्हा नगरपालिका–५ का १५ वर्षीय लक्ष्मण कुमार साह भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। कात्तिके पूर्णिमाका अवसरमा नुहाउन गएका किशोरहरू नुहाउने क्रममा डुबेका थिए। प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बन्दिपुर र सशस्त्र प्रहरी बल मिर्चै
सिराहा । सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहरसहित अदालतले यो निर्णय सुनाएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, दोषी ठहर हुनेमा पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादव छन्। विशेष अदालतका सदस्य खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार र बुधबार स
सिरहा । सिरहा जिल्लाको मिर्चैया बजारबाट १० किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रको फेदमा अवस्थित खोरिया बस्ती दलित, जनजाति, र सीमान्तकृत समुदायका २६ परिवारको बसोबास रहेको स्थान हो। यहाँका बासिन्दा साना झुपडी, बाँसका भाटाले बेरेका फुसका टहरामा जीवन यापन गर्छन्। मिर्चैया नगरपालिका–७ मा पर्ने यो गाउँमा अधिकांश किसानका लागि कोदोखेती नै मुख्य र निर्विकल्प स्रोत हो। स्थानीय किसान हर्कबहादुर परियारका अनुसार, सिँचाइको सुविधा नहुँदा र क्षेत्र सुक्खा भएका कारण यहाँ कोदोखेती गर्नुपर्ने बाध्यता छ। “बाउबाजेदेखि कोदो रोप्दै आएका छौँ। पिउने पानीसमेत छ महिनासम्म अभाव हुने ठाउँमा कोदो बाहेक अरू केही उब्
फिरोज सिद्दिकी लहान I लहान नगरपालिकामा नहर निर्माण सम्बन्धमा उत्पन्न विवाद समाधानका लागि वार्ता र संवाद गर्नुपर्नेसम्बन्धी विषयमा लहान नगरपालिकाका मेयर महेश चौधरीको रवैया अनैतिक र अलोकतान्त्रिक भएको भन्दै माओवादी केन्द्रका लहान नगर अध्यक्ष हेमन्त कुमार यादवले कडा विरोध जनाएका छन्। यादवले चौधरीले वार्ताका लागि आफूलाई औपचारिक पत्र नै नपठाएको आरोप लगाउँदै यो घटना मेयर चौधरीको भ्रष्ट र अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको बताएका हुन्। यादवले चौधरीलाई जनतासँग प्रत्यक्ष संवाद गर्न डराउने र लोकतान्त्रिक प्रक्रियामा नै अवरोध खडा गर्ने ‘डरछेरुवा’ नेताको संज्ञा दिएका छन्। यादवले सा
फिरोज सिद्दिकी लहान । स्वतन्त्र पार्टी, लहान नगर समितिले लहान नगरपालिका द्वारा खुटीखोला सिँचाइ नहर र सो नहरमा निर्माणधिन योजनाको विषयमा आयोजित सर्वदलीय बैठकमा आमन्त्रण नगरिएकोप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ। आज जारी गरिएको प्रेस विज्ञप्तिमा नगर सभापति लव कुमार मण्डलले सर्वपक्षीय छलफलमा अन्य प्रमुख दलहरूलाई बोलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नसमेट्नु गम्भीर विषय भएको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “देशको चौथो ठूलो शक्ति भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस किसिमको महत्वपूर्ण छलफलबाट बाहिर राख्नु निन्दनीय छ।” राष्ट्रिय स्वतन्त्र पार्टी, लहान नगर समि
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A