काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले उनलाई राजधानी काठमाडौंको अनामनगरबाट पक्राउ गरेका हुन्। कुशवाहा महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहिसकेका छन्। यसअघि अख्तियारले १२ जेठमा कुशवाहाको घरमा छापा मारेको थियो। छापाको क्रममा अख्तियारले विभिन्न योजना सम्बन्धी कागजातहरू बरामद गरेको थियो भने उनका मोबाइलहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो। त्यसै दिन
धनुषा, जेठ ५ गते । । मिथिला नगरपालिकामा पाँच दिनदेखि जारी तालाबन्दीले स्थानीय जनजीवन प्रभावित बनेको छ। नगरपालिकाको कार्यालयमा दैनिक सेवा लिन आउने नागरिकहरू रित्तै फर्कन बाध्य छन्, कारण हो स्थानीय सरकारको आन्तरिक विवाद। मेयर महेन्द्र महतो र उप–मेयर सुनिता सिंह बुढाथोकीबीचको लामो समयदेखिको तनाव अन्ततः कार्यालय बन्द गर्ने स्थिति सम्म पुगेको छ। योजनामा सहभागिताका विषयमा उत्पन्न विवादले प्रशासनिक कार्य पूर्णरूपमा ठप्प बनाएको छ। तालाबन्दीका कारण नगरपालिकाबाट दिइने सामान्य सेवा जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता प्रक्रिया, विकास आयोजनाका अनुगमन र कार्यान्वयन सबै स्थगित छन
फिरोज सिद्दिकी नेपालगन्ज, वैशाख १९ गते । नेपाल मुस्लिम इत्तीहद संगठनले आफ्नो सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ। महाधिवेशन यही बैशाख २१ गते (शनिबार) बाँके जिल्लाको नेपालगञ्जस्थित 'मेरो प्लानेट' पार्टी प्यालेसमा आयोजना हुनलागेको आयोजकले जनाएको हो। कार्यक्रमका संयोजक तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सेराज अहमद फारुकीले महाधिवेशनले संगठनको आगामी कार्यदिशा, मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र राज्यका संरचनामा सहभागिता सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए। महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आति
फिरोज सिद्दिकी सिराहा । यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने मुस्लिम इत्तेहाद संगठनको ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा किसानहरुको समेत सक्रिय सहभागिता सुनिश्चित गर्न विशेष निमन्त्रणा गरिएको छ। बाँकेको खजुरा गाउँपालिकामा शुक्रबार सम्पन्न अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा सहभागी हुँदै मुस्लिम इत्तेहाद संगठनका नेता तथा मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले किसानहरुलाई महाधिवेशनमा उत्साहपूर्वक उपस्थित हुन आग्रह गरे हो। 'किसान हाम्रो समाजको मेरुदण्ड हुन्। उनीहरुको समस्या केवल गाउँको होइन, राष्ट्रिय एजेन्डा बन्नुपर्छ,' नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका हलवाईले भने
फिरोज सिद्दिकी सिरहा । लहान नगरपालिका वडा नम्बर १६ मा २५ लाख रुपैयाँको लागतमा निर्माण भएको मलामी विश्राम स्थलमा ठूलाे भ्रष्टाचार भएको आशंका स्थानीय बासिन्दाले व्यक्त गरेका छन्। जस्तापाताको सानो सेड जस्तो देखिने यो संरचना बुधबार नगर प्रमुख महेश चौधरीले उद्घाटन गर्दै यो २५ लाखको लागतमा निर्माण भएको बताए पछि स्थानीय आक्रोशित भएका हुन्। स्थानीयहरूका अनुसार सो विश्रामस्थल मुस्किलले दुई–तीन लाख रुपैयाँमै बन्न सक्थ्यो। तर यसमा २५ लाख रुपैयाँ खर्चिएको देखाइनु भ्रष्टाचारको स्पष्ट संकेत भएको उनीहरूको आरोप छ। “यस्तो सानो काममा यति धेरै चलखेल हुन्छ भने ठूला योजनामा कति कमिसन खा
काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दैछन्। आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले पार्टीको सचिवालयमा यो जानकारी दिने तयारी गरेको स्रोतले पुष्टि गरेको छ। सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको रास्वपा स्रोतले जनाएको छ। यो त्यही मिति हो, जुन दिन पार्टी सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा पुनः फर्केका थिए। अहिले रवि लामिछाने सहकारी प्रकरणमा कारागारमा रहेका छन्। राजीनामा दिने निर्णयसँग सम्बन्धित पार्टी स्रोतले भन्यो, "सुमनाजीले पार्टीको एक व्यक्ति एक पदको मान्यतालाई लागु गर्न चाह
महोत्तरी, वैशाख ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र पुनःस्थापनाको प्रयासलाई 'दिवास्वप्न'को संज्ञा दिएका छन्। जसपा नेपालको महोत्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै यादवले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनैपनि शक्तिले मेटाउन नसक्ने दाबी गरेका हुन्। उनले केही व्यक्ति र समूहहरू लोकतन्त्र समाप्त पारेर राजतन्त्र ब्युँताउने षड्यन्त्रमा लागेको बताए। तर, जनतामा त्यस्ता प्रयासप्रति सजगता र चनाखोपन रहेको भन्दै, 'उनीहरूको सपना कहिल्यै पुरा हुने छैन,' यादवले भने। अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश
जीवछ उदासी नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा युवा नेता अशोक कुमार यादव चयन भएकोले नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको अर्थमा लिन सकिन्छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु समयको माग हो । किसानको भाषामा उत्पादन बढाउन 'हाइब्रिड' प्रजातिको बीउ प्रयोग हुनु राजनीतिमा कम्प्युटर जस्तै अपडेइट भएको पुस्ता नयाँ आउनुलाई परिवर्तन भएको नै मान्न सकिन्छ । चैत २६ गते जिल्ला अधिवेशन उद्घाटन नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । उहाँले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न दिनु भएको निर्देशनलाई नै समय ल
काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनाको १५ दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले मौनता तोडेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले उक्त घटनाप्रति दुःख प्रकट गरेका छन्। भिडिओ सन्देशमार्फत शाहले भनेका छन्, "समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो।" तर, त्यही अभिव्यक्तिका क्रममा हिंसा, आगजनी र तोडफोडजस्ता गतिविधि हुनु दुःखद रहेको उनले बताएका छन्। "केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिले हामीलाई दुःख लाग्यो," शाहको भनाइ छ। पूर्वराजाल
पर्सा । वीरगन्जमा जारी कर्फ्यू आदेशको अवधि आइतवार राति १२ बजेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलता र सर्वपक्षीय निर्णयका आधारमा कर्फ्यू समयावधि थपिएको जनाएको हो। प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार, आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वर्तमान परिस्थितिको मूल्यांकन गर्दै राति १२ बजेसम्म कर्फ्यू जारी राख्ने निर्णय गरेको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्ष
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A